विदेशी मुद्राको कारोबार गर्न नयाँ नियमावली लागू


काठमाडौं माघ १ (नागरिक)
राष्ट्र बैंकले ट्राभल टुस्र टे्रकिङ कार्गो एयरलाइन्स होटल बिमा र अन्य संघ संस्थालाई विदेशी विनिमयको कारोवार गर्ने इजाजतपत्र प्रदान गर्ने तथा निरीक्षण गर्ने प्रयोजनका लागि नयाँ नियमावली लागू गरेको छ ।
केन्द्रीय बैंकले एक सातादेखि नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोवार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०६७ लागू गरेको हो ।

नियमावली अनुसार विदेशी विनिमयको कारोवार गर्ने संस्थाले विदेशी मुद्राको कारोवारको हिसाब किताब दुरुस्त राख्नु पर्नेछ । यस्ता संस्थाले विदेशी मुद्राको कारोवार गर्दाको खरीद विवरण तथा विदेशी मुद्रा बैंक दाखिला गरेको बैंक स्टेटमेण्ट नियमित तवरले मासिक रुपमा राष्ट्र बैंकको वैदेशिक मुद्रा विनिमय विभागमा पेश गर्नु पर्ने व्यवस्था गरिएको छ ।
प्रत्येक आर्थिक वर्षको हिसाब कितावको प्रचलित कानूनले निर्धारण गरेको समयावधि भित्र लेखापरीक्षण गराउनु पर्ने व्यवस्था गर्दै नियमावलीले तोकिएको काम नगर्ने संस्थालाई जुनसुकै बेला राष्ट्र बैंकबाट प्रदान भएको विदेशी विनिमयमा कारोवार गर्ने इजाजतपत्र निलम्वन वा खारेज गरी थप कारवाहीको व्यवस्था गरिएको छ ।
विदेशी मुद्राको अपचलन हुने प्रकृतिको कुनै कारोवार गरेको पुष्टी भएमा सरकारको सम्बन्धित निकायको क्षेत्राधिकारभित्र पर्ने निकायलाई आवश्यक छानविन तथा कारवाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था पनि यसमा छ ।
संस्था चलाउन आवश्य पर्ने सुरक्षा तथा बिमालगायतका सम्पूर्ण व्यवस्था आफैं मिलाउनु पने व्यवस्था गर्दै नियमावलीले इजाजत लिएको स्थानबाट संस्था सार्न नपाइने जनाएको छ ।
संस्थाले इजाजतपत्रको म्याद समाप्त हुनु अगावै बार्षिक शुल्क बुझाई सोको नविकरण गराउनु पर्नेछ । इजाजतपत्र लिएको संस्थाको म्याद समाप्त भएको मितिले तीस दिनभित्र वार्षिक शुल्क दुई हजार रुपैयाँ बुझाएर मात्र संस्था नवीकरण गर्न पाउने छ ।

No comments:

Post a Comment

thanks for comment