एभ्कोले ऋण नतिर्दा माछापुच्छ्रे बैंकको नाफा घट्यो


सुदर्शन सापकोटा
काठमाडौं असोज ३०
एभ्को समूहले विभिन्न परियोजनामा लिएको ऋण नतिरेकाले माछापुच्छ्रे बैंकको आम्दानी घटेको छ । यसबाट बैंकका सेयरधनी प्रभावित भएका छन् । एभ्को समूह अन्तर्गतका एभ्को इन्टरनेसनल कस्मिक अटोमोबाइल कस्मिक एयरमा बैंकले दिएको ऋण नउठेकाले नाफा घटेको हो ।
आफ्नो ग्राहक अरुले लैजाने 
भयले माछापुच्छे्र बैंकले एभ्कोलाई 
रिझाउन थाल्यो । जसले गर्दा 
माछापुच्छे्र बैंकमा एभ्को निर्भरता 
वढेसँगै कर्जाको आकार पनि वढ्यो । 
जुन विस्तारै एभ्कोको 
सम्पतिले धान्नै नसक्ने भयो ।
*****
एभ्कोले नतिरेको ठूलो रकमका 
लागि जोखिम कोषको व्यवस्था 
गरिसकेकाले दुई वर्षपछि भने 
बैंकको नाफा राम्रो हुने बैंकको दाबी छ ।
'एभ्को इन्टरनेसनललाई दिएको कर्जा बिगि्रएकाले खराब कर्जा बढेको हो,' बैंकका प्रशासन प्रमुख विनोदिसंह भण्डारीले नागरिकसँग भने, 'कर्जा उठाउने प्रकि्रया सुरु भइसकेकाले खराब कर्जा घट्छ ।' तोकिएको समयमा ऋण नतिरे जोखिम कोषमा बढी पैसा राख्नु पर्छ ।

समूहमा गएको एक अर्ब २४ करोड रुपैयाँ कर्जा उठाउन बाँकी छ । नाफाको अधिकांश हिस्सा जोखिम कोषमा राख्नु परेकाले नाफा घटेको हो । गाडी बिक्री गर्ने एभ्को इन्टरनेसनलमा मात्र करिब ४५ करोड रुपैयाँ फसेको छ । यससँगै रियलस्टेट र सेयरमा पनि बैंकको लगानी उठेको छैन ।
प्रवाह भएको ऋण पहिलो तीन महिना नउठे कुल कर्जाको २५ प्रतिशत ६ महिनामा ५० र एक वर्षमा सत् प्रतिशत नोक्सानी व्यवस्था गर्नु पर्छ । माछापुच्छ्रेले गत ६ वर्ष यता लगानीकर्तालाई लाभांश दिएको छैन ।
बैंकको अपरिष्कृत हरहिसाव विवरणमा गत वर्ष ८६ लाख नाफा देखाइएको छ । अघिल्लो वर्ष बैंकले ७ करोड ३३ लाखभन्दा बढी नाफा कमाएको थियो । अघिल्लो वर्ष २.३२ प्रतिशत रहेको खराब ऋण अहिले ४.१७ प्रतिशत छ । सम्भावित नोक्सानी व्यवस्था ३४ करोडभन्दा माथि छ ।

