मूल्य वृद्धि ११.९ प्रतिशत पुग्यो, राष्ट्र बैंकको लक्ष्य चैँ साढे सातमा राख्ने रे?

काठमाडौं, असोज १४
राष्ट्र बैंकले मूल्य वृद्धि साढे सात प्रतिशतमा राख्ने प्रक्षेपण गरेकै महिना सर्वसाधारणले अत्याधिक महँगीको मार खेप्नु परेको छ। अघिल्लो वर्षको साउनमा ७.७ प्रतिशतमा रहेको मूल्य वृद्धि यस पटक ११.९ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति तथ्यांक अनुसार सबैभन्दा वढी तरकारी, घिउ–तेल, लत्ता कपडाको मूल्य वढेको छ। अमेरिकी डलरको मूल्य महँगो भएका कारण आयातित बस्तुको मूल्य वढी परेको छ। देशभित्रै पनि उत्पादक र उपभोक्ताबीच सोझो सम्वन्ध नहुँदा विचौलियाका कारण मूल्य वृद्धि उच्च भएको हो।
ढुवानी सिन्डेकेट, व्यापारिको मूल्य मिलेमतो, कालो बजारीजस्ता कारणले पनि महँगीमा दवाव परेको हो। फितलो सरकारी बजार अनुगमनले मूल्य बढाउन व्यापारिलाई सहयोग पुर्‍याएको छ।
साउनमा खाद्यान्न तथा पेय पदार्थको मूल्य वृद्धिदर १२.२ प्रतिशत छ। गैर–खाद्य तथा सेवा समूहको मूल्य ११.६ प्रतिशतले बढेको छ। जबकी अघिल्लो वर्ष खाद्यान्न र पेय पदार्थको मूल्य वृद्धि ९.९ प्रतिशत र गैरखाद्यान्नको ५.८ प्रतिशतले मूल्य वढेको थियो।
सबैभन्दा वढी मूल्य वृद्धि काठमाडौं  उपत्यकावाशीले सहनु परेको छ। यसपछि तराई र पहाडका वासिन्दाले महँगी सहनु परेको छ। गत वर्ष साउनमा काठमाडौंको मूल्य वृद्धि ६.६ प्रतिशत थियो। तर यस  पटक भने मूल्य वृद्धि १२.३ प्रतिशत पुगेको छ। तराईको ६.९ प्रतिशतबाट वढेर ११.८ र पहाडको १०.३ प्रतिशतबाट वढेर ११.५ प्रतिशत पुगेको छ।
यद्यपी चाडवाडको मुखमा मूल्य वृद्धि उच्च भएपछि सरकारले १५ खाद्यान्नको अधिकतम खुद्रा मूल्य तोकेको छ। तोकिएको मूल्य लागू भए/नभएको अनुगमन गर्ने सरकारी संयन्त्र नहुँदा यसले काम गर्न सकेको छैन।
राष्ट्र बैंकका अनुसार, तरकारीको मूल्य वृद्धि दर ३०.४ प्रतिशत छ। घिउ–तेलको मूल्य २१ प्रतिशतले वढेको छ। चिनी तथा मिठाईको १९.९ प्रतिशतले मूल्य वढेको छ। सूर्तिजन्य पदार्थ र दल तथा गेडागुडीको मूल्य क्रमशः १७.९ र  १४.७ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता–कपडा तथा जुत्ता–चप्पल
मूल्य १५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यसको मूल्य वृद्धि दर १३ प्रतिशत थियो। यातायात र फर्निसिंग तथा घरायसी उपकरणको पनि मूल्य वढेको छ। यस पटक मसलाको मूल्य मात्र घटेको छ।
यातायातको मूल्य १४.८ प्रतिशत र फर्निसिङको १४.२ प्रतिशतले वढेको राष्ट्र बैंकले जनाएको छ।
यस पटक थोक मूल्य पनि उच्च बढेको छ। गत वर्ष ५.७ प्रतिशतकोे थोक मूल्य वृद्धि दर यस पटक ११.८ प्रतिशत पुगेको छ। कृषिजन्य वस्तु, आयातित बस्तुको मूल्य वढेको छ। यसले गर्दा उपभोग्य वस्तुको मूल्य उच्च अंकले वढेर समग्र मूल्य वृद्धि माथि   गएको हो।
नगदेवालीको मूल्यको असर सर्वसाधारणले उपभोग गर्ने दैनिक आद्यान्नमा परेको छ। नगदेवालीको मूल्य गत वर्ष १६.२ प्रतिशतले वढेकोमा यस पटक वृद्धि दर १६.१ प्रतिशत पुगेको छ। स्वदेशमा उत्पादित निर्माण सामाग्रीको मूल्य १०.९ प्रतिशतले उकालो लागेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
आयातित वस्ुतमध्ये पेट्रोलियम पदार्थ, कोइला, कपडाको मूल्य वढेका कारण समग्र मूल्य वृद्धि बढाउन मद्दत गरेको राष्ट्र बैंकको निस्कर्ष छ। पेट्रोलियको मूल्य २२.१ प्रतिशत र कपडाको मूल्य १३.३ प्रतिशतले वढेको छ।

एक महिनामा शोधनान्तर बचत ३.८५ अर्ब
काठमाडौं, असोज १४ -
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम (शोधनान्तर) बचत साउनमा बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, बचत ३ अर्ब ८५ करोड रुपैयाँले वढेको हो।
गत आर्थिक वर्ष शोधनान्तर बचत १ सय २७ अर्ब ७० करोड रुपैयाँ थियो। गत वर्षको साउनमा बचत ८ अर्ब १० करोड रुपैयाँ थियो।
साउनमा विदेशमा काम गर्ने नेपालीले ३३ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५४.६ प्रतिशतको वृद्धि हो। राष्ट्र बैंकका अनुसार, साउनमा विदेशी विनिमय सञ्िित १.९ प्रतिशतले वढेर ४ सय ४७ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
चालु वर्षको साउनमा बस्ुत निर्यात १८.५ प्रतिशतले वढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष साउनमा ६ अर्ब ७ करोडको बस्तु निर्यात भएको थियो।
निर्यातको तुलनामा आयात अझ वढी वढेको छ। साउनमा आयात ४३.७ प्रतिशतले वढेर ४६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। चाडवाड नजिकिँदै गरेकाले आयात अझ वढ्ने छ। अघिल्लो वर्ष साउनमा ३२ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको थियो।
कुल बस्तु निर्यातमध्ये भारततर्फको ५.७ प्रतिशतले वढेको छ। अघिल्लो वर्ष भारततर्फ १७.१ प्रतिशतले निर्यात वढेको थियो। अन्य मूलुकतर्फको निर्यात गत वर्षको २०.९ प्रतिशतको तुलनामा ४२.१ प्रतिशतले वढेको छ।
साउनमा कुल वस्तु व्यापार घाटा ४९.४ प्रतिशतले वढेर ३९ अर्ब ७८ करोड पुगेको छ। यसमध्ये भारततर्फको ब्यापार घाटा ५८.९ प्रतिशत छ।


No comments:

Post a Comment

thanks for comment