प्रतिस्ठा जोखिम वढेको छ : गभर्नर

काठमाडौं कात्तिक ६
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बजार र साचालन जोखिमसँगै प्रतिस्ठाको जोखिमसमेत वढेर गएको बताए । उनले राष्ट्र बैंकले दिएको मार्गदर्शन पालना नगर्ने बैंक तथा वित्तीय संस्थाहरुमा यस्तो जोखिम वढ्ने दावी गरे ।
युवराज खतिवडा 
गभर्नर
राष्ट्र बैंक
'मार्गदर्शन पालना नगर्दा जरिवाना त लाग्दैन । तर प्रतिस्ठाको जोखिम भने वढ्छ,' अर्थको अर्थले आयोजना गरेको कार्यक्रममा वोल्दै उनले भने, 'यस्तो जोखिम वढेपछि बैंकको हरहिसाव राम्रो बनाए पनि ग्राहकको विश्वास आर्जन गर्न गाह्रो हुन्छ ।' उनले कुनै कर्मचारीले अनुसासन पालना गरेन भने एकछिनमा एसएमएसमार्फत त्यो शहरभरी फैलिसक्ने भन्दै यस्तो जोखिमबाट बच्न मार्गदर्शनको पालना गर्न आग्रह गरे ।
गभर्नर खतिवडाले लगानीका लागि अरुले जोखिम उठाएर फाइदा गरेको देखेपछि आफू पनि फाल हान्ने र अरु चुप लागेका बेला आफू पनि चुप लाग्ने प्रवृत्तिको विकास भएको बताए । उनले सरकारी नीतिका कारण भएको जोखिमलाई व्यवस्थापन गर्न सकिए पनि नाफाका लागि उठाइएको जोखिमलाई व्यवस्थापन गर्न बैंकरहरु नै सक्षम हुनु पर्ने बताए । 'तर अहिले हामीले यसको नेतृत्व गर्ने बैंकरहरु भेटिरहेका छैनौं,' उनले भने ।
उनले लगानीको वातावरण नहुँदा परम्परागत औद्योगिक क्षेत्रबाट सजिलो सेयरलगायत रियलस्टेट क्षेत्रमा लगानी गएको तर्क आएपनि यो वास्तविक नभएको दावी गरे । 'कृषि र पूर्वाधारका लागि लगानी गर्न प्रशस्त वाटा छन्,' उनले भने, 'यसलाई छाडेर सजिलो बाटो अपनाउँदा समस्या भयो ।' उनले छिटो र धेरै नाफा कमाउन रियलस्टेटमा जोखिम लिएको भन्दै सामान्य नाफाका लागि मात्रै काम गर्न आग्रह गरे ।
उनले नाफाका लागि प्रतिस्पर्धा वढेको भन्दै सुपर नाफाको पछाडि नदौडन आग्रहसमेत गरे । उनले सामान्य नाफाका लागि राष्ट्र बैंकले वातावरण तयार पारिदिएको दावी गरे ।
गभर्नरले साचालक समितिमा जोखिम मूल्यांकन गर्ने क्षमता हुन आवश्यक भएको बताए । '२१औं शताब्दिको बैंकिङमा हामी छौं,'  उनले भने, 'बैंकिङ ज्ञान नभएको अवस्थामा त्यस्तो आर्जन गर्नतिर लाग्नु पर्छ ।'
कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तले संक्रमणकालिन अर्थतन्त्र भएकाले केही समस्या आएको भन्दै सुरक्षित लगानीको वातावरण भएपछि यसमा सुधार आउने बताए ।
टेलिभिजन कार्यक्रम अर्थको अर्थका प्रबन्ध निर्देशक हृदयराज गौतमको सभापतित्वमा भएको कार्यशालामामा प्रोफेसर विजय केसी लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत सोभनदेव पन्त स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानुसले कार्यपत्र प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

thanks for comment