कम्युनिस्ट बाबुरामको रक्सीमा छुट योजना

दसैं तिहार नजिकिँदै गर्दा व्यवसायिक घरानादेखि सामान्य पसलहरुमा पनि छुट योजना आउन थालेको छ। यसैको सिको गर्दै हाम्रा प्रधानमन्त्रीले पनि बम्बर छुट योजना कार्यक्रम सार्वजनिक गरेका छन्। उनले खाद्यान्नमा त छुट दिए नै रक्सीमा पनि भारी छुट योजना ल्याएका छन्।
यि ती नै बाबुराम हुन् जसले अर्थमन्त्री हुँदा मदिरामा सरकारले छुट दिने होइन भन्दै एयरपोर्टबाट …ड्युटी फ्रि' सुविधा हटाएका थिए। समय वित्तै गयो उनी प्रधानमन्त्री भए। तर उनले आफ्नो पछिल्लो निर्णय उल्ट्याएर रक्सीमा छुट दिने योजना फेरी ल्याए। त्यो पनि एयरपोर्टमा होइन– सर्वसाधारणले सस्तामो आवश्यकीय खाद्यान्न पाउन् भनेर सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा।
सुपथ मूल्य पसल सर्वसाधारणले सजिलै सर्वसुलव मूल्यमा नुन, चिनी, चामललगायतका खाद्यान्न पाउन् भनेर सञ्चालनमा ल्याइएको हुन्छ। चाडवाडका बेला व्यापारीले कार्टेलिङ गरेर सर्वसाधारणलाई ठग्न सक्छन्, सर्वसाधारणले दैनिक उपभोग्य सामग्री सजिलै पाउन् भनेर सुपथ मूल्य पसल सञ्चालन गरिन्छ। तर यसको गलत व्याख्या गर्दै प्रधानमन्त्रीले रक्सीमा नै छुट दिने योजना सार्वजनिक गरे।
वावुराम ती प्रधानमन्त्री हुन् जसले सरकारी कार्यक्रमहरुमा अतिथिलाई रक्सी नख्वाउने उर्दी जारी गरे। उनको तर्क थियो– सरकारले रक्सी ख्वाउने होइन, लोक कल्याणकारी काम गर्दै जाने हो। बेलाबेलामा महान्वाणीहरु फ्याँक्न सिपालु वावुरामलाई अहिले के त्यस्तो (कु) वुद्धी पलायो हिजो बन्द गरेको छुट आज दिनु पर्ने भयो?
कारण एउटै हो जस्तो लाग्छ। गरिव जनतालाई औपचारिक रुपमा गरिवीको विल्ला भिराएर गाउँतिर उनी पपुलिस्ट बनिसकेका छन्। चुनाव हुने पक्का भएका बेला जनता त गाउँको भन्दा शहरको वढी आवश्यक पर्छन्। धन दिन पनि दान दिन पनि।
घर टहरा भत्काएपछि शहरका जनता प्रधानमन्त्रीसँग रुष्ठ बन्दै गएका छन्। अब के गर्ने त शहरका जनतालाई खुसी पार्न? उनका टोकरीका मान्छेले गतिलै सल्लाह दिए– रक्सीमा छुट दिने।
दसैंमा शहरका जनता रक्सी र मासु वढी खान्छन्। रक्सीमा नै छुट दिएपछि शहरका जनताले पनि वावुरामको वाहवाह गर्छन् भन्ने सल्लाह भाँडाका टट्टुहरुले उनलाई दिए। वावुराम पनि राजि भए र भन्दिए– ल जा रक्सीमा पनि छुट।
गोर्खामा जन्मे हुर्केका उनले त्यहाँ पक्कै पनि कोदोको खट्टे (ढिँडो) नै खाएको हुनु पर्छ। अझ प्रधानमन्त्री बनेपछि गाउँघरमा बास बस्न थालेका उनले गुन्द्रुक सिन्कीको झोलसँग भात निल्नु परेको पनि हुन सक्छ।
नेपालको आर्थिक स्तर के हो? नेपालीको आवश्यकता के हो? भन्ने उनलाई पक्कै पनि थाहा हुनु पर्ने हो। तर सबै थोक भुलाएर उनले रक्सीमा छुट दिए। उनलाई छुट दिन रहर नै भए अरु धेरै कुरा छन् जसलाई सहजै जुटाउन सबै नेपालीको स्तर पुग्दैन।
रक्सीमा दिएको छुट चामलमा अझ दिए मूल्य थप घट्थ्यो होला। तरकारी र फलफूल सस्तो हुन्थ्यो होला। १० रुपैयाँ पर्ने जीवनजल ८ रुपैयाँमा आउँथ्यो होला। बसको टिकट महँगो भएर घर जान नपाएकाहरु वावुरामको छुट योजनाको फाइदा उठाउँदै वाउआमाको हातबाट टिका लाउन घर जान पाउँथे होलान्।

1 comment:

  1. Baburam le janata lai dasai ma daru khuyara fight khelaune bhaya jasto 6 j hos dasai ma ta ali ali ramailo hunu paryo ni patrakar ji

    ReplyDelete

thanks for comment