संस्थागत निक्षेपकर्ताको रकम घटाउँदै बैंक

ठूला र पुराना बैंकमा निक्षेप वढ्यो
आक्रमक रुपमा लगानी गर्नका लागि एकै संस्थाबाट वर्ष दिनका लागि ठूलो रकम लिएर दीर्घकालिन (कम्तिमा ५ वर्षका लागि) लगानी गरेका बैंक तथा वित्तीय संस्थाले समय पुरा भएपछि पैसा फिर्ता गर्नु परेपछि गत वर्ष समस्या भोग्नु परेको थियो ।

सुदर्शन सापकोटा
काठमाडौं असोज २८

ठूलो रकम एकैचोटी वाहिरिएर विगतमा समस्या भोगेका बैंक तथा वित्तीय संस्थाले संस्थागत बचतकर्ताको पैसा घटाउन थालेका छन् । केही पुराना वाणिज्य बैंकले प्रचलित व्याज घटाएर ठूला निक्षेपकर्तालाई अप्रत्यक्ष रुपमा निरुत्साहित नै गर्न थालेका छन् ।

'संस्थागत निक्षेप घटाइरहेका छौं,' बैंकस्र संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले शनिवार नागरिकसँग भने, 'साना-साना दरका मुद्दति र बचत खाता बढाएर लगिरहेका छौं ।' हिमालयन बैंकले संस्थागत निक्षेपकर्तालाई दिने व्याज दर नै घटाइसकको उनले जानकारी दिए ।

आक्रमक रुपमा लगानी गर्नका लागि एकै संस्थाबाट वर्ष दिनका लागि ठूलो रकम लिएर दीर्घकालिन कम्तिमा ५ वर्षका लागि लगानी गरेका बैंक तथा वित्तीय संस्थाले समय पुरा भएपछि पैसा फिर्ता गर्नु परेपछि गत वर्ष समस्या भोग्नु परेको थियो ।

'समस्याबाट पाठ सिकेर संस्थागत निक्षेपकर्ताको पैसा घटाएका हौं,' डेभलपमेन्ट बैंकस्र एसोसिएसनका उपाध्यक्ष तथा इन्टरनेसनल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले नागरिकसँग भने, 'अहिले सर्वसाधारण खाता वढाउनेतर्फ केन्द्रित भएका छौं ।' बैंकरहरुका अनुसार एक वर्षको अवधिमा वाणिज्य बैंकबाट संस्थापक निक्षेपकर्ताको कुल रकममध्ये १० प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीबाट २० प्रतिशतसम्म रकम घटाइसकेका छन् ।

संस्थागत निक्षेपकर्ता स्वयं आफैले पनि समय पुरा भइसकेको पैसा विकास बैंक र फाइनान्स कम्पनीबाट निकालेका छन् । खासगरी नेपाल विकास बैंक युनाइटेड विकास बैंक सम्झना फाइनान्स गोर्खा विकास बैंक नेपाल सेयर मार्केटस् पिपल्स फाइनान्स क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलगायतमा समस्या आएर पैसा नउठेकाले उनीहरुले विकास बैंक र फाइनान्स कम्पनीबाट पैसा झिकेका हुन् ।

राष्ट्र बैंकका अधिकारीहरुका अनुसार संस्थागत निक्षेपकर्ताको कति रकमम घटाइसके भन्ने यकिन नभए पनि पछिल्लो समयमा विकास बैंक र फाइनान्स कम्पनीले वढी रकम घटाइसकेका छन् । विगतमा संस्थागत निक्षेपकर्ताको पैसा ल्याउनका लागि व्याज वढावढमा तछाडमछाड गर्ने बैंक तथा वित्तीय संस्थाले अहिले व्याज स्थिर राखेका छन् ।

'पहिले निस्चित भएको व्याज घटाएर संस्थागत निक्षेपकर्तालाई निरुत्साहित गर्ने काम नभए पनि पहिलेजस्तो व्याज वढावढ गर्ने क्रम रोकिएको छ,' खड्काले भने । उनका अनुसार केही समययता तरलता सहज अवस्थामा भएकाले पनि संस्थागत निक्षेपको मोह घटेको हो ।

बैंक तथा वित्तीय संस्थाले नेपाली सेना कर्मचारी साचय कोष बिमा संस्थान नागरिक लगानी कोष नेपाल टेलिकम नेपाल विद्युत प्राधिकरणलगायतसँग व्याज वडावढमा निक्षेप लिएका थिए । उनीहरुले कम्तिमा १२ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म व्याज तिरेर पैसा लिएका थिए ।

असारयता बैंकिङ क्षेत्रमा तरलता सहज भएसँगै ठूला र पुराना बैंकमा पैसा वढेको छ । खासगरी सरकारी स्वामित्वका नेपाल बैंक राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक हिमालयन बैंक नबिल बैंक नेपाल इन्भेस्टमेन्ट बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतमा निक्षेप वढेको हो ।

'वढेको निक्षेपमध्ये अधिकांस ठूला र पुराना तथा सरकारी बैंकमा गएको छ,' बैंकस्र संघका पूर्वअध्यक्ष तथा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले भने, 'साना तथा मझौला बैंकमा १०/२० करोडका दरले मात्र वढेको छ ।' सरकारी बैंक डुब्दैन भन्ने विगतको अनुभव र ठूला बैंकप्रतिको विश्वासले यि बैंकमा निक्षेप वढेको हो ।

एक महिनाको अवधिमा वढेको १३ अर्ब रुपैयाँ निक्षेपमध्ये यि बैंकमा माात्रै ५० प्रतिशत पैसा गएको राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिए । राष्ट्र बैंकका अनुसार बुधबारसम्म निक्षेप वढेर ७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ ।



No comments:

Post a Comment

thanks for comment