सानिमा माइलाई सर्वसाधारणमा २१ करोडको सेयर जारी गर्न स्वीकृति

काठमाडौं, भदौ १९ 
नेपाल धितो पत्र वोर्डले सानिमा माइ हाइड्रोपावर कम्पनीलाई सर्वसाधारणलाई सेयर जारी गर्न स्वीकृति दिएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका नौं वटा गाविसका वासिन्दालाई सेयर जारी गरेको थियो। 
सानिमाइ माइसँगै कालिका माइक्रो त्रे्कडिट र मुक्तिनाथ लघुवित्त विकास बैंकले पनि सेयर जारी गर्न स्वीकृति पाएका छन्। कालिकाले प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको हो भने मुक्तिनाथले हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो। सेयर जारी गर्न स्वीकृति पाएका तीन वटै कम्पनीले दुई महिनाभित्र निस्कासन गरिसक्नु पर्ने प्रावधान छ। 
वोर्डका अनुसार, सानिमा माइले २१ करोड १० लाख रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न स्वीकृति पाएको छ। कालिका माइले २ करोड रुपैयाँ र मुक्तिनाथले प्रति सेयर १० बराबर तीनको अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएका छन्। 

सानिमा माइले यअसघि आयोजनाबाट प्रभावित इलामका ९ वटा गाविसका वासिन्दाका लागि सेयर निस्कासन गरिसकेको छ। कम्पनीले इलामवासीलाई १० करोड ५५ लाख रुपैया“ बराबरको सेयर जारिगरिसकेको छ। चुक्ता पुँजी बृद्धि गर्न सर्वसाधारणबाट २१ करोड १० लाख रुपैयाँ उठाउन कम्पनीले वोर्डसँग स्वीकृति पाएको थियो। वोर्डले बुधबार स्वीकृति दिएको हो।
सानिमा माइका प्रवर्द्धक सेयरधनीहरुले आयोजनामा ७३ करोड ८५ लाख रुपैया“ लगानी गरिसकेका छन्। इलामवासी रकम उठिसकेको छ भने सर्वसाधारणबाट २१ करोड १० लाख रुपैयाँ उठेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड ८० लाख रुपैयाँ पुग्ने छ। सेयर निष्काशनका लागि सानिमा माइले एनसिएम क्यापिटल मार्केटलाई निस्कासन तथा विक्री प्रबन्धक नियुक्त गरिसकेकेा छ। 
कम्पनीले इलाममा २२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।  कम्पनीले चाँडै यही परियोजनाबाट सात मेगावाटको माइ क्यास्केड आयोजना पनि सुरु गर्ने योजना बनाएको छ। सानिमाले आयोजना निर्माण सुरु गरेपनि यसको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि कुनै संयन्त्र तयार भएको छैन। 
सानिमाले सेयर वितरण गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत हुने यो पाँचौ कम्पनी हुने छ। अहिलेसम्म चिलिमे जलविद्युत्, नेशनल हाइड्रो, अरुण भ्याली र वुटवल पावर कम्पनी नेप्सेमा सुचिकृत छन्। नेशनल हाइड्रो वाहेक तीन कम्पनीको सेयरमा सर्वसाधारणको आकर्षण देखिएको छ। 
सानिमा माइमा मुख्य प्रवर्द्धक गैरआवासीय नेपालीहरु छन्। गैरआवाशीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, वर्तमान अध्यक्ष जीवा लामिछाने, अरुण ओझालगायत यस कम्पनीको प्रवर्द्धक छन्। 
दुई करोडको सेयर निस्कासन अनुमति पाएको कालिका माइक्रो क्रेडिटको निस्कासन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ। सेयर जारी गरिसकेपछि बैैंकको चुक्ता पुँजी पाँच करोड रुपैयाँ पुग्ने छ। मुक्तिनाथले भने सात लाख ३५ हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो। कम्पनीको विक्री प्रबन्धकमा ग्रोमोर मर्चेन्ट बैंकर छ। 
यसैगरी वोर्डले सेन्चुरी कमर्सियल बैंक लिमिटेडलाई क्रेडिट रेटिङ गर्न निर्देशन दिएको छ। बैंकले ९२ करोड रुपैयाँको प्राथमिक सेयर निस्कासन गर्न वोर्डसँग स्वीकृति माग गरेको थियो। तीन करोडभन्दा वढीको सेयर निस्कासन गर्ने संस्थाले अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने प्रावधान छ। 




No comments:

Post a Comment

thanks for comment