१८ वाणिज्य बैंकका प्रमुख कार्यकारीको तलब घट्ने

राष्ट्र बैंकको तलबमा सीमा नीित

सुदर्शन सापकोटा
काठमाडौं मंसिर १४
राष्ट्र बैंकले प्रमुख कार्यकारीहरुको तलबमा सीमा तोकेपछि निजी क्षेत्रका वाणिज्य बैंकमध्ये १८ वटा बैंकका प्रमुख कार्यकारीको तलब घट्ने भएको छ । करारमा नियुक्त हुने ती प्रमुख कार्यकारीको अवधि थप हँुदा तथा नयाँ कार्यकारी नियुक्त हुँदा तलब घट्ने भएको हो ।

राष्ट्र बैंकले गत शुक्रबार प्रमुख कार्यकारीहरुले कुल सम्पतिको ०।०२५ प्रतिशत वा कर्मचारी खर्चको ५ प्रतिशतमध्ये जुन कम हुन्छ त्योभन्दा वढी तलब लिन नपाउने निर्देशन जारी गरेपछि तलब घट्न लागेकेा हो । निर्देशन आउनअघि नै करारमा रहेका प्रमुख कार्यकारीले भने अहिलेकै तलब वुझ्न पाउँछन् । बैंकका प्रमुख कार्यकारी वढीमा तीनदेखि ४ बर्ष अवधीका लागि नियुक्त हुन्छन् ।
सबैभन्दा उच्च अंकले भर्खरै साचालनमा आएको जनता बैंक नेपालका प्रमुख कार्यकारीको घट्ने छ । उनले अहिले मासिक ५ लाख ५६ हजार बुझ्दै आएका छन् । उनको स्थानमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भए मासिक तलब ४८ हजार रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकको मापदण्डअनुसार नबिल हिमालयन नेपाल एसबिआइ नेपाल बंगलादेश एभरेष्ट र माछापुच्छे्र बैंकका प्रमुख कार्यकारीको तलब अहिले भन्दा वढी तलब खान सक्छन् । यीमध्ये नबिल हिमालयन एसबिआइ बंगलादेश र एभरेष्ट बैंक विदेशी संयुक्त लगानीको बैंक हो । संयुक्त लगानीका बैंकमा विदेशी प्रमुख कार्यकारी भए उसलाई राष्ट्र बैंकको नीतिले छुने छैन ।
सबैभन्दा वढी तलब खाँदै आएका स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी सुजित मुन्डुलले गत बर्ष मासिक १९ लाख ४१ हजार बुझेका थिए । बैंकमा नेपाली प्रमुख कार्यकारी नियुक्त भए अहिलेको कर्मचारी खर्च र कुल सम्पतिको आधारमा १० लाख ९९ हजारले मासिक रुपम तलब घट्ने छ ।
राष्ट्र बैंकको निर्देशिकापछि नेपाल इन्भेष्टमेन्ट बैंक अफ काठमाडौं नेपाल क्रेडिट एण्ड कमस्र लुम्बिनी एनआइसी कुमारी लक्ष्मी सिद्धार्थ ग्लोबल सिटिजन्स् बैंक इन्टरनेसनल प्राइम सनराइज बैंक अफ एसिया डिसिबिएल एनएमबी किस्ट र जनता बैंकका प्रमुख कार्यकारीको तलब घट्ने छ ।
अहिले पाइरहेको र करार नवीकरण हुँदा पाउने तलबको अनुपात तुलना गर्दा कुमारी एनआइसी लक्ष्मी सिद्धार्थ ग्लोबल सनराइज बैंक अफ एसिया डिसिबिएल किस्ट र जनता बैंकका प्रमुख कार्यकारीको तलब उच्च अंकले घट्छ । यो तलब गत बर्षको कुल सम्पति र तीन आर्थिक बर्षको कर्मचारी खर्चको आधारमा तयार पारिएको हो । चालु बर्षदेखि साचालनमा आएको हुँदा मेगा कमर्ज एण्ड ट्रष्ट र सिभिल बैंकका प्रमुख कार्यकारीको तलब यहाँ उल्लेख गरिएको छैन । यि तीन र सरकारी तीन बैंकसमेत नेपालमा ३० वाणिज्य बैंक साचालनमा छन् ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार नाफामा भन्दा उत्कृष्ट कार्यसम्पादनका आधारमा प्रमुख कार्यकारीले तलब पाउनु पर्छ भनेर यस्तो व्यवस्था गरिएको हो । 'हामीले काम गरे अनुसार तलब नखाउ भनेका छैनौं,' ती अधिकारीले नागरिकसँग भने, 'तर आर्थिक अवस्था अनुसार स्वीकार्य हुने गरी तलब खाउ मात्र भनेका हौं ।'
बैंकस्रले भने राष्ट्र बैंकले तलबमा लगाएको सीमा नियोजित भएको बताउँछन् । 'सरकारले कर बढाएको सात दिन पनि नवित्दै तलबमा सीमा लगाउनु नियोजित छ,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले मंगलबार नागरिकसँग भने, 'यसले व्यवसायीय प्रमुख कार्यकारीलाई हतोत्साही गरेको छ ।'
सरकारी स्वामित्वका तीन वाणिज्य बैंकमध्ये सबैभन्दा वढी तलब राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारीले वुझ्ने गरेका छन् । उनले मासिक ४ लाख ९४ हजार रुपैयाँ वुझ्ने गरेका छन् । त्यसपछि कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारीले बुझ्ने गरेका छन् । ती बैंकका प्रमुखको तलब मासिक क्रमशः एक लाख ३० हजार र ४५ हजार रुपैयाँ वुझ्ने गरेका छन् । यि तिनै बैंकलाई राष्ट्र बैंकको यो नियमले छुने छैन ।

No comments:

Post a Comment

thanks for comment