बिमा संस्थानको साधारणसभा स्थगित

काठमाडौं असोज २०
बिमा समितिले वित्तीय प्रतिवेदन स्विकृत नगरेपछि राष्ट्रिय बिमा संस्थानको वार्षिक साधारण सभा स्थागित भएको छ । संस्थानले असोज २४ गते साधारणसभा डाकेपछि समितिले वित्तीय प्रतिवेदन स्विकृति नगराइ साधारणसभा नगर्न निर्देशन दिएको थियो ।
निर्देशनपछि संस्थानले वार्षिक प्रतिवेदन स्विकृतिका लागि समितिमा पठाएको थियो । समितिले स्विकृति नगरिदिएपछि साधारणसभा स्थागित भएको हो ।
'समितिले स्विकृति दिन ढिलाइ गरेकाले पूर्वनिर्धारित साधारणसभा स्थगित गरेका हौं,' संस्थानका अध्यक्ष राजेन्द्रप्रकास लोहनीले शनिबार नागरिकसँग भने ।
संस्थानले तीन आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वोनस सेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने तयारी गरेको थियो । समितिले स्विकृति नलिइ वोनस सेयर वितरण नगर्नसमेत अंकुस लगाएको थियो । संस्थानले दुई आर्थिक वर्षको ३९ प्रतिशतका दरले र एक आर्थिक वर्षको १५ प्रतिशतका दरले वोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । साधारणसभाबाट वोनस सेयर पारित भएको भए संस्थानको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्ने थियो ।
तीन वर्षको वोनस सेयर दिने प्रस्तावसहित साधारणसभा डोकेको राष्ट्रिय बिमा संस्थानले बिमा समितिको अंकुसपछि साधारणसभा स्थगन गरेको छ । समितिसँग स्वीकृति नलिइकनै साधारणसभा डाकेको संस्थानले कानुनी अड्चन सामना गर्नु पर्ने भएपछि साधारणसभा पछि सारेको हो ।
संस्थान सरकारको पूर्ण स्वामित्व भएको बिमा कम्पनी हो । बिमक ऐन अनुसार साधारण सभा गर्नका लागि बिमा कम्पनीहरुले समितिबाट वार्षिक प्रतिवेदन स्वीकृति गराउनु पर्छ । यही व्यवस्थालाई टेकेर समितिले स्विकृत गराउन निर्देशन दिएको थियो ।
संस्थान स्रोतका अनुसार यसअघि कहिले पनि वार्षिक प्रतिवेदन समितिबाट स्विकृत नगराइएकाले सोझै साधारणसभा डाकिएको हो ।'हामीले पुरानो परम्परा अनुसार नै साधारणसभा डाकेका हौं,' स्रोतले भन्यो ुतर समितिले बिचमा अंकुस लगाउँदा संस्थानको पुँजी वृद्धि गर्ने योजना तुहिएको छ ।' संस्थानमा गैरजीवनबीमा तर्फ सर्वसाधारण सेयरधनीको १२ प्रतिशत लगानी छ ।

No comments:

Post a Comment

thanks for comment