शाखा खोल्दा दिएको ऋण ६ महिनामा चुक्ता गर्नु पर्ने


नागरिक संवाददाता
काठमाडौं पुस ७
केन्द्रीय बैंकले दुर्गममा शाखा खोल्ने वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकलाई ६ महिनाका लागि निब्र्याजी कर्जा उपलब्ध गराउने भएको छ । चालु बर्षको मौदि्रक नीतिमा तोकिएको क्षेत्रमा शाखा खोल्नेलाई ऋण दिने व्यवस्था गरिए पनि त्यसको प्रकि्रयाका बारेमा उल्लेख गरिएको थिएन । बुधबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले कर्जा रकम छ महिनाभित्र चुक्ता गर्नु पर्ने निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले दुर्गम २२ जिल्लाका सदरमुकाममा शाखा खोल्नेलाई ५० लाख र सदरमुकाम वाहिर खोल्नेलाई १ करोड कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको नयाँ निर्देशनले क्षेत्रीय स्तरका विकास बैंक र वित्तीय संस्थाका हकमा भने केही वोलेको छैन ।
'केन्द्रीय बैंकलाई सोधेर मात्र शाखा खोल्नु पर्ने व्यवस्थाले गरेर राष्ट्र बैंक पछाडि फर्किएको थियो,' एक बैंकरले भने, '६ महिनामा नै कर्जा चुक्ता गर्नु पर्ने व्यवस्थाले तिमीहरु अब थप शाखा नखोल भन्ने सन्देश दिएको छ ।' उनले दुर्गमका शाखालॆ नाफा आर्जन गर्न कम्तिमा पनि १ बर्ष लाग्ने दावी गर्दै घाटामा रहेकै अवस्थामा ऋण तिर्न गाह्रो हुने बताए ।
'जसले जे भनेपनि बैंकहरुको बजार भनेको शहर नै हो,' ती बैंकरले भने , 'असुविधाका वावजुत जोखिम लिएर कोही गाउँ जान्छजस्तो मलाई लाग्दैन ।' केन्द्रीय बैंकले कर्जा सुविधा भुक्तानी अवधिअघि नै पूर्व भूक्तानी गर्न सक्ने व्यवस्था गर्दै यस्तो कर्जा लिन सरकारी ऋणपत्र राष्ट्र बैंकमा रहेको मौज्दात रकमको धितोमा दिनसक्ने जनाएको छ ।
कर्जा लिनका लागि सम्बन्धित कम्पनीको साचालक समितिले नै निर्णय गरेको हुनु पर्ने व्यवस्था गर्दै केन्द्रीय बैंकले निर्धारित समयमा कर्जा भुक्तानी नगरे सम्वन्धित कम्पनीको जुनसुकै खाताबाट असुल उपर गरिने जनाएको छ ।
अहिलेसम्म आधा दर्जन बैंकले शाखा खोल्न स्वीकृति मागे पनि ऋण लिएर २२ दुर्गम जिल्लामा जानेबारे स्वीकृति कसैले पनि माग नगरेको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment