अन्नपूर्ण-सूर्यदर्शन गाभिने

गाभिएपछि चुक्ता पुँजी ७७ करोड
काठमाडौं भदौ २२
अन्नपूर्ण विकास बैंक र सूर्यदर्शन फाइनान्स आपसमा गाभिने मर्ज हुने भएको छ । १० जिल्ले कार्यक्षेत्र रहेको अन्नपूर्ण र सूर्यदर्शन राष्ट्रिय स्तरको विकास बैंक बन्नका लागि गाभिन लागेका हुन् ।
मर्जरका लागि सम्झौता गरिसकेका यि संस्थाले बिहीबार राष्ट्र बैंकमा सम्झौता पत्र वुझाएका छन् । राष्ट्र बैंकले आवश्यक अध्ययन गरी सैद्धान्तिक सहमति दिएपछि मात्रै दुवै संस्थाले मर्जरको औपचारिक थालनी गर्न पाउँछन् ।
'सैद्धान्तिक सहमति दिने/नदिने बारे आवश्क अध्ययन भइरहको छ,' राष्ट्र बैंकका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने, 'मर्जर राष्ट्र बैंकको प्रमुख उद्देश्य रहेकाले सकारात्मक रुपमा हेरिएको छ ।' 
 राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि एक महिनाभित्र दुवै संस्था गाभिएर राष्ट्रिय स्तरको विकास बैंकका रुपमा कारोबार सुरु हुने छ ।
मर्जरपछि नयाँ संस्थाको चुक्ता पुँजी ७७ करोड रुपैयाँ पुग्ने छ । राष्ट्रिय स्तरको विकास बैंक साचालनका लागि ६४ करोड रुपैयाँ पुँजी भए पुग्छ । दुवै संस्थमा तरलता पर्याप्त छ ।
सूर्यदर्शन फाइनान्सको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । जगेडा कोषमा १ करोड ९३ लाख रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षसम्म ५० करोड ७० लाख निक्षेप संकलन गरेको छ । कम्पनीले कुल कर्जा ४७ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । यो अवधिमा कम्पनीले खुद नाफा १ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ ।
पुँजी पर्याप्तता अनुपात २३.३० रहेको सूर्यदर्शनको खराव कर्जा अनुपात ०.३० प्रतिशत छ । कर्जा-निक्षेप अनुपात ७५.२१ प्रतिशत छ । प्रति सेयर आम्दानी १५.७७ रुपैयाँ रहेको कम्पीको मूल्य आम्दानी अनुपात ७.४५ छ । कम्पनीको प्रति सेयर नेटवर्थ ११९.३१ छ । प्रति सेयर कुल सम्पतिको मूल्य ७३० रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात ३२ प्रतिशत छ ।
अन्नपूर्ण विकास बैंकको चुक्ता पुँजी ६७ करोड २० लाख रुपैयाँ छ । जगेडा कोषमा १३ करोड ६४ लाख रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्ष १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा १ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद नाफा ८ करोड ७ लाख रुपैयाँ आर्जन गरेको बैंकको पुँजी पर्याप्तता अनुपात ५४.४१ प्रतिशत छ । खराव कर्जा अनुपात २.०८ प्रतिशत रहेकेा बैंकको कर्जा-निक्षेप अनुपात ७३.३६ प्रतिशत छ ।
बैंकको प्रति सेयर आम्दानी १२.०१ रुपैयाँ छ । प्रति सेयर नेटवर्थ १२० रुपैयाँ रहेको बैंकको तरलता अनुपात ४९.६६ प्रतिशत छ । मूल्य आम्दानी अनुपात ८.८३ छ भने प्रति सेयर कुल सम्पतिको मूल्य २९५.४७ रुपैयाँ छ ।

No comments:

Post a Comment

thanks for comment