ओबरायले सोल्टीको सेयर बेच्यो


-किन्ने नेपाली कम्पनी

काठमाडौं कात्तिक २९
पाँचतारे होटल सोल्टी लिमिटेडमा रहेको विदेशी लगानीकर्ता ओबराय होटल्स प्रालिको सबै सेयर नेपाली कम्पनी शिवकि्रमल्यान्ड एन्ड इन्भेस्टमेन्ट कम्पनी प्रालिले किनेको छ । अन्तर्राष्ट्रिय होटल साजाल रहेको भारतीय कम्पनी ओबरायले १४ करोड २८ लाख रुपैयाँमा शिवकि्रमल्यान्डलाई आफ्नो स्वामित्वमा रहेको सबै ६ दशमलव ८ प्रतिशत सेयर बिक्री गरेको हो ।
शिवकि्रम उद्योगी रविभक्त श्रेष्ठसँग सम्वद्ध कम्पनी हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्रेष्ठ सोल्टीका साचालक पनि हुन् । ओबरायले भारतमा व्यापक लगानी विस्तार गरिरहेको छ । त्यहीं बढी ध्यानकेन्द्रित गर्न सेयर बिक्री गरेको सम्वद्ध स्रोतले जनाएको छ ।
शिवकि्रमल्यान्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत प्रति कित्ता १ सय ४० मा सेयर किनेको हो । यो सोल्टीको पछिल्लो सेयर कारोबार मूल्यभन्दा ४६ रुपैयाँ २४ दशमल ७३ प्रतिशत कम हो । ठूलो संख्यामा ब्लक सेयर किनेबेच भएकाले मूल्य घटेर कारोबार भएको हो ।
नेपालमा पर्यटन उद्योग फस्टाएको बेला यो किनबेच भएको हो । सोल्टीको प्रति सेयर चुक्ता मूल्य १० रुपैयाँ छ । यसको कुल १४ करोड ९२ लाख २४ हजार रुपैयाँ बराबरको सेयर सूचीकृत छ । यसको बजार मूल्य २ अर्ब ८ करोड रुपैयाँ छ ।
किन्ने र बेच्नेबीच एक महिनाअघि खरिदबिक्री सम्झौतामा उल्लेख भएअनुसारको मूल्यमा यो कारोबार भएको नेपाल स्टकले जनाएको छ । स्टकले यस्तो ब्लक सेयर किन बेचलाई सरल बनाउन अलग्गै संरचना ुविन्डोु प्रयोग ल्याएको हो । यो विन्डोमा कारोबार भएको यो पहिलो हो ।
नेपालमा पर्यटन व्यवसायको भविष्य राम्रो देखेर सेयर किनेको शिवकि्रमसँग सम्वद्ध स्रोतले जनाएको छ । ओबरायले सेयर बिक्री गर्ने थाहा पाएपछि अन्य नेपाली समूहले पनि किन्ने इच्छा देखाएका थिए ।
यो सेयर किन बेचलाई हिमालयन बैंकले सहज बनाएको थियो । किनबेचमा उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभागले सैद्धान्तिक सहमति दिएको थियो ।
नेपाल स्टकमा सूचीकृत झन्डै ३ सय कोठा रहेको सोल्टीमा पुर्व राजा ज्ञानेन्द्रको परिवारकोपनि लगानी छ । करिब ८० रोपनी क्षेत्रफल ओगटेको सोल्टीमा सोल्टी इन्टरप्राइजेजको करिब ४० नेपाल वायुसेवा निगमको करिब १२ होलिडे इन इन्भेस्टमेन्ट नेपाल लिमिटेडको १० प्रतिशत र बाँकी सर्वसाधारण अन्य संस्थाको लगानी छ । होटलमा करिब ७ सय कर्मचारी छन् । होटल व्यवस्थापन र साचालन बेलायतको इन्टरकन्टिनेन्टल होटल्स ग्रुपले गरिरहेको छ ।
देशको पहिलो पाँचतारे होटल सोल्टीले गत आर्थिक वर्ष २०६६÷०६७ मा करिब ११ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा यो नाफा ११ प्रतिशतले बढी हो ।
होटलले गत वर्ष २१ करोड ६६ लाख खुद साचालन नाफा गरेको थियो । अघिल्लो वर्ष १७ करोड ९९ लाख थियो । बोनस र करअघि १५ करोड ९३ लाख नाफा थियो । अघिल्लो वर्ष १२ करोड ३५ लाखमा अडेको थियो । होटलले गत वर्ष कर्मचारीलाई १ करोड ४४ लाख रुपैयाँ बोनस वितरण गरेको छ । सरकारलाई ३ करोड ६२ लाख कर तिरेको छ ।
पर्यटक आउने क्रम वढेकाले होटलका झन्डै ९० प्रतिशतभन्दा बढी कोठा भरिएका छन् । कोठाको मूल्य प्रतिरात ८० अमेरिकी डलरभन्दा माथि पुगेको छ । नयाँ पन दिन होटलले थप लगानी गरिहेको छ ।

No comments:

Post a Comment

thanks for comment