घरजग्गा कारोबारमा समस्या, होटल लजमा विस्तार, कृषि उत्पादन वढ्यो

 सुदर्शन सापकोटा
काठमाडौं, मंसिर १७
लोडसेडिङ, मजदुर समस्या र राजनीतिक अस्थिरताका कारण देशभर सञ्चालनमा रहेका उद्योगहरुले आफ्नो ५८ प्रतिशत मात्र क्षमता उपयोग गर्न सकेको अध्ययन देखाएको छ।
नेपाल राष्ट्र बैंकले देशभरका ४२ जिल्लाहरुमा गरेको स्थलगत सर्वेक्षणले घिउ उद्योगले सबैभन्दा कम क्षमता उपयोग गरेको देखाएको छ। भएको क्षमता पूर्ण रुपमा उपयोग गर्न नसक्दा उत्पादनसमेत घटेको छ। चुरोट, कागज, बिस्कुट तथा साबुनको उत्पादनमा उल्लेख्य कमी आएको छ। सुर्तीजन्य वस्तु र ईंटा उत्पादनसमेत घटेको छ।
राष्ट्र बैंकको अध्ययन अनुसार, सबैभन्दा वढी क्षमता उपयोग गार्मेन्ट उद्योगले गरेको छ। गार्मेन्टले ९० प्रतिशत क्षमता उपयोग गरेको हो। दुग्ध पदार्थ, अन्न तथा खाद्य पदार्थ, पेय पदार्थ आदि उद्योगले पनि क्षमता केही उपयोग गरेका कारण उत्पादनमा समेत वृद्धि भएको छ।
मुलुकमा  विद्यमान  राजनैतिक  अनिश्चितताको  कारण  उद्योगी  व्यवसायीहरुमा  पर्याप्त  मात्रामा  विश्वासको वातावरण सृजना हुन नसकेको अध्ययमा उल्लेख छ। …स्वदेशका उद्योगीहरु पर्ख र हेरको स्थितिमा रहेका छन्,' अध्ययनमा छ, 'यसले गर्दा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने कार्य समेत चुनौतीपूर्ण देखिन्छ।'
अध्ययनले समय समयमा भईरहने बन्द हड्ताल, कमजोर श्रम सम्बन्ध तथा विद्युत एवम् ईन्धनको अपर्याप्त आपूर्िर्त जस्ता समस्याको कारण उद्योग क्षेत्रको विस्तारमा अपेक्षित सुधार हुन नसकेको देखाएको छ।  बढ्दो श्रम लागत तथा आयातीत कच्चा पदार्थको कारण उत्पादित वस्तुहरुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने हुनाले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग अभिवृद्धि गर्ने कार्य चुनौतीपूर्ण भएको अध्ययनमा छ।
अध्ययनले ज्यालादर  तथा  विप्रेषण  आप्रवाहमा  भईरहेको  वृद्धिसँगै  सर्वसाधारणको  उपभोग  प्रवृत्ति विस्तार भएको देखाएको छ। मागमा  हुने विस्तारका कारण चाउचाउ, बिस्कुट, हल्का पेय पदार्थको उत्पादनमा वृद्धि  हुने  देखिएको छ। चामल  तथा  मैदाबाट  बन्ने  रेष्टुराँका  परिकारहरुका  साथै  बियर  तथा  मदिराको उत्पादनमा  समेत  केही  वृद्धि  हुने  राष्ट्र बैंकको अध्ययनले जनाएको छ।
तेलको उत्पादनमा वृद्धि भएपनि वनस्पती घिउको उत्पादनले भारतीय बजार गुमाउंदै गएको  तथा  उत्पादनको  तुलनामा  स्वदेशी  बजार  सानो  भएकोले  आगामी वर्ष यसको  उत्पादन विस्तार कम हुने अध्ययमा छ।
अध्ययनले सिमेन्टको उत्पादनमा वृद्धि हुने देखाएको छ। स्वदेशमा सिमेण्टको मागको तुलनामा उत्पादन कम भएको, कच्चा पदार्थ प्रचुर मात्रामा उपलब्ध भए पनि सिमेण्ट  उद्योगहरु  यथेष्ट  नभएकाले  यस्ता  उद्योगहरु  स्थापना  गर्ने  क्रम  बढ्दै जाने छ। यसले गर्दा सिमेण्ट उत्पादनमा थप विस्तार हुने अध्ययनमा छ।
