लघु वित्तमा बैंकहरु आकर्षित


नागरिक संवाददाता
काठमाडौं पुस २६
अन्य कम्पनीमार्फत विपन्न वर्गमा कर्जा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरु यो क्षेत्रमा जाने कर्जाको रकम वढ्न थालेपछि आफै कम्पनी स्थापना गर्न त_िम्सएका छन् ।

'विपन्न वर्गमा कर्जा प्रवाह अनिवार्य गरिएकाले उनीहरु आफै संलग्न भएर कम्पनी खोल्न इच्छुक देखिएका हुन्,'  राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने, 'यो क्षेत्रमा प्रवाह हुने कर्जाको आकार दिनदिनै बढ्न थालेकाले पनि उनीहरु आकर्षित भएका हुन् ।' राष्ट्र बैंकले कुल कर्जामध्ये तीन प्रतिशत विपन्न वर्गमा लगानी गर्नु पर्ने वाध्यात्मक व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका अनुसार सात बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीका रुपमा लघु वित्त कम्पनी स्थापना गर्न अघिसरेका छन् । सेयर लगानी गरेर कम्पनी स्थापनाका लागि केही संस्थाले स्वीकृति माग गरेका छन् ।
एभरेष्ट लक्ष्मी इन्भेष्टमेन्ट प्राइम कमसर्ियल बैंक मुक्तिनाथ विकास आइएलएफसी वित्तीय संस्था र नेपाल एक्सप्रेस फाइनान्सले कम्पनी स्थापनाका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरेका हुन् । यस्तै नबिल रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर आरएमडिसी इन्भेष्टमेन्ट बैंकलगायतले सेयर लगानी गरेर कम्पनी स्थापना गर्नका लागि स्वीकृति माग गरेका छन् । राष्ट्र बैंकका अनुसार सात बैंक तथा वित्तीय संस्थासहित २५ कम्पनीले साचालन अनुमति माग गरेका छन् ।
राष्ट्र बैंकले वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीलाई लाइसेन्स बन्द गरेकाले लघु वित्त कम्पनी खोल्नका लागि पनि आकर्षण वढाएको हो । चालु बर्षको मौदि्रक नीतिले केही समयका लागि लघु वित्तवाहेक अन्य संस्थालाई लाइसेन्स दिन स्थगित गरेको छ ।
'अन्य कम्पनी खोल्नका लागि लाइसेन्स बन्द गरिएकाले यतातिर आकर्षण वढेको हो,' ती अधिकारीले भने , 'लघु वित्त संस्था खोलेपछि भविस्यमा स्तरोन्नति गर्न सकिन्छ भनेर पनि स्वीकृति माग गर्न आएका हुन् ।' अन्य लघु वित्त क्षेत्रमा काम गर्ने १८ कम्पनी साचालनमा छन् ।
'वाणिज्य बैंकको लगानीमा नयाँ कम्पनी आउँदा यो क्षेत्रलाई नबुझ्नेको संख्या वढ्छ,' छिमेक विकास बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले नागरिकसँग भने, 'यो क्षेत्रमा अरुको सहयोगबाट लगानी गरिरहेको बैंकले कसरी यस क्षेत्रमा तलसम्म पुगेर काम गर्छ भन्ने चिन्ता छ ।' उनले लघु वित्त संस्थाको संख्या बढ्दा ससानो रकम लगेर उत्पादनमूलक काम गरी जिविकोपार्जनमा धेरैले सहयोग पाउने बताए ।
उनले अहिले नै यो क्षेत्रको मूख्य चुनौती अधिकांस कम्पनीले एउटै क्षेत्रमा लगानी डुप्लिकेसन रहेकॊ बताउँदै अन्य कम्पनी पनि थपिदा चुनौति अझ बढ्न सक्ने बताए । 'नयाँ आएका कम्पनीहरु नाफामा गएपछि मात्र वाणिज्य बैंकबाट कर्जा पाउँछन्,' जोशीले भने, 'नाफामा आउन उनीहरु पहिले अरु कम्पनी पुगेकै क्षेत्रमा लगानी गर्छन् । यसबाट झन् समस्या आउँछ ।'
स्वीकृति माग गर्ने कम्पनीमध्ये अधिकांसको कार्यक्षेत्र पश्चिमााचल छ । खासगरी नारायणगढ र वुटवलमा केन्द्रित भएर उनीहरुले लगानी गर्ने योजना बनाएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । उनका अनुसार साचालन अनुमति माग गरेका कम्पनीहरुले तराईका १० र पहाडको पाँच गरी १५ जिल्लामा कारोबार गर्ने प्रस्तब पेस गरेका छन् ।
'यो क्षेत्रको बजार बढ्दै गएको छ,'  ति अधिकारीले भने, 'निक्षेप परिचालन गर्न सकिने व्यवस्था गरिएकाले पनि लघुवित्त खोल्न धेरै आएका हुन् ।'  राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले यो क्षेत्रमा १४ अर्बभन्दा वढी लगानी गरिरहेका छन् ।

No comments:

Post a Comment

thanks for comment