सबैभन्दा महंगो घरजग्गा र सवारी साधन कर्जा

सुदर्शन सापकोटा
काठमाडौं पुस ७

दुई सातायता छोटो अवधिको कर्जाको ब्याज दर बढाएका बैंकहरुले लामो अवधिको समेत बढाउने भएका छन् । दसैंयता निक्षेप घटेर तरलता अभाव हुन थालेपछि निक्षेपको ब्याज बढाएका बैंकहरुले पुँजी लागत बढ्न थालेपछि कर्जामा पनि बृद्धि गर्न लागेका हुन् ।

'महंगोमा निक्षेप लिएकाले कर्जाको ब्याज वढाउने दवाव परिसकेको छ,' एनएमबी बैंकका प्रमुख कार्यकारी अधिृकत उपेन्द्र पौडेलले नागरिकसँग भने , 'केही दिनमा नै ब्याज दर बृद्धि हुन्छ ।' बैंकहरुले ट्रस्ट रिसिभ्ड टिआर लगायत छोटो अवधिको कर्जाको ब्याज भने बढाइसकेका छन् ।
बैंकरका अनुसार कर्जाको ब्याज दर साढे एक देखि २ प्रतिशत विन्दुसम्मले वढ्ने छ । एक बर्षअघिसम्म पनि कम लागतको कोषबाट निक्षेप र कर्जाबीचको फरक स्प्रेड दर कम राखेर लगानी गरिरहेका बैंकहरु यति बेला महंगो लागतको कोष प्रयोग गर्न वाध्य भएकाले पनि कर्जाको ब्याज बढाउनु परेको बैंकस्रहरु बताउँछन् ।
वाणिज्य बैंकहरुका अनुसार अब ब्याज दरमा हुने बृद्धिले सबैभन्दा महंगो कर्जा घरजग्गाको हुनेछ । १५/१६ प्रतिशतको हाराहारीमा रहेको यो कर्जा १८ प्रतिशतसम्म पुग्नेछ । यसपछि सवारी साधन र व्यक्तिगत कर्जाको ब्याज महंगो हुने छ । यो कर्जा १६/१७ प्रतिशतसम्म पुग्नेछ । अहिले यो १५/१६ को हाराहारीमा छ । विकास बैंक र फाइनान्स कम्पनीको ब्याज दर वाणिज्य बैंकको भन्दा अझ महंगो हुनेछ । वाणिज्य बैंकको भन्दा उनीहरुको पुँजी लागत महंगो भएकाले ब्याज पनि वढी हुन्छ ।

'एक बर्षदेखि १२ प्रतिशतमा निक्षेप लिइरहेका छौं । लिएको निक्षेपमध्ये २० प्रतिशत तरलता कोष समायोजन गर्दा ८० प्रतिशत मात्र लगानी गर्न पाइन्छ,' पौडेलले भने , 'यसले १२ प्रतिशतमा लिएकॊ निक्षेपको लागत सोझै १३ प्रतिशत पुग्छ । साचालनलगायत अन्य खर्च गरेर कर्जाको ब्याज निर्धारण गरिने हुँदा कम स्प्रेडमा दिन सकिन्न ।'
महंगो ब्याज तिर्दासमेत निक्षेप बढ्न नसक्दा बैंकहरुले कर्जा निरुत्साहित गर्न यसको ब्याज बढाउनु परेको हो । अहिले साचालनमा रहेका जलविद्युत र सिमेन्ट उद्योगमा बाहेक अन्यबाट कर्जा माग भएको छैन । 'गत बर्षदेखि माग कम हुन थालेको कर्जामा यो बर्ष पनि साचालन भइरहेका जलविद्युत आयोजना र सिमेन्ट कारखानाबाहेक नयाँ र साचालनमा रहेका अन्य कम्पनीबाट माग भएको छैन,' सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले नागरिकसँग भने ।
उनले निक्षेप बढ्न नसकेकाले कर्जा लगानी वढाउन नसकिएको जानकारी दिए । बैंकहरुको छाता संगठन बैंकस्र संघका अनुसार दसैंयता वाणिज्य बैंकहरुको कर्जा ८ अर्ब रुपैयाँले मात्र बृद्धि भएको छ । गत बर्ष पनि कर्जामा बृद्धि भएको थिएन । यो अवधिमा निक्षेप ४ अर्ब रुपैयाँले मात्र बढेको छ । 'गत बर्षको जस्तो अवस्था नआओस् भनेर निक्षेप नबढेकाले कर्जा बृद्धि नगरिएको हो,' भण्डारीले भने, 'सुरक्षित स्थानमा बस्न पनि यस्तो गर्नुपर्छ ।'
पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले अहिलेसम्म ६ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । दसैंताका निक्षेप संकलन ६ खर्ब २३ अर्ब र कर्जा प्रवाह ४ खर्ब ८५ अर्ब रुपैयाँ थियो ।
दसैंयता निक्षेप अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज वढाइरहेका छन् । गत आर्थिक बर्षको अन्त्यतिर निक्षेप करिव ४० अर्बले बृद्धि भएपद्धि ब्याज दर घटाएका उनीहरुले अहिले त्यही अनुपातम अर्थात व्याज १२ प्रतिशत पुर् याइसकेका छन् । अहिले बैंकहरुसँग गत बर्ष महंगोमा लिएको निक्षेप छ । 'महंगो निक्षेप भएकाले लागत घटाउन सक्ने अवस्था छैन,' पौडेलले भने , 'त्यही भएर गत बर्षजस्तो कम स्प्रेडमा काम गर्न सकिन्न ।'
सरकारी खर्च हुन नसक्दा तरलता अभाव भएर ब्याज दर तल आउन नसकेपछि उनीहरु त्यो पैसा पुन महंगोमा नै नवीकरण गर्न वाध्य छन् । गत बर्ष अघिल्लो बर्षका केही सस्ता दरका निक्षेपका कारण कम स्पे्रडमा नै लगानी गर्न सक्षम भएका बंैंकसँग अहिले त्यो विकल्प छैन ।

No comments:

Post a Comment

thanks for comment