लघुवित्तका लागि क्रस होल्ड सेयर खुला गर्ने तयारी

सुदर्शन सापकोटा
काठमाडौं माघ २
वाणिज्य बैंक तथा वित्तीय संस्थाले 'घ' वर्गका लघुवित्त विकास बैंकका संस्थापक सेयर किन्न सक्ने भएका छन् । राष्ट्र बैंकले नियमन गर्ने संस्थाले एकले अर्कोमा एक प्रतिशतभन्दा वढी सेयरमा लगानी क्रस होल्ड गर्न नपाउने व्यवस्थालाई परिमार्जन गर्दै लघुवित्तको हकमा यो सुविधा दिन लागेको हो ।

'विपन्न वर्गसम्म बैंकिङ पहँुच पुर् याउनलाई सेयर किन्ने सुविधा दिन लागिएको हो,' राष्ट्र बैंकका एक उच्च अधिकारीले आइतबार नागरिकसँग भने, 'बैंक तथा वित्तीय संस्थालाई लघुवित्तमा आकर्षित गरेर ग्रामिण भेगसम्म सेवा विस्तार गर्न नयाँ नियमले सहयोग गर्छ ।'
अहिले वाणिज्य बैंकले कुल कर्जाको ३ प्रतिशत तथा विकास बैंक र वित्तीय संस्थाले क्रमशः २ र साढे १ प्रतिशत लगानी गर्नु पर्ने वाध्यात्मक व्यवस्था छ ।
नयाँ व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले लघुवित्त विकास बैंकको २५ प्रतिशतसम्म सेयर खरिद गर्न पाउँछन् । केन्द्रीय बैंकले यो सम्वन्धि निर्देशिका यसै साता ल्याउँदैछ । एकले अर्काको संस्थापक सेयर खरिद गर्दा सुचना चुहिएको तथा संस्थापकको 'इन्टे्रस्ट' वाझिएको भन्दै केन्द्रीय बैंकले २०६५ असार मसान्तसम्म यस्तो सेयर विक्री गर्नु पर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि अधिकांस बैंक तथा वित्तीय संस्थाले सेयर विक्री गरेका थिए ।

गत वैशाख २ गते अर्को निर्देशन जारी गर्दै एक कम्पनीको संस्थापक रहेकाले अन्य कम्पनीको सेयरमा चुक्ता पुँजीको १ प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था गर्दै विगतमा एकभन्दा वढी कम्पनीमा लगानी गरेकालाई ५ वर्षको समय दिएर १ प्रतिशतमा झार्न भनेको थियो ।
'विपन्न वर्गमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको तीन प्रतिशत लगानी गर्दै आएकाले उनीहरुलाई संस्थापक सेयर किन्न नहुने नियममा वाधिरहन उपयुक्त र व्यवहारिक लागेन,' ती अधिकारीले भने, 'बैंक तथा वित्तीय संस्था आफै संलग्न भएर खोलेको संस्था मार्फत विपन्नमा कर्जा जाँदा धेरै फाइदा हुने देखिएकाले निर्देशनलाई परिमार्जन गरिएको हो ।'
केन्द्रीय बैंकका अनुसार एउटै परिवार र संस्थाबाट बैंक तथा वित्तीय कम्पनीको साचालक समितिमा एकभन्दा वढी वस्ने थालेकाले यो परम्परालाई रोक्न संस्थापक सेयरमा सीमा तोकिएको थियो । 'एक व्यक्ति सबैतिर संस्थापक हुँदा बैंकिङ जोखिम हुने भएकाले रोक लगाइएको थियो,' स्रोतले भन्यो, 'लघुवित्तमा आउन चाहने बैंक तथा वित्तीय संस्थाका हकमा समेत एकै व्यवस्था गरिदाँ यो क्षेत्रको विस्तारमा असर पर्ने देखिएकालो खुला गर्न लागेको हो ।'
राष्ट्र बैंकले लघुवित्तको हकमा संस्थापक सेयर खरिद गर्न पाउने व्यवस्था गर्नु अगावै केही बैंक तथा वित्तीय संस्थाले सेयर लगानी गरेर कम्पनी खोल्नका लागि केन्द्रीय बैंकमा आवेदन दिइसकेका छन् । नबिल रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर आरएमडिसी इन्भेष्टमेन्ट बैंकलगायतले सेयर लगानी गरेर कम्पनी स्थापना गर्नका लागि स्वीकृति माग गरेका छन् ।
केन्द्रीय बैंकले गत आर्थिक वर्ष सहायक कम्पनीका रुपमा लघुवित्त विकास बैंक खोल्न बैंक तथा वित्तीय संस्थालाई स्वीकृति दिइसकेको छ । 'ग्रमिण तहमा बैंकिङ पहँुच पुर् याउन सबैभन्दा महत्वपूर्ण भूमिका लघुवित्तले नै गर्छ,' राष्ट्र बैंक स्रोतले भन्यो, 'त्यही भएर हरेक हिसावले यसको विकास तथा प्रवद्र्धन गर्न हामीले सुविधा र सहजीकरणको काम गरिरहेका हौं । बैंक तथा वित्तीय कम्पनीको लाइसेन्स रोकेपनि हामीले लघुवित्तको नरोक्नुको कारण पनि यही हो ।'
राष्ट्र बैंकमा लघुवित्त कम्पनी साचालनका लागि अनुमति माग्ने २५ कम्पनीमध्ये सात बैंक तथा वित्तीय संस्था छन् । एभरेष्ट लक्ष्मी इन्भेष्टमेन्ट प्राइम कमसर्ियल बैंक मुक्तिनाथ विकास आइएलएफसी वित्तीय संस्था र नेपाल एक्सप्रेस फाइनान्सले कम्पनी स्थापनाका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरेका छन् ।

No comments:

Post a Comment

thanks for comment