काठमाडौं बैशाख १४
एक महिनाअघि १२ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर चालु वर्षको
आठ महिनामा ११ अर्ब ३० करोडमा झरेको छ । चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ
बचतमा राख्ने लक्ष्य अनुसार ४ अर्ब ४३ करोड रुपैयाँमा झरिसकेको घाटा दुई
महिनायता वढेको हो ।
'वजेट खर्च भएर विदेशी सहायता परिचालन हुन थालेपछि शोधनान्तर घाटा कम भएर
जान्छ,' राष्ट्र बैंकको ५६औं वार्षिकउत्सव कार्यक्रममा गभर्नर युवराज
खतिवडाले भने, 'यो वर्ष ९९ अर्ब रुपैयाँ विदेशी सहायता परिचालन गर्नु
पर्नेमा जम्मा १९ अर्ब रुपैयाँ मात्र भएको छ ।'
उनले वित्तीय खातामा असन्तुलन देखिएका कारण घाटा अनपेक्षित रुपमा वढेको भन्दै विद्यमान विदेशी विनिमय सिाचतिले आठ महिनाको आयात भने धान्न सक्ने बताए । फागुनसम्म व्यापार घाटामा कमी सेवा व्यापार र ट्रान्सफर आयमा वृद्धि भएको उनले जानकारी दिए । असरको तुलनामा फागुनसम्म विदेशी विनिमय सिाचति ४.४ प्रतिशतले घटेको छ । विदेशी सिाचति २५७ अर्ब ४ करोड रहेको उनले जानकारी दिए ।