एनबी इन्स्योरेन्सको कारोबार फुकुवा

काठमाडौं असोज २०
बिमा समितिले एनबी इन्स्योरेन्सको कारवाही फिर्ता लिँदै सबै कारोबार फुकुवा गरेको छ । कम्पनीले आइतबारबाट सम्पूर्ण कारोबार गर्न पाउने छ ।
आर्थिक अनियमितता भेटेपछि समितिले कम्पनीको सबै कारोबारमा रोक लगाएको थियो । पाँच गम्भीर आरोपसहित सुधारको निर्देशन दिएको समितिले मापदण्ड पुरा नगरेको संस्थामा राखेको पैसा फिर्ता ल्याउन नसकेपनि कारवाही फुकुवा गरेको हो ।
समितिले एनबीमा पठाएको निरीक्षण टोलीले पाँचमध्ये चार गल्तीहरु सुधार गरेको प्रतिवेदन दिएपछि कारबाही फुकुवा गरिएको समिति स्रोतले जानकारी दियो । समितिको निरीक्षण प्रतिवेदनमा मापदण्ड नपुगेको वित्तीय संस्थामा राखेको पैसा फिर्ता नभएको बाहेक सबै कमजोरी सुधार भएको उल्लेख छ । यो रकम फिर्ता नभएसम्म कम्पनीले एयरमार्क पूरा गर्न सक्दैन ।
कम्पनीले नियमविपरीत घरभाडामा लिएर अगि्रम भुक्तानी गरेको एयर मार्क पूरा नगरेको मापदण्ड पूरा नगरेका संस्थाहरुमा रकम जम्मा गरेको साचालकलाई असीमित किसिममा पेश्की दिइ फिर्ता नगरेको भन्दै समितिले साउन १५ गते सम्पूर्ण कारोबारमा रोक लगाएको थियो ।
'एउटाबाहेक सबै कमजोरीलाई सुधार गरेकाले कारबाही फुकुवा गरेका हौं' समिति उच्च स्रोतले भन्यो । कम्पनीले मापदण्ड नपुगेको संस्थामा राखेको डेढ करोड रुपैयाँ केही महिनाभित्र फिर्ता ल्याउने सर्तमा समितिले कारबाही फुकुवा गरेको हो । 'निक्षेप फिर्ता गर्न तीन महिना समय दिएका छौं,' समिति स्रोतले भन्यो 'कम्पनी डुबाउने नियत हाम्रो नभएकाले तत्काललाई कारोबार फुकुवा गरिदिएका हौं ।'
चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको कम्पनीका साचालकहरुले घर भाडा लिँदा नियमविपरीत ३ करोड बढी भुक्तानी गरेको तथ्य समितिले फेला पारेकॊ थियो । साचालकहरुलाई पेस्की रकम दिएको एयरमार्क पूरा नगरेकोजस्ता समस्या देखिएपछि समिति कारबाहीमा उत्रिएको थियो ।

एनबी समूहले प्रवद्र्धन गरेको कम्पनीबाट बहालवाला साचालकले छाडेर नयाँ ल्याउने सर्तसहित कारबाही फुकुवा गर्ने समिति स्रोतले जानकारी दियो । यसका बारेमा औपचारिक निर्णय भने समितिले गरेको छैन । कम्पनीको सात सदस्यीय साचालक समितिमा एकै परिवारका जितबहादुर श्रेष्ठ लक्ष्मीबहादुर श्रेष्ठ र जेन श्रेष्ठ सदस्य छन् ।
एनबी समूहले इन्स्योरेन्स कम्पनीको सेयर बेचेर नयाँ साझेदार िभœयाउन कम्पनीलाई निर्देशन दिइने स्रोतले जनकारी दियो । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा अधिकांश संस्थापक सेयर एनबी समूहका सदस्यहरुको छ । समितिले एक वर्षको समय दिएर चुक्ता पुँजी २५ करोड पुर् याउनसमेत निर्देशन दिएको छ ।
सर्वसाधारणको २० प्रतिशत सेयर रहेको कम्पनीको नेपाल स्टक एक्सचेन्जमा कारोबार रोक्का छ । एनबी इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार जुलाई १२ मा भएको थियो । कम्पनीको सेयर मूल्य १ सय ४१ रुपैयाँ छ ।
समितिले बिमा कोष १ करोड ७७ लाख जगेडा तथा कोष ३ करोड ३६ लाख असमाप्त जोखिम वापत व्यवस्था ५ करोड ५५ लाख र भुक्तानी हुन बाँकी दाबी वापतको ३ करोड ७२ लाख रुपैयाँ कम्पनीले जम्मा पर्न नसकेको भन्दै कारबाही गरेको थियो ।
एयरमार्क गराउनुपर्ने १४ करोड ८५ लाख ६९ हजारमध्ये नपुग ७ करोड ६७ हजार ६४ हजार रुपैयाँ एयरमार्क गराउन समितिले निर्देशन दिएको थियो । कम्पनीको सम्पूर्ण दायित्वको पर्याप्त पुनर्बिमा व्यवस्था भएको तथा पुनर्बिमा शुल्क नियमित भुक्तानी नगरेकोजस्ता अनियमितता कम्पनीमा फेला पारेको थियो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीले ४६ लाख ७० हजार नाफा कमाएको छ । ७ लाख तीन हजार १ सय बिमा लेख जारी गरेको कम्पनीले अझै पनि दाबी भुक्तानी गर्न बाँकी बिमा लेखको संख्या १ लाख ३० हजार छ ।

No comments:

Post a Comment

thanks for comment