गैरसरकारी संस्थालाई लघुवित्त बैंकमा परिणत गरिँदै

काठमाडौं, भदौ १०
नेपाल राष्ट्र बैंकले गैरसरकारी संस्थाहरुलाई लघुवित्त विकास बैंकमा परिणत गर्ने भएको छ। लघु कर्जा प्रवाह गर्दै आएका २२ वटा संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो। 
२२ वटा लघुवित्त संस्थाहरुले विपन्न वर्गमा लगानी गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृति लिएका थिए। २०५७ देखि २०६० को बीचमा अनुमति लिएका यि संस्थाहरुले विपन्न क्षेत्रमा नै लगानी गर्ने भएकाले राष्ट्र बैंकले 'घ' वर्गमा स्तरोन्नति प्रकृया अगाडि बढाएको हो। राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमा पनि यि संस्थालाई लघुवित्त विकास बैंकमा परिणत गर्ने उल्लेख गरेको छ।
'एउटै प्रकृतिको काम गर्ने भएकाले लघुवित्त विकास बैंकमा परिणत गर्न लागिएको हो,' राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग स्रोतले भन्यो, 'आवश्यक प्रकृया पुर्‍याएर लघुवित्त विकास बैंक बन्न लगाइने छ।' राष्ट्र बैंकले आगामी असार मसान्तभित्र 'घ' वर्गमा परिणत गरिसक्ने लक्ष्य लिएको छ।

अहिले नेपाल सिकारा ग्रामिण विकास कार्यक्रम, चारतारे युवा क्लव, युनिक नेपाल, सामुदायिक महिला विकास केन्द्र (स्वेडेक), ग्रामिण जागरण मञ्च, धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, विकासका लागि स्थानीय स्वय सेवकहरुको प्रयास, महिला अधिकार तथा विकास केन्द्र, मानुषि, जीवन किवास सेवा केन्द्र नामक गैरसरकारी संस्थाले लघुकर्जा कारोबार गर्दै आएका छन्। 
यसैगरी लघुकर्जा कारोबार महिला आदर्श सेवा केन्द्र, पाटन विजिनेस एन्ड प्रोफेसनल बिमेन, महिला स्वाभलम्बन समाज, नेपाल महिला उत्थान केन्द्र, भगवान युवा क्लव, श्रृजनात्मक महिला वातावरण विकास संस्था, सृजना विकास केन्द्र, घरेलु तथा सामा उद्योग संघ, आदर्श युवक क्लव, सोसल अपग्रेड इन प्रोग्रेसन अफ एजुकेसन रिजन, नेपाल महिना सामुदायितक सेवा केन्द्र र ग्रामिण महिला विकास संस्थाले गरिरहेका छन्।
अहिले ३१ वटा 'घ' वर्गका लघुवित्त विकास बैंक छन्। नयाँ थपिएपछि लघुवित्त विकास बैंकको संख्या ५३ पुग्ने छ। लघुवित्त संस्थाहरुले आठ लाख घरपरिवारलाई ऋण लगानी गरेका छन्। स्थानीय स्तरमा स्रोत परिचालन गरी लगानी गर्ने भएकाले गैरसरकारी संस्थाहरुले ग्रामिण क्षेत्रमा राम्रो छाप छोडन् सफल भएका छन्।
'लघुवित्त विकास बैंकमा परिणत भएपछि राष्ट्र बैंकको नियमन प्रभावकारी बन्ने छ,' केन्द्रीय बैंक स्रोतले भन्यो, 'अहिले पनि अनुगमन त भइरहेको छ, तर एउटै छातामा ल्याएपछि यसलाई प्रभावकारी बनाउन सकिन्छ।' लघु कर्जा कारोबार गर्न खुलेका गैरसरकारी संस्थाहरुले अन्य काम पनि गर्दै आएका छन्। लघुवित्त विकास बैंकमा परिणत भएपछि भने बैंकिङ कारोबार मात्र गर्न पाउँछन्। 
लघुवित्त विकास बैंकहरुले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भन्दा वढी ग्राहकलाई ऋण लगानी गरेका छन्। गत आर्थिक बर्षसम्म लघुवित्त विकास बैंकहरुले  ८ लाख ४९ हजार जनालाई ऋण लगानी गरेका हुन्।
विपन्न वर्गमा लगानी गर्ने लघुवित्त विकास बैंकहरुले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भन्दा करिव ४ हजारभन्दा वढीलाई ऋण दिएका हुन्। लघुवित्त वाहेकका संस्थाहरुले ८ लाख ४५ हजार जनालाई ऋण दिएका छन्।
लघुवित्त विकास बैंकहरु देशको ६५ वटा जिल्लामा सञ्चालनमा छन्। यिनीहरुको शाखा संख्या ६ सय ३४ वटा छ। लघुवित्त विकास बैंकहरुले न्युनतम ५ हजारदेखि अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउँछन्। 

No comments:

Post a Comment

thanks for comment