गार्मेण्ट,  पश्मिना  तथा  ऊनी  गलैंचाको  उपभोग  तथा  संभावित  अन्तर्राष्ट्रिय  बजारको  अवस्थालाई हेर्दा यी वस्तुहरुको उत्पादनमा वृद्धि हुने देखिएको छ। नेपालमा उत्पादित पश्मिना तथा गलैंचाको बजार प्रबर्द्धन, गुणस्तर तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन सकेमा आगामी वर्ष यी वस्तुहरुको उत्पादन र निर्यात विस्तारमा थप सहयोग पुग्ने अध्ययमा छ।
अध्ययनले  पर्यटक  स्तरीय  होटल  तथा  लजको संख्यामा  १०  प्रतिशतले  तथा  होटल  शैयाको  संख्यामा  ७.६  प्रतिशतले  वृद्धि  भएको  छ ।  होटल एशोसियसनसँग आवद्ध देशभर कुल २०९ पर्यटक स्तरीय होटल रहेका छन्। यसमध्ये, पाँच तारे होटल ९, चारतारे २, तीनतारे २५, दुईतारे २६, एकतारे १८ तथा अन्य पर्यटकस्तरीय होटल १२९ रहेका छन्।
अध्ययनले केही क्षेत्रहरुमा घरजग्गा कारोबार सुधार भएपनि मूख्य ठाउँमा समस्याहरु यथावत रहेको देखाएको छ। अध्ययनले देशभरमा घरजग्गा  रजिष्ट्रेशन  संख्यामा  ६.२ प्रतिशतले ह्रास आएको देखाएको छ। अघिल्ल्ाो वर्ष यस्तो रजिष्ट्रेशन संख्या १०.९ प्रतिशतले घटेको थियो। 
राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा निर्धारण गरेपछि कारोबार घटेको हो। कारोबारमा आएको शिथिलतासँगै समीक्षा अवधिमा घर/भवन नक्सा पास संख्यामा ३.४ प्रतिशतले ह्रास आएको छ। अघिल्लो वर्ष यस्तो संख्यामा ६.९ प्रतिशतले ह्रास आएको थियो। 
घरजग्ग्ाा  रजिष्ट्रेशन  संख्या काठमाण्डौ  क्षेत्रमा  ४.६  प्रतिशतले,  विराटनगर  क्षेत्रमा  २४.४  प्रतिशतले,  नेपालगञ्ज  क्षेत्रमा  ६.३  प्रतिशतले  र  धनगढी  क्षेत्रमा  ५.२  प्रतिशतले  गिरावट  आएको  छ । केही क्षेत्रहरुमा भने सुधार पनि आएको छ। तर देशभर हुने कारोबारको ६० प्रतिशत काठमाडौं उपत्यकाले ओगट्ने भएकाले यसको असर वढी हुने गरेको छ।
घरजग्ग्ाा  रजिष्ट्रेशन  संख्या जनकपुर  क्षेत्रमा  ०.६ प्रतिशतले,  वीरगञ्ज क्षेत्रमा १.९ प्रतिशतले, पोखरा क्षेत्रमा २.६ प्रतिशतले तथा सिद्धार्थनगर क्षेत्रमा ५.५ प्रतिशतले  वृद्धि  भएको  छ ।
अध्ययनले समग्र कृषि क्षेत्रको अवस्था सन्तोषजनक रहेको जनाएको छ। प्रमुख खाद्यान्न वालीहरुमध्ये धान, मकै, गहुँ, फापरको उत्प्ादनमा वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले लगानी वढाएका कारण पनि कृषि क्षेत्र सन्तोषजनक रहेको राष्ट्र बैंकको तर्क छ। कृषि कर्जा ३२ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलाई आधार बनाएर ४२ जिल्लामा अध्ययन गरेको हो।

No comments:

Post a Comment

thanks for comment