डेपुटी गभर्नरको सपथ ग्रहणमा १० कार्यकारी निर्देशक अनुपस्थित



सुदर्शन सापकोटा
काठमाडौं पुस १४

डेपुटी गभर्नरको सपथ ग्रहण कार्यक्रममा १२ जना विभागीय प्रमुखमध्ये १० जना अनुपस्थित भएका छन् । गभर्नर युवराज खतिवडाको सिफारिस प्रकृयामा असहमति जनाउँदै कार्यकारी निर्देशकहरु अनुपस्थित भएका हुन् ।
गभर्नरको सिफारिसमा मन्त्रीपरिषद्ले गत आइतबार कार्यकारी निर्देशकद्वय गोपाल काफ्ले र माहाप्रसाद अधिकारीलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । नवनियुक्त डेपुटीहरुलाई बुधबार गभर्नरले राष्ट्र बैंक मूख्यालय वालुवाटारमा सपथ ग्रहण गराएका हुन् ।

'सिफारि प्रकृया अपारदर्शी र तर्क संगत नभएकाले सपथ ग्रहण कार्यक्रम वहिस्कार गरेको हुँ,' डेपुटी गभर्नरका आकांक्षीमध्येका एक कार्यकारी निर्देशकले बुधबार नागरिकसँग भने , 'यो वहिस्कारले गभर्नरको सिफारिसप्रति हामी सहमत छैनौं भन्ने सन्देश दिन्छ ।'
कार्यक्रममा बैंक सुपरिवेक्षण विभाग र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक क्रमशः लोकवहादुर खड्का र विष्णु नेपाल मात्र उपस्थित थिए । कार्यालय गएपनि १० कार्यकारी निर्देशक सपथ ग्रहण कार्यक्रममा अनुपस्थित भएका हुन् ।

सँधै हँसिलो रुपमा प्रस्तुत हुने गभर्नर खतिवडा डेपुटी गभर्नर मुनीका १२ कार्यकारी निर्देशकमध्ये १० जनाको अनुपस्थितिले सपथ ग्रहण कार्यक्रममा भने उदास देखिन्थे । 'मसँग बाँकी १२ जना साथीहरु पनि योग्य हुनुहुन्थ्यो तर दुई जनाको मात्र डेपुटी पद हुने भएकाले सबैलाई सिफारिस गर्न सकिन,' सपथ ग्रहण कार्यक्रमलाई संवोधन गर्दै उनले भने । उनले वरिष्ठताका कुरा भावनात्मक भएको भन्दै आफ्नै क्षमताले सतहमा आएर सबैले देखिने खालको हुनु पर्ने बताए ।
राष्ट्र बैंक ऐन २०५८ को धारा १६ अनुसार कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । ऐनमा गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैंकका विशिष्ट श्रेणीका अधिकृतहरुमध्येबाट कार्यक्षमताको आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नु पर्ने उल्लेख छ ।
यअअघि वरिष्ठताको श्रेणीमा नवौं स्थानमा रहेका वीरविक्रम रायमाझीलाई मन्त्रीपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । वरिष्ठता मिचिएको भन्दै तत्कालिन कार्यकारी निर्देशक राजनिसंह भण्डारीले आफ्नो पदबाट राजिनामा गरेका थिए ।
'डेपुटी गभर्नर राजनीतिक पद भएकाले यसमा वरिष्ठता खोज्न हुँदैन,' राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तिर्थ शिलवालले भने, 'ऐनले नै कार्यकारी निर्देशकबाट जो पनि हुनसक्ने व्यवस्था गरेकाले नियुक्ती प्रकि्रयामा असन्तुष्टी जनाउनु व्यवहारिक हुँदैन ।'
राष्ट्र बैंकका एक निर्देशकका अनुसार सबै कार्यकारीले भविस्यमा पनि असहयोग जारी राखेमा गभर्नरलाई काम गर्न गाह्रो हुनेछ । 'विभागीय कामहरु कार्यकारी निर्देशकहरुको माध्यमबाट हुन्छ,' उनले भने, 'यसमा असहयोग भए गभर्नरलाई काम गर्न गाह्रो हुन्छ । उनले चाहेर पनि केही गर्न सक्दैनन् ।'
'पदले पाएको प्रतिस्ठा विजुलीको स्विच वोर्डबाट झिकिदिएको प्लग जस्तै हो,' गभर्नरले कार्यकारी निर्देशकबाट भविस्यमा असहयोग हुनसक्ने महशुस गर्दै कार्यक्रममा भने, 'प्रतिस्ठा जोगाइ राख्न प्रतिस्पर्धि र सबैले देखिने खालको हुनु पर्छ ।' उनले संस्थागत हितका लागि सबैले मिलेर जानुको विकल्प नरहेको पनि बताए । 'सबैले परिवर्तन स्वीकार गरेर जानु पर्छ,' उनले भने, 'परिवर्तन स्वीकार नगर्ने वढारिएर जान्छन् ।' डेपुटी गभर्नर गोपाल काफ्लेले विगतका सबै तिता कुराहरु विर्शिएर अगाडि वढ्नु पर्ने बताए ।  'हिजो क-कसले दौडधुप डेपुटी गभर्नर पदका लागि गरे भन्ने कुरा विर्शिनु पर्छ,' सपथ ग्रहणपछि उनले भने , ' सबै एकढिक्का भएर अघि वढेमा मुलुकका सबै आर्थिक चुनौति समाधान गर्न सकिन्छ ।'
राष्ट्र बैंकका कर्मचारी युनियनका अधिकारीहरुले पनि नियुक्ती प्रकृयाका बारेमा विवाद गर्न नहुने भन्दै मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । 'नियुक्तिका बारेमा कार्यकारी निर्देशकहरुमा असन्तोष रहनु हुँदैन,' युनियनका अध्यक्षहरुले भने ।

No comments:

Post a Comment

thanks for comment