क्यापिटल मर्चेन्टका निक्षेपकर्ताले दसैंअघि पैसा पाउने

साढे २० हजार निक्षेपकर्तामध्ये 
१७ हजारको पुरै पैसा फिर्ता हुने
सुदर्शन सापकोटा
काठमाडौं असोज १
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीका साना निक्षेपकर्ताले दसैंअघि पैसा फिर्ता पाउने भएका छन् । गत असार १० गतेदेखि कारोबार बन्द गरेर पैसा फिर्ता गर्न छाडेको कम्पनीले राष्ट्र बैंकको दवाव र निर्देशनपछि निक्षेप फिर्ता गर्ने भएको हो ।



वावुराम भट्टराई प्रधानीमन्त्री भएपछि आएको राहत कार्यक्रम अन्तर्गत कम्पनीका निक्षेपकर्ताले पैसा फिर्ता पाउन लागेका हुन् । राष्ट्र बैंकले कम्पनीसँग सम्वन्धित अधिकारीहरुलाई वोलाएर निर्देशन दिइसकेको छ । साथै पछिल्लो समय समस्यामा परेको गोर्खा विकास बैंक नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सयल इ_िन्स्टच्युट र पिपल्स फाइनान्सलाई पनि निर्देशन दिएको छ । यद्यपी यि कम्पनीले भने तालिका मिलाएर निस्चित रकम फिर्ता गर्दै आएका छन् ।

'साना निक्षेपकर्ता सवैले पैसा पाउँछन्,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले आइतबार नागरिकसँग भने, 'सरकारले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।' कम्पनीमा २० हजार ५ सय जनाको निक्षेप खाता छ । यसमध्ये सर्वसाधारणको १७ हजार खाता छ ।

दसैं नजिकिँदै गर्दा सर्वसाधारणले पैसा फिर्ता गराइदिन दवाव दिन थालेकाले राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले फिर्ता गर्न सक्ने अवस्थाका बारेमा मूल्यांकन गरेको थियो । तर त्यो मूल्यांकन अनुसार कम्पनीलाई खारेजी लिक्विडेसन मा पठाएपछि मात्र निक्षेपकर्ताले पैसा पाउने देखिएको थियो । यसबीचमा सरकार परिवर्तन भएर तत्काल राहत कार्यक्रम आएकाले निक्षेपकर्ताको पैसा फिर्ता दसैंअघि नै हुन लागेको हो ।

'निक्षेपकर्ताको पैसा सुरक्षित राख्न लागाउनु र मागेको बेला फिर्ता गराउनु हाम्रो कर्तव्य भित्र नै पर्छ,' ज्ञवालीले भने, 'राहत कार्यक्रमले यस कार्यलाई सजिलो बनाएको हो ।' फाइनान्समा कुल ३ अर्ब ४ करोड निक्षेपमध्ये साधारण निक्षेपकर्ताको ९० करोड रुपैयाँ छ । बाँकी ठूला र संस्थापक निक्षेपकर्ताको छ । कम्पनीले कार्यालय बन्द गरेदेखि हालसम्म करिव १२ करोड रुपैयाँ कर्जा उठाइसकेको छ ।

'कम्पनीमा सुधारको संकेत देखिएको छैन तर निक्षेपकर्ताको पैसा जसरी पनि फिर्ता गर्नु पर्छ भन्ने उद्देश्य हाम्रो हो,' राष्ट्र बैंकका एक उच्च अधिकृतले भने, 'सम्पति विक्री नगरी सवै पैसा फिर्ता गर्न सक्ने अवस्था छैन ।' उनका अनुसार संस्थालाई साचालन गर्नका लागि उच्च व्यवस्थापन र साचालक समितिबाट कुनै पहल भएको छैन ।
केही समयअघि राष्ट्र बैंकले भएको केही जग्गा जमिन विक्री गरेर निक्षेप फिर्ता गर्नका लागि पहल गरेको थियो । संस्था सवल रुपमा चलाउन नयाँ साचालकहरु थप्नलाई निर्देशनसमेत दिएको थियो ।

संस्थासँग तत्काल विक्री गर्न योग्य सम्पति र असल कर्जासमेत छैन । वत्तिसपुतलीमा ४२ आना जग्गा र ५ वटा घर छन् । तर केही साताअघि मात्रै अन्तर बैंक सापटीमा दिएको पैसा फिर्ता नगरेको भन्दै सेन्चुरी कमसर्ियल बैंकले त्यो आफ्नो नाममा रोक्का गरेको छ । जसले गर्दा कम्पनीलाई विक्री गर्न समस्या छ ।

राष्ट्र बैंकले अहिलेकै अवस्थामा सुधारका लागि कम्पनीका कर्मचारीलाई कर्जा उठाउन दवाव दिइरहेको छ । साचालक तथा उच्च अधिकारीहरु फरार रहेकाले कर्जा उठाउन समस्या भएको स्रोतले बतायो । राष्ट्र बैंकले पैसा हाल्न सक्ने र तत्काललाई संस्थाका लागि फाइदा पुग्ने व्यक्तिहरुलाई साचालक समितिमा राख्नसमेत निर्देशन दिएको छ । 'तत्काललाई निक्षेपकर्ताको तर्फबाट पनि साचालक समितिमा राख्न भनेका छौं,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'पैसा हालेर चलाउन चाहनेलाई पनि साचालक बनाउ भनेका छौं ।'
कम्पनीलाई पैसा फिर्ता गराउन दवाव दिनका लागि राष्ट्र बैंकले एक महिनाअघि शिघ्र सुधारात्मक कारवाही पिसिए सुरु गरिसकेको छ । काठमाडौंको वत्तिस पुतलीमा कर्पोरेट कार्यालय रहेको कम्पनीले निक्षेपभन्दा वढी कर्जा प्रवाह गरेको छ । ३ अर्ब ४ करोड निक्षेप रहेको कम्पनीले ३ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । यसमध्ये घरजग्गा तथा प्लटिङका लागि मात्रै १ अर्ब ७८ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको करिव ५३ प्रतिशत हो ।

कम्पनीले नक्कली परियोजना देखाउँदै रियलस्टेट र प्लटिङमा कर्जा प्रवाह गरेको छ । नक्कली व्यक्तिका नामा कर्जा प्रवाह भएकाले पनि त्यो भुक्तानी नभएको हो । फाइनान्सले नक्कली परियोजना देखाउँदै त्यो वापतको पैसा रियलस्टेट र प्लटिङमा प्रवाह गरेको छ ।

साचालक समितिका अध्यक्ष विज्ञानप्रसाद पौडेल सदस्यहरु लक्ष्मणप्रसाद पौडेल डम्बरवहादुर वस्नेत सोमराज रेग्मी र शुस्मा केसी तथा प्रमुख कार्यकारी अधिकृत दीपकराज शर्मालगायत व्यवस्थापनका अन्य उच्च अधिकारीको मिलेमतोमा यसरी कर्जा प्रवाह भएको हो । करिव दुई दर्जन नक्कली परियोजनाका लागि वढीमा १५ करोडसम्म गरेर कर्जा गएको छ ।


No comments:

Post a Comment

thanks for comment