एभ्कोको गाडी लिलामी प्रकृयामा


काठमाडौं पुस ११
गाडी खरिद गर्न एभ्को इन्टरनेसनललाई पैसा बुझाएका ग्राहकको गाडी माछापुच्छे्र बैं्रकले आगामी ३५ दिनपछि लिलामी प्रकृयामा लैजाने भएको छ । ग्राहकसँग पैसा उठाएर माछापुच्छे्र बैंकबाट प्रतिपत्र एलसी खोलेको एभ्कोले त्यो पैसा बैंकलाई नबुझाएकाले बैंक लिलाम प्रकि्रयामा जान लागेको हो ।
'ऋण तिर्ने सुचना जारी गरेका छौं तोकिएको अवधिभित्र ऋण चुक्ता नभए लिलाम प्रकृयामा जाने छौं,' बैंकका कर्जा विभाग प्रमुख दीपेन्द्र श्रेष्ठले नागरिकसँग भने ।

माछापुच्छे्र बैंकबाट प्रतितपत्र खोलेर गाडी ल्याएको एभ्कोले त्यसको सबै पैसा चुक्ता गरेको छैन । बैंककै नाममा रहेको ती गाडीहरु पैसा चुक्ता नगरिसकेकाले सर्वसाधारणमा नामसारी भएको छैन । बैंकले ऋण उठाउन गाडीलाई लिलाम गर्नु पर्ने हुन्छ । त्यसैको प्रकृया स्वरुप बैंकले ३५ दिने सुचना जारी गरेको हो ।
लिलामी प्रकृया ३५ दिनपछि सुरुभएपनि गाडि भने ६ महिनापछि मात्र ग्राहकबाट खोसिने छ । राष्ट्र बैंकको पहलमा गत साता माछापुच्छे्र बैंक पिडित ग्राहक प्रहरी र अपराध अन्वेषण विभागबीच भएको छलफलले ६ महिनाभित्र पनि कुनै समाधान ननिस्किए लिलामीमा जाने सहमति भएको थियो ।

ग्राहकले गाडी प्रयोग गर्न पाएपनि आफ्नो नाममा नामसारी नहुँदा बीमा तथा सुरक्षामा समस्या आएकाले प्रहरीको रोहवरमा आगामी ६ महिनाका लागि ब्लुबुक धनीपुर्जा उपलब्ध गराउने सहमति भएको छ ।  'गाडी चढ्न अप्ठ्यारो भयो भन्ने गुनासो आएकाले हामीले त्यसमा सहयोग गरेका हौं,' उनले भने , 'त्यतिन्जेल समाधान निस्किएला ।' उनले यसका लागि प्रहरीले सहयोग गरेको भन्दै बैंक सकभर गाडी लिलाम गर्ने पक्षमा नरहेको जानकारी दिए ।
राष्ट्र बैंक स्रोतका अनुसार आगामी ६ महिनाभित्र एभ्कोले पैसा तिर्यो वा अन्य धितो राखेको अवस्थामा मात्रै ग्राहकमा नामसारी हुने गरी सहमति गराएको हो । 'बैंकले कसैलाई मार्का पर्यो भन्दैमा पैसा डुब्न दिन मिल्दैन,' राष्ट्र बैंक अधिकारीले भन्यो, 'तत्काललाई ग्राहक अप्ठ्यारोमा नपरुन् भनेर मात्र सहमति गराइएको हो ।'
बैंकको आग्रहमा कर्जा सुचना केन्द्रले एभ्को इन्टरनेसनल र यसका साचालक विनिता प्रधानलगायतलाई ऋण नतिर्नेको कालो सुचिमा राखिसकेको छ । एभ्को इन्टरनेसनलले बैंकको ४५ करोड रुपैयाँ तिर्न बाँकी छ । एभ्कोले १६७ वटा गाडीको पैसा बैंकलाई तिरकेको छैन । बैंकले त्यसमध्ये ५३ वटा गाडीको ब्लुबुक ग्राहकलाई उपलब्ध गराउन लागेको हो ।
बैंकका अनुसार एभ्को इन्टरनेसनका अधिकारीहरु ६ महिनादेखि बैंकको सम्पर्कमा आएका छैनन् । एभ्कोलॆ ग्राहकबाट पैसा असुलेर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोलीआएर उसलाई अधिकारिक विक्रेताबाट हटाएको थियो ।

No comments:

Post a Comment

thanks for comment