वाणिज्य बैंकमा निक्षेप २१ अर्ब वढ्यो


  • अन्तर बैंक सापटी डेढ महिनादेखि १ प्रतिशत
  • कर्जा-निक्षेप अनुपात वढ्ने भएकाले कर्जा लगानी भएन
  • दुई महिनामा ५ अर्ब लगानी
सुदर्शन सापकोटा
काठमाडौं असोज २
समयमा वजेट आएसँगै वाणिज्य बैंकहरुमा तरलता लगानी योग्य पुँजी वढेको छ । चालु वर्षको दुई महिनामा बैंकहरुको तरलता २१ अर्बले वढेको हो । असार मसान्तमा ६ खर्ब ७३ अर्ब रुपैयाँ रहेको कुल निक्षेप भदौ मसान्तसम्म आइपुग्दा ६ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो ।
'बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वास वढेको र दसैंले गर्दा विदेशमा काम गर्ने नेपालीले धमाधम पैसा रेमिट्यान्स पठाइरहेकाले निक्षेप वढेको हो,' राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले सोमबार नागरिकसँग भने, 'अहिले बैंकिङ क्षेत्रमा आवश्यकभन्दा अधिक तरलताको अवस्था छ ।'
बैंकरहरु निक्षेप सम्पति सुद्धीकरणको त्रास हटेकाले वढेको बताउँछन् । '१० लाख रुपैयाँभन्दा माथिको निक्षेपको स्रोत देखाउनु पर्ने व्यवस्थामा लचकता अपनाइएकाले बैंकमा पैसा वढेको हो,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले सोमबार नागरिकसँग भने, 'अहिले बैंकिङ क्षेत्रप्रति सर्वसाधारणको विश्वाससमेत वढेको छ ।'

सरकारले बजेटमार्फत बैंकमा खाता खोल्दा स्रोत देखाउनु पर्ने व्यवस्था घुमाउरो पाराले हटाइएको छ । कुनै व्यक्ति कम्पनी र संस्थाले बैंक तथा वित्तीय संस्थामा १० लाखभन्दा वढी निक्षेप राखेमा यस्तो रकम आतंकबाद लागु पदार्थ कारोबार मानव वेचविखन र संगठित अपराध लगायतका अवैध स्रोतबाट आर्जन भएको होइन भन्ने स्वघोषणा गरे स्रोत नखोजिने व्यवस्था गरिएको छ ।

'वजेट आउनुअघि १० लाखभन्दा माथिको निक्षेपमा स्रोत देखाउन नसके सम्पति सुद्धीकरण निवारण ऐन अन्तर्गत समातिने डरका कारण पैसा बैंकिङ प्रणालीमा आएको थिएन,' राणाले भने, 'अहिले सम्पति सुद्धीकरणको डर हराएको छ ।'

एक फाइनान्स कम्पनीका प्रमुखका अनुसार एकैचोटी आधा दर्जन वित्तीय संस्थामा समस्या आएर त्यस क्षेत्रप्रति अविश्वास वढ्नाले त्यहाँ भएको पैसा वाणिज्य बैंकमा सरेको बताए । 'बैंकिङ प्रणालीमा पैसा वढेको अवस्था होइन,' उनले दावी गरे, 'विकास बैंक र फाइनान्स कम्पनीमा भएको पैसा उता वाणिज्य बैंक मा सरेको मात्र हो ।'

निक्षेपमा वृद्धि भएसँगै बैंकहरुले आपसमा लिने सापटी अन्तर बैंक दर डेढ महिनादेखि १ प्रतिशतको हाराहारीमा सिमित छ । ३१ वाणिज्य बैंकमध्ये नियमित जस्तो ५ वटा बैंकले मात्र सापटी माग गरिरहेका छन् । राष्ट्र बैंकले सातैपिच्छे टे्रजरी विल नवीकरण गरिरहेकाले त्यहाँ लगानी गर्न अन्तर बैंक चलाएका हुन् । राष्ट्र बैंकले सातामा दुई चोटीसम्म सरकारी ऋणपत्रको धितोमा उपलब्ध गराउँदै आएको कर्जा रिपो एक महिनादेखि बन्द गरेको छ ।

वढी भएको तरलता खिँच्न छोटो अवधिको मौदि्रक औजार रिभस्र रिपो प्रयोग गर्न ठूला वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन् । 'अन्तर बैंकमा जम्मा १ प्रतिशत मात्रै व्याज आइरहेका बेला त्यो भन्दा वढी व्याज आउने रिभस्र रिपोका लागि माग भएको हो,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'तर दसैंअघि त्यसमा जाने सोचाइ छैन ।'

निक्षेप वढेको अनुपातमा भने बैंकको कर्जा भने वढेको छैन । दुई महिनामा बैंक कर्जा जम्मा ५ अर्वले वढेर ५ खर्ब २६ अर्ब पुगेको छ । 'दसैंअघि लगानीको माग नहुने भएकाले कर्जा नवढेको हो,' डेपुटी गभर्नर काफ्लेले भने, 'तिहारपछि मात्र कर्जा वढ्ने चलन छ ।'

वाणिज्य बैंकका प्रमुखका अनुसार चालु वर्ष पुस मसान्तसम्म कर्जा-निक्षेप अनुपात ८० प्रतिशतमा सीमित गर्नु पर्ने वाध्यताले कर्जा लगानी नभएको हो । 'कर्जा-निक्षेप अनुपातका कारणले नै कर्जा लगानी नभएको हो,' राणाले भने, 'वातावरण नभएकाले अहिले कर्जाको मागसमेत आएको छैन । माग भएको अवस्थामा पनि पुसभन्दा अघि ठूलो कर्जा दिन सकिने अवस्था छैन ।' वढेको निक्षेपका आधारमा अहिले अधिकांस वाणिज्य बैंकको कर्जा-निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम छ ।

'अहिले बैंकहरुसँग पर्याप्त तरलता भएपनि वास्तविक तरलताको अवस्था तिहारपछि मात्रै यकिन हुन्छ,' काफ्लेले भने, 'कर्जा लगानी भएपछि निक्षेप घटेमा कर्जा-निक्षेप अनुपात वढ्ने अवस्था आउने भएकाले लगानी नभएको हो ।' उनले पछिल्लो समय बैंकिङ क्षेत्रप्रतिको विश्वास वढेको र वजेट समयमा पारित भएकाले तरलता अभाव हुने संभावना कम रहेको जानकारी दिए ।

अहिले वढेको निक्षेपको आधारमा कर्जा वढाउँदा गत वर्षजस्तो दसैंपछि तरलता अभाव वढ्न सक्ने भयले वाणिज्य बैंकले कर्जा लगानी नगरी वसेका हुन् । डेपुटी गभर्नर काफ्लेका अनुसार पुरानो कर्जाको व्याजलाई पुनसर्ंरचना गर्दा कर्जा वढेजस्तो देखिएको हो । उनले पाँच अर्वमध्ये २० प्रतिशतजति मात्रै वास्तविक कर्जा लगानी भएको जानकारी दिए ।



No comments:

Post a Comment

thanks for comment