बैंकका सेयरधनीको कमाइ कम

सुदर्शन सापकोटा
काठमाडौं भदौ २०
वाणिज्य बैंकहरुको नाफामा खासै सुधार नभएकाले उनीहरुले सेयरधनीलाई कमाइ दिने प्रति सेयर आम्दानी इपिएस ले निरास बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा सूचीकृत २४ वाणिज्य बैंकमध्ये १६ वटाको प्रति सेयर आम्दानी घटेको छ ।
 सबैभन्दा बढी इपिएस सरकारी स्वामित्वको कृषि विकास बैंकको घटेको छ । आर्थिक वर्ष २०६६/६७ मा ६२.३ रुपैयाँ रहेको बैंकको इपिएस गत वर्ष २१.६६ मा झरेको छ । त्यसपछि नेपाल बैंगलादेश एभरेस्ट नबिल प्राइम लुम्बिनी सिटिजन्स् र सनराइज बैंकको घटेको छ । विगतभन्दा आम्दानी घटेपछि सेयरधनीले बैंकबाट पाउने प्रतिफलसमेत घट्छ ।

'प्रति सेयर आम्दानी घटेर सेयरधनीलाई निरास बनाएको छ,' सेयर ब्रोकर एसोसिएसनका अध्यक्ष अन्जन पौडेलले मंगलबार नागरिकसँग भने, 'कम्पनीहरुको नाफा वृद्धि नभएका बेला बोनस र हकप्रद सेयर आएर प्रति सेयर आम्दानी घटेको हो ।' उनले बजार बढ्ने संकेत नदेखिएको अवस्थामा प्रति सेयर आम्दानी घट्दा यसले सकारात्मक सन्देश नदिने बताए ।

यी बैंकले अघिल्लो आर्थिक वर्ष १२ अर्ब २४ करोड नाफा कमाएकोमा यो वर्ष जम्मा १६ करोड ९० लाख रुपैयाँले मात्र वृद्धि भएका बेला हकप्रद र बोनस सेयर थपिँदा आम्दानी घटेको हो । २४ बैंकमध्ये ८ वाणिज्य बैंकको नाफा नै घटेको छ ।

आठ वाणिज्य बैंकको इपिएस भने बढेको छ । नेपाल क्रेडिट एन्ड कमस्र हिमालयन ग्लोबल एनआइसी किस्ट बैंक अफ काठमान्डु एनएमबी र नेपाल एसबिआइ बैंकको बढेको हो । अघिल्लो वर्ष ८४ रुपैयाँ ऋणात्मक आम्दानी रहेको नेपाल क्रेडिट कमस्र बैंकको इपिएस १३ रुपैयाँले धनात्मक भएको छ ।

हिमालयन बैंकको ११.९४ र ग्लोबल बैंकको १०.३१ रुपैयाँले प्रति सेयर आम्दानी बढेको छ । यी बैंकको आम्दानी क्रमशः ४३.७४ र १२.९४ रुपैयाँ पुगेको छ । वाँकी बैंकको भने ३ रुपैयाँभन्दा कमले बढेको छ । एसबिआइ बैंकको एक रुपैयाँभन्दा कमले बढेको छ । आम्दानीमा वृद्धि नभए पनि सबैभन्दा उच्च इपिएस एभरेस्ट स्ट्यान्डर्ड चार्टर्ड नबिल नेपाल इन्भेस्टमेन्ट र बैंक अफ काठमान्डुको छ ।

इपिएस घटे पनि सेयरको मूल्य आम्दानी अनुपात सुरक्षित सीमाभित्र आएको छ । यसले बैंकहरुको सेयरमा लगानीकर्ताको आकर्षण बढाउन सघाउ पुर् याउने छ । २४ वाणिज्य बैंकमध्ये १९ वटाको पिइ रेसियो घटेको हो ।
पिइ रेसियो १० देखि २० मा रहेको कम्पनीको सेयरमा लगानी सुरक्षित मानिन्छ । २० भन्दा माथि पिइ रेसियो भएको सेयरलाई जोखिमयुक्त मानिन्छ भने १० भन्दा तल रहेकालाई असामान्य मानिन्छ ।
यसलाई आधारमान्दा स्ट्यान्डर्ड चार्टर्ड डिसिबिएल र नेपाल एसबिआइ बैंकको सेयरको पिइ रेसियो २० भन्दा माथि छ । सिटिजन्स् र सनराइज किस्ट नबिल एनएमबी ग्लोबल हिमालयन एनआइसी एभरेस्ट कुमारी बैंैक अफ एसिया प्राइम सिद्धार्थ बैंक अफ काठमान्डु र लक्ष्मी बैंकको सॆयरको पिइ रेसियो १० देखि २० प्रतिशतको बीचमा छ । पिइ रेसियो विगतको तथ्यांकका आधारमा गणना गरिने भएकाले भविष्यको सम्भावना र जोखिमलाई पनि लगानीकर्ताले ध्यान दिनुपर्ने विज्ञ बताउँछन् ।
नेपाल इन्भेस्टमेन्ट नेपाल बंगलादेश बैंक कृषि विकास बैंक र माछापुच्छे्र बैंकको पिइ १० प्रतिशतभन्दा तल छ । यसमध्ये माछापुच्छे्रको ४० प्रतिशतले ऋणात्मक छ । अघिल्लो वर्षको भन्दा गत वर्ष सनराइज बैंक लुम्बिनी बैंक एनसिसी बैंक नेपाल बंगलादेश बैंक र कृषि विकास बैंकको पिइ बढेको छ ।




No comments:

Post a Comment

thanks for comment