बाणिज्य बैंकले लाभांस घोषणा गर्न थाले

काठमाडौं, भदौ २२
खुद नाफा ४० प्रतिशतभन्दा वढीले बृद्धि गरेका बाणिज्य बैंकहरुले सेयर लगानीकर्ताका लागि उच्च प्रतिफल घोषणा गर्न थालेका छन्। विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि आकर्षक लाभांस घोषणा गरेका छन्।
बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा वढी लाभांस नबिल बैंकले घोषणा गरेको छ। दुई अर्ब २३ करोड रुपैयाँ नाफा गरेको बैंकले ६५ प्रतिशत लाभांस घोषणा गरेको हो। बैंकले यसमध्ये ४० प्रतिशत नगद र २५ प्रतिशत वोनस सेयर वितरण गर्ने भएकोे हो। गत बर्ष बैंकले ६० प्रतिशत लाभांस घोषणा गरेको थियो। यसपछि एभरेष्ट बैंक लिमिटेडले बढी लाभांस घोषणा गरेको छ। बैंकले ५० प्रतिशत नगद र १० प्रतित वोनस सेयर घोषणा गरेको हो।

नेपाल एसबिआइ बैंकले २० प्रतिशत लाभांस घोषणा गरेको छ। बैंकले साढे सात प्रतिशत वोनस सेयर र साढे १२ प्रतिशत नगद लाभांस घोषणा गरेको हो। बैंक अफ काठमाण्डू (बिओके) ले १४.७३ प्रतिशत लाभांस घोषणा गरेको छ। यसमध्ये १४ प्रतिशत वोनस सेयर छ। 
सिटिजन्स् बैंक इन्टरनेशनलले १५ प्रतिशत नगद लाभांस  दिने सार्वजनिक गरेको छ। सानिमा बैंकले १० प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांस दिने सार्वजनिक गरेको छ। बढी लाभांस विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि घोषणा गरिरहेका छन्। कैलास विकास बैंकले १९ प्रतिशत लाभांस वितरण गर्ने जनाएको छ। बैंकले यसमध्ये नौं प्रतिशत नगद लाभां दिने घोषणा गरेको छ।
सिभिल क्यापिटल मार्केटले १०.५३ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ भने ओम फाइनान्सले २० प्रतिशत वोनस सेयर दिने भएको छ। एभरेष्ट फाइनान्सले पनि १५ प्रतिशत वोनस सेयरको प्रस्ताव गरेको छ। त्रिवेणी विकास बैंकले १९ प्रतिशत वोनस सेयर, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २० प्रतिशत वोनस सेयर र सम्मिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले २६.३२ प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले यसमध्ये १२ प्रतिशत वोनस सेयर दिने छ। फर्स्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ। तीनाउ डेभलपमेन्ट बैंकले १२ प्रतिशत वोनस सेयर र वाग्मति डेभलपमेन्ट बैंकले ७.३७ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ।
सबैभन्दा वढी लाभांस युनिलिभर नेपालले घोषणा गरेको छ। कम्पनीले ७६० प्रतिशत नगद लाभांस घोषणा गरेको छ। गत बर्ष पनि उच्च लाभांस युनिलिभरले घोषणा गरेको थियो। 
चिलिमे जलविद्युत कम्पनीले ४० प्रतिशत लाभांस पारित गर्न असोज १५ गते साधारणसभा डाकिसकेको छ। कम्पनीले ३० प्रतिशत वोनस सेयर र १० प्रतिशत नगद लाभांस दिने जनाएको छ। यस्तै अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत  १५ गते साधारण सभा गरेर लाभांस पारित गरिसकेको छ।
महालक्ष्मी फाइनान्सले १३ प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ। युनिक फाइनान्सले १२ प्रतिशत, युनाइटेड फाइनान्सले १२.५ प्रतिशत नगद लाभांस घोषणा गरेका छन्। मितेरी डेभलपमेन्ट बैंकले २० प्रतिशत वोनस सेयर र पाँच प्रतिशत नगद लभांस घोषणा गरिसकेको छ भने सिटी डेभलपमेन्ट बैंकले २१.३८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.१२ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 

No comments:

Post a Comment

thanks for comment