आइएफसीले आरएमडिसीको सेयर पि्रमियममा किन्यो

मंसिर ८
विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी ले रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर आरएमडिसी को सेयर पि्रमियममा किनेको छ । आइएफसीले आरएमडिसीको चुक्ता पुँजी ३२ करोडको ८.२५ प्रतिशत सेयर पि्रमियमा किनेको हो ।

एक सय रुपैयाँ दरको सेयर आइएफसीले १ सय ८० का दरले किनेको हो । आइएफसीको ३ करोडको सेयर थपिएपछि आरएमडिसीको चुक्ता पुँजी ३५ करोड रुपैयाँ पुगेको छ । आइएफसीले कुल ५ करोड ७४ लाख रुपैयाँ खर्चिएर सेयर किनेकेा हो ।
सेयर स्वामित्व दिने सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा वोल्दै आरएमडिसीका प्रमुख कार्यकारी अधिकृत शंकरमान श्रेष्ठले आइएफसीसँगै अन्य बैंकहरुलाई पनि सेयर दिएपछि सर्वसाधारणमा जाने जानकारी दिए ।
आरएमडिसीले अहिले संस्थापक सेयर सदस्य नभएका वाणिज्य बैंकका लागि सेयर आवेदन मागेको छ । '६ वटा बैंकले सेयर खरीदका लागि चासो देखाएका छन्,' उनले भने, 'प्राप्त प्रस्तावमध्ये जसले वढिमा किन्नका लागि आवेदन दिएको छ उसलाई विक्री गर्ने छौं ।'
उनले ४ करोड ४० लाख बरारबको सेयर बैंकहरुलाइै छुट्याइएको जानकारी दिए । आरएमडिसीले सर्वसाधारणका लागि १५ करोड ६० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने तयारी गरिरहेको छ । यसका लागि उसले एस क्यापिटलाई सेयर निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 'सवै प्रकृया सकेर चालु वर्षभित्र सर्वसाधारणमा गइसक्छौं,' श्रेष्ठले भने । उनले सर्वसाधारणका लागि पि्रमियममा प्रति किक्ता १ सय ८० का दरले सेयर निस्कासन गरिने जानकारी दिए ।
वास्तविक गरिवमा लगानी गर्ने लघुवित्त संस्थाहरुलाई ऋण दिने आरएमडिसीले ३० प्रतिशत सेयर सर्वसाधारणमा दिएपछि कम्पनीका चुक्ता पुँजी ४१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । आरएमडिसीमा राष्ट्र बैंक नबिल बैंक नेपाल इन्भेस्टमेन्ट हिमालयन नेपाल बैंक राष्ट्रिय वाणिज्य बैंकलगायत २१ वटा बैंक तथा वित्तीय संस्थाको लगानी छ ।
आइएफसीलाई ल्याउनका लागि दुई वर्षदेखि नै पहल भएको थियो । आइएफसीले विभिन्न सर्तसहित १० प्रतिशत सेयर मागेको थियो । तर आरएमडिसीको संस्थापकमध्येको नबिल बैंकले सर्त नमानेकाले ढिलाइ भएको हो । नबिलको आरएमडिसीमा करिव १६ प्रतिशत सेयर हिस्सा छ । दुई वर्षदेखि ढिलाइ गरिरहेको नबिल बैंकले केही समयअघि ८ प्रतिशत सेयर दिन तयार भएपछि आरएमडिसीमा नयाँ सेयर सदस्यका रुपमा आइएफसी आएको हो । आइएफसीले सेयरमा लगानी गरेपनि साचालक समितिमा जाँदैन ।
हस्ताक्षर कार्यक्रममा आरएमडिसीका अध्यक्ष अशोक राणा नेपाल इन्भेस्टमेन्ट बैंकका नायव महाप्रबन्धक राजनकुमार अमात्यलगायतले आइएफसी आएपछि विपन्न क्षेत्रमा काम गर्न थप सजिलो हुने बताए ।

No comments:

Post a Comment

thanks for comment