एभ्कोले नतिरेको ठूलो रकमका लागि जोखिम कोषको व्यवस्था गरिसकेकाले दुई वर्षपछि भने बैंकको नाफा राम्रो हुने बैंकको दाबी छ ।
'कर्जा उठाउन हामी कानुनी बाटोमा लागिसकेका छौं,' उनले भने । कानुनी प्रकि्रया स्वरुप बैंकले एभ्को समूहका विनिता राजभण्डारी प्रधान साजयप्रसाद प्रधान रविन्द्रप्रसाद प्रधानलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा राखिसकेको छ । बैंकको डुबेको कर्जा उठाउन धितो लिलाम बिक्रीको प्रकि्रयासमेत थालिसकेको छ ।
'सबै कर्जा डुब्ने अवस्थामा छैन । अधिकांश हामीले मिलाइ सक्यौं,' भण्डारीले भने, 'धितो बिक्रीबाट रकम उठ्ने अवस्था छ ।'
एभ्कोले माछापुच्छे्र बैंकमार्फत प्रतितपत्र एलसी खोलेर कोरियाली कम्पनी हुन्डाइको सान्ट्रो गाडी बिक्रीका लागि ल्याएको थियो । बिक्रीका लागि ल्याएका १ सय ६७ वटा गाडीको पैसा बैंकलाई तिरेको छैन । जबकी उसले ग्राहकसँग पैसा उठाइसकेको थियो ।
बैंकको नाममा रहेको गाडीको पैसा भुक्तानी नभएकाले बैंकले ग्राहकको नाममा गाडी पास गरिदिएन । यसले गाडीको पैसा भुक्तानी गरिसकेका ग्राहकले एभ्को समूह विरुद्ध आन्दोलन नै गर्नु पर् र्यो । नेपाल राष्ट्र बैंक उपभोक्ता माचको रोहबरमा बैंकले ग्राहकको सजिलोका लागि ५३ वटा गाडीको ब्लुबुक उपलब्ध गराएको थियो । पछि ग्राहक आफैले पैसा भुक्तानी गरेपछि गाडी पाएका थिए ।
एभ्कोलॆ ग्राहकबाट पैसा लिएर नामसारी नगरिदिएको समाचार सार्वजनिक भएपछि कोरियास्थित हुन्डाइ कम्पनीका उच्च अधिकारीको एक टोली आएर छानबिन गरेका थिए । त्यसपछि एभ्कोलाई नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेताबाट हटाइएको थियो । अहिले एभ्कोका सबै बिक्री केन्द्रहरु बन्द छन् ।

कसरी बिगि्रयो एभ्को ?
करिब १० वर्षअघि एभ्को समूहले एउटा महत्वकांक्षी योजना लिएर आयो । विभिन्न बैंकसँग कर्जा लिएर उसले दुई ठूला आकारका जहाज ल्याएर सस्तोमा भारत र बंगलादेश उडान गर् यो । सामान्यतया ३ हजार रुपैयाँ लाग्ने विराटनगर-काठमाडौं उडानमा कस्मिकले १ हजार ९ सय रुपैयाँमा टिकट बिक्री गरेको थियो । प्रत्येक उडानमा सहभागीमध्येबाट एक जनालाई मोटरसाइकल उपहार दिने योजनासमेत ल्यायो ।

धान्न सक्नेभन्दा बढी घाटा खाएर उसले हवाइ उडान व्यवसायमा अरु समकक्षी कम्पनीहरुलाई पछि पार्न यो योजना ल्याएको थियो । त्यसबेला उसका प्रतिस्पर्धी बुद्ध एयर र यति एयरलाइन्स थिए । एभ्को समूहको वास्तविक समस्या कस्मिक एयरबाट सुरु भयो ।
कारोबारबाट घाटा दिनहुँ बढ्ने र त्यहीअनुसार उसले बैंकमा तिर्नु पर्ने ऋणको आकार पनि बढ्न थाल्यो । बैंक कर्जासँगै कस्मिक एयरले सरकार विमानस्थल र इन्धनमा पनि ठूलो रकम तिर्नु पर्ने भयो । जुन अझै तिर्न बाँकी छ ।
एभ्को समूहले कस्मिक इङयाङ मोटरसाइकल नेपालमा उत्पादन गर्ने प्रयास गर् यो । उत्पादन गरेको मोटरसाइकल बिक्री गरेर बजार हिस्सा बढाउनका लागि आफैले प्रवद्र्धन गरेको वित्तीय संस्था कस्मिक फाइनान्सबाट ऋण दियो । यो मोटरसाइकलले बजारमा कुनै प्रभाव पारेन । यसले कस्मिक फाइनान्समा समेत असर पर् यो । अहिले मोटरसाइकल उत्पादन गर्ने कम्पनी बन्द छ ।
एक मात्र आधिकारिक बिक्रेताका रुपमा कोरियाली कम्पनी हुन्डाइको गाडी बिक्रीमा पनि समस्या आयो । समग्र असरले यो समूह ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो । हाल यसका साचालकहरु सम्पर्कविहीन छन् ।

