लघुवित्त संस्थाले पनि ब्याज बढाए


ब्याजदर २५ प्रतिशतसम्म
बढेको ब्याजले १३ लाख २७ हजार परिवार प्रत्यक्ष मारमा

काठमाडौं पुस १०
वास्तविक गरिवमा लगानी गर्ने उद्देश्य भएका लघुवित्त संस्थाहरुले पनि कर्जाको ब्याज बढाएका छन् । पुँजी लागत महँगो भएको भन्दै उनीहरुले ब्याज बढाएका हुन् ।
'बैंक वित्तीय संस्थाले महँगोमा कर्जा दिन थालेकाले ब्याज वढाउनु परेको हो,' छिमेक विकास बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले शनिबार नागरिकसँग भने, 'उनीहरुले चालु बर्ष मात्रै तीन पटकसम्म ब्याज वढाइसकेका छन् ।'

लघुवित्त संस्थाहरुले ब्याज वढाउँदा १३ लाख २७ हजार विपन्न परिवार प्रत्यक्ष प्रभावित हुने छन् । २० प्रतिशतमा कर्जा लिँदै आएका गरिवका थाप्लामा एकैचोटी पाँच प्रतिशत विन्दुले ब्याज थपिदा उनीहरु मार्कामा परेका हुन् । कम्पनीहरुले ब्याज बढाएर २५ प्रतिशतसम्म पुर् याइसकेका छन् ।
लघुवित्त संस्थाले अहिलेसम्म अहिले विपन्न वर्गमा १२ अर्ब १६ करोड रुपैयाँ लगानी गरिसकेका छन् । बाख्रा सुँगुर गाई पालनलगायत कम पुँजीकॊ व्यवसायका लागि लघुवित्त कम्पनीले एक जना बराबर अधिकतम ६० हजारसम्म कर्जा लगानी गर्छन् ।

लघुवित्त संस्थाहरुका अनुसार उनीहरुको पुँजी लागत गएको ६ महिनामा एक सय प्रतिशतले बृद्धि भइसकेको छ । ६ महिनाअघि ४ देखि ५ प्रतिशतको हाराहारीमा रहेको पुँजी लागत अहिले बढेर ८ देखि ९ प्रतिशत पुगिसकेको छ । 'औषतमा पुँजी लागत साढे ८ प्रतिशत छ,' जोशीले भने, 'लागत बढेकाले ब्याज वढाउन बाध्य भएको हो ।'
गत बर्षसम्म साढे नौं प्रतिशतसम्ममा लघुवित्त कम्पनीहरुलाई ऋण उपलब्ध गारउँदै आएका बैंक तथा वित्तीय कम्पनीले अहिले १४ प्रतिशत ब्याज लिन थालेका छन् । बैंक वित्तीय कम्पनीले चालु आर्थिक बर्षमा ११ र १३ हुँदै अहिले १४ प्रतिशत ब्याज लिन थालेका हुन् ।
प्राथमिकता प्राप्त यो क्षेत्रको कर्जामा बैंक तथा वित्तीय कम्पनीको व्याजदरमा एकरुपता पनि छैन । चालु वर्षको पहिलो ६ महिनामा नै विपन्न वर्ग कर्जा प्रवाहको उद्देश्य लगभग पुरा भइसकेकाले पनि बैंक वित्तीय कम्पनीले लघुवित्त संस्थालाई व्याजदरमा कसेका हुन् ।
राष्ट्र बैंकले विपन्न वर्गका लागि कर्जा प्रवाह गर्नैपर्ने वाध्यात्मक व्यवस्था गरेकाले मात्र बैंक तथा वित्तीय कम्पनीले यो क्षेत्रमा लगानी गरेको एक लघुवित्त कम्पनीका प्रमुख कार्यकारी निर्देशकले बताए ।  'बैंकहरुले रकम चै दिन्छन्,' उनले भने, 'तर व्याजदर आफ्नै तरिकाले राख्छन् यसले गर्दा हामीले पनि गरिवलाई महँगो ब्याज लिन वाध्य भएका हौं ।'
पछिल्लो अवधिमा लघुवित्त क्षेत्रमा काम गर्ने संस्था वृद्धि हुँदा कर्जाको माग वढेकाले पनि व्याजदर वढाएको उनले जनकारी दिए । 'पहिले थोरै कर्जाको माग हुन्थ्यो जसले गर्दा कर्जा लक्ष्य पुरा नहुने भएकाले सस्तो व्याजमा लगानी गर्थे,' उनले भने, 'अहिले संस्था वढेर कर्जाको मागमा बृद्धि भउकाले ब्याजदर मनखुशी बढाएका हुन् ।' अहिले १८ लघुवित्त कम्पनी साचालनमा छन् ।
राष्ट्र बैंकले चालु वर्षको मौदि्रक नीतिमार्फत विपन्न वर्गमा वाणिज्य बैंकले कुल कर्जाको ३ प्रतिशत प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ । विकास बैंकले २ र वित्तीय कम्पनीले डेढ प्रतिशत विपन्न वर्गका लागि कर्जा प्रवाह गर्नु पर्छ ।
तरलता अभावले बैंक तथा वित्तीय कम्पनीको कुल कर्जा पनि वढेको छैन । विपन्न वर्ग कर्जा लक्ष्य पहिले नै पुरा भएकाले कुल कर्जा नवढेपछि यस क्षेत्रमा थप लगानी गर्नु पर्ने वाध्यता पनि बैंक तथा वित्तीय कम्पनीलाई नभएकाले व्याजदर वढाएका हुन् । अहिले बैंक तथा वित्तीय कम्पनीले 'वढेको दरमा लानेभए लानोस् नत्र दिन्न' भन्ने गरेको ती बैंकरले दावी गरे ।

No comments:

Post a Comment

thanks for comment