चेक क्लियरेन्स सेवाका लागि सम्झौता


काठमाडौं पुस ७ (नागरिक)
चेकको भौतिक लेनदेन नगरिकन विद्युतीय प्रणालीमार्फत सोझै कारोबार गर्नलाई टं्रकेसन सिस्टम सफ्टवेयर जडानका लागि सम्झौता भएको छ । निजी क्षेत्रबाट स्थापित नेपाल क्लियरिङ हाउसले चेक क्लियरेन्स सेवा उपलब्ध गराउनका लागि सफ्टवेयर निर्माता कम्पनी जोर्डनस्थित प्रोग्रेससफ्ट कार्पोरेसनसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा क्लियरिङ हाउसका प्रबन्ध साचालक रविन्द्रवहादुर मल्ल र कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत माइकल जे वाकिलेह्ले हस्ताक्षर गरे । कर्पोरेसनले पूर्णरुपमा अटोमेसन इमेज प्रविधिमा आधारित क्लियरिङ कार्य सम्वन्धि आवश्यक पर्ने उपकरण सेवा खरिद तथा जडानका काम गर्नेछ ।
यो सेवा लिनका लागि देशभरी रहेका बैंक तथा वित्तीय संस्थाहरु कम्पनीसँग आवद्ध भएर न्युनतम हार्डवेयर उपकरण जडानको सहायताले सेवा प्रयोग गर्न सक्ने कम्पनीका अध्यक्ष सुमन जोशीले बताए ।

सम्झौतापछि राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले यो योजनाले राष्ट्रिय महत्व राख्ने बताउँदै प्रयोगमा चाँडो ल्याएर सेवा सुरु गर्नु पर्ने बताए । अहिले क्लियरिङको सम्पूर्ण कार्य राष्ट्र बैंकले गर्दै आएको छ । यो सेवा सुरु भएपछि एक घण्टामा चेक क्लियरेन्स हुने बैंकस्र संघका अध्यक्ष शशिन जोशीले दावी गरे । अहिले चेक क्लियरेन्स हुनका लागि तीन दिनसम्म लाग्ने गरेको छ । राष्ट्र बैंकले दैनिक १५ हजारदेखि २० हजारसम्म चेक क्लियरेन्सको काम गरिरहेको छ ।

No comments:

Post a Comment

thanks for comment