सम्झना फाइनान्स खारेज हुने

पुनस्रंचालन गर्नु परे ५० करोड आवश्यक


सुदर्शन सापकोटा
काठमाडौं माघ ३

सात महिनाअघि समस्याग्रस्त घोषित सम्झना फाइनान्स कम्पनीमा कुनै सुधार आउन नसकेपछि केन्द्रीय बैंकले यसलाई खारेज गर्ने भएको छ । वहालवाल संस्थापकद्वारा पुँजी थपेर तथा नयाँ लगानीकर्ता आए विक्री गरेर सुधार्ने विकल्पमा खुला रहेको केन्द्रीय बैंक सफल नभएपछि खारेजीमा जान लागेको हो ।


'आगामी साता खारेज गर्नका लागि राष्ट्र बैंकको वोर्डमा पेस गर्छौं,' केन्द्रीय बैंकका एक अधिकारीले सोमबार नागरिकसँग भने, 'त्यसपछि १५ दिने स्पष्टीकरण सोधेर खारेजी प्रकि्रयामा जान्छौं ।' स्रोतका अनुसार राष्ट्र बैंक अझै पनि कम्पनी बन्द गर्ने पक्षमा नरहेकाले पुँजी लगानी गर्ने समुह खोजिरहेको छ । यसअघि पनि घरेलु तथा साना उद्योग विकास बैंकको वित्तीय अवस्था विगि्रएपछि नयाँ समुहले त्यसको सेयर किनेर कम्पनी चलाएको थियो । अहिले त्यो संस्था मनकामना विकास बैंकका नाममा सफल रुपमा साचालित छ ।

'ऋणात्म नेटवर्थ वढी भएका कारण सम्झना फाइनान्समा नयाँ लगानीकर्ता आउने सम्भावना छैन,' ती अधिकारीले भने, 'वहालवाल साचालक कोही फरार रहेको र केही पक्रउ परेका कारण पुँजी थप्ने अवस्था छैन ।' कम्पनीले दुई खाले वित्तीय विवरण बनाएर निक्षेप संकलन र कर्जा प्रवाह गर्ने कार्य नरोकेका कारण यसको नेटवर्थ अत्याधिक वढेको हो ।

केन्द्रीय बैंकले सात महिनाअघि कम्पनीलाई समस्याग्रस्त घोषणा गर्दै निक्षेप संकलन र कर्जा लगानीमा रोक लगाइसके पनि उसले केन्द्रीय बैंकलाई थाहै नदिइ कारोबार गरेकाले नेटवर्थ थप वढेको हो ।

कम्पनीले राष्ट्र बैंकलाई बुझाएको वित्तीय विवरणमा निक्षेप संकलन ३१ करोड र कर्जा लगानी ३६ करोड रुपैयाँ गरेको उल्लेख गरेको छ । राष्ट्र बैंकले छानविन गर्दा उसले थप २० करोड निक्षेप संकलन गरेको र १० करोड कर्जा लगानी गरेको पाइएको छ ।

'कम्पनीको ऋणात्मक नेटवर्थलाई धनात्मक वनाउन मात्रै लगभग ५० करोड आवश्य पर्छ,' स्रोतले भन्यो, 'यसवाहेक नउठेको कर्जाको नोक्सानी व्यवस्था गर्ने दाायित्वलाईसमेत स्वीकार्दै नयाँ लगानीकर्ता आउने अवस्था छैन ।'

स्रोतका अनुसार राष्ट्र बैंकलाई बुझाएको वित्तीय विवरणमा ३१ करोड उठाएर ३६ करोड लगानी गरेको संस्थाले अदृश्य रुपमा २० करोड उठाएर १० करोड मात्र लगानी गर्यो भनेर पत्याउने अवस्था छैन ।  'संस्थापकहरुले कम्पनीमार्फत उठेको रकम व्यक्तिगत रुपमा राखेको पाइएको छ,' स्रोतले भन्यो, 'त्यही भएर कर्जा लगानी १० करोडभन्दा वढी भएको हुनसक्ने राष्ट्र बैंकको अनुमान छ ।' कम्पनीले निक्षेपकर्ताबाट उठाएको ३१ करोडमध्ये ८ करोड निक्षेप फिर्ता गरिसकेको छ । साथै ३६ करोड कर्जालाई २९ करोडमा झारिसकेको छ ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नेटवर्थ धनात्मक वनाउन करिव ५० करोड लगानीका साथै अदृश्य निक्षेप वापत उठेको २० करोडसमेत नयाँ आउनेले तिर्नु पर्ने हुन्छ । 'अहिले बैंक तथा वित्तीय संस्था खोल्न बन्द गरिएकाले कसैले किन्नसक्छ कि भन्ने हो,' स्रोतले भन्यो, 'तर दायित्व धेरै उठाउनु पर्ने भएकाले त्यो सम्भावना हामीले देखेका छैनौं ।' यद्यपी कम्पनीले अदृश्य रुपमा प्रवाह गरेको कर्जामा भने धितो लिएको छ । स्रोतका अनुसार कम्पनीका नाममा धितो पास भएपछि मात्र कर्जा प्रवाह भएकाले दायित्व धेरै उठाउनु पर्ने छैन ।





No comments:

Post a Comment

thanks for comment