कस्मिक फाइनान्स
आफु निकट र आफ्ना कम्पनीहरुलाई कर्जा दिनका लागि एभ्को समूहले कस्मिक फाइनान्स साचालन गरेको थियो । समूहले आफ्ना कम्पनीमा लगानी गर्न नयाँ फर्महरु खोलेर कर्जा दिएको थियो । फाइनान्सबाट कुल कर्जाको ७० प्रतिशतसम्म एभ्को समूहअन्तर्गतकै व्यक्तिहरुले ऋण लिएका थिए । जुन कर्जा पछि उठेन ।
कर्जा नउठेपछि कम्पनीको पुँजी क्षय नै भएको थियो । कस्मिक फाइनान्सको वित्तीय स्वास्थ्य दिनदिनै बिगि्रन थालेपछि राष्ट्र बैंकले त्यसका साचालक तथा प्रवद्र्धकलाई बोलाएर आफ्नो सेयर हिस्सा घटाउन वा सम्पूर्ण सेयर बिक्री गर्न निर्देशन दियो । एभ्कोले नयाँ समूहलाई सम्पूर्ण सेयर बिक्री गरेर बाहिरियो ।

कस्मिक फाइनान्सको कर्जा तत्काल चुक्ता गर्न सक्ने अवस्थामा एभ्को समूह नभएकाले नयाँ समूहले त्यो ऋणसमेत खरिद गरेर फाइनान्स सकार्नु परेको थियो । हाल सफल रुपमा साचालन भइरहेको यो फाइनान्समा अझै पनि पुरानो केही ऋण उठ्न बाँकी छ ।

कहाँ चुक्यो माछापुच्छे् ?
एभ्को समूहले सुरुमा पाँच करोड रुपैयाँ ऋण लिएर माछापुच्छे्र बैंकसँग कारोबार सुरु गर् यो । एयरलाइन्स मोटरसाइकललगायत आधा दर्जन कम्पनी साचालन गरिरहेको एभ्को समूह माछापुच्छे्र बैंकसँगै अन्य आधा दर्जन बैंकको ग्राहक सजिलै बन्यो । कम्पनीको कारोबार बढीरहेको र आफ्नो भरपर्दो ग्राहक अरुले लैजाने हो की भन्ने प्रतिस्पर्धामा बैंकहरु लागेको बुझेपछि एभ्कोले कर्जाको रकम बढाउन थाल्यो । अन्य बैंकहरुले पनि कर्जा दिन थाले ।
आफ्नो ग्राहक अरुले लैजाने भयले माछापुच्छे्र बैंकले एभ्कोलाई रिझाउन थाल्यो । जसले गर्दा माछापुच्छे्र बैंकमा एभ्को निर्भरता वढेसँगै कर्जाको आकार पनि वढ्यो । जुन विस्तारै एभ्कोको सम्पतिले धान्नै नसक्ने भयो । आफ्नो सम्पतिबाट धान्न नसक्ने भएपछि एभ्को समूहले बैंकसँग टाँढिन थाल्यो । बैंकले कर्जा उठाउन कडाइ गर्न थालेपछि ऋण नतिर्न समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग उजुरी हाल्नेदेखि अदालतसम्म गयो ।
बैंकले कर्जा उठाउनका लागि धमाधम लिलाम बिक्रीको सूचना सार्वजनिक गर्न थालेको छ । यससँगै एभ्को समूहले भन्सारबाट नछुटाएका ९० वटा गाडी ल्याएर बिक्री गर्ने योजना बैंकले बनाएको छ । सरकारसँग मिलेर बैंकले ती गाडी ल्याएर बिक्री गर्नका लागि पहल गरिरहेको छ । ती गाडी ल्याएर बिक्री गर्ने प्रयास सफल भए बैंकको ठूलो रकम उठ्छ । बैंक थापाथलीमा रहेको एभ्कोको करिब तीन रोपनी जग्गा बिक्री गर्न लागिपरेको छ ।

No comments:

Post a Comment

thanks for comment