डेपुटी गभर्नर नियुक्ती युनियनको सिफारिसमा : एमाले युनियन


काठमाडौं पुस १४ नागरिक
राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संघका अध्यक्ष वसन्तराज पाण्डेले डेपुटी गभर्नर युनियनले सिफारिस गरे अनुसार नियुक्त भएको बताएका छन् । कर्मचारी युनियनका तर्फबाट सपथ ग्रहण कार्यक्रममा वोल्दै उनले यो कुरा बताएका हुन् । उनी नेकपा एमाले निकट हुन् ।
'हामीले सिफारिस गरे अनुसार नै सरकारबाट डेपुटी गभर्नर नियुक्त भएको छ,' उनले भने , 'उहाँहरु योग्य र होनहार हुनुहुन्छ । अब नेतृत्व पूर्ण भएको छ ।'
उनले यसअघिका डेपुटी गभर्नरले 'पोलिसी करप्सन' गरेको आरोप लगाए । 'वंगलादेश बैंकको संस्थापक सेयर विक्री गर्न दिएर करोडौं खाने काम भयो,' उनले भने, 'यो करप्सन हो कि होइन ?' राष्ट्र बैंकले बंगलादेश बैंकका संस्थापक सेयरधनी एनबी समुहलाई १९ प्रतिशत सेयर विक्री गरेर ऋण तिर्न छुट दिएको थियो ।
राष्ट्र बैंकमा बैंक माफियाहरु छिरेर जथाभावी काम गर्न लगाएको आरोप लगाउँदै उनले पूर्व डेपुटी गभर्नरहरु निरिह भएर खुरुखुरु काम गर्ने गरेको बताए । 'आफ्नै कार्यकक्षमा कठालो समात्दा पनि उहाँहरु निरिह भएर हेर्नु हुन्थ्यो,' उनल भने, 'भविस्यमा यस्तो अवस्था आउनु हुँदैन ।'

No comments:

Post a Comment

thanks for comment