वार्षिक ४० लाख डलर भित्राउने एभरेस्ट फ्लोरीकल्चर कसरी धरासायी भयो ?

चैतमा ऋण भुक्तानी नभए बैंकले लिलाम गर्ने
सुदर्शन सापकोटा
काठमाडौं माघ २१
सहवित्तीयकरणमा दिइएको बैंक ऋण भुक्तानी गर्न एभरेस्ट फ्लोरीकल्चरले दुई महिनाको समय पाएको छ । चैतसम्म चुक्ता नगरे बैंकहरुले फ्लोरीकल्चरलाई लिलाम गर्ने छन् ।
राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाइले बैंकहरुलाई चैतसम्म पर्खन निर्देशन दिएकाले परियोजना लिलाम गर्ने कार्य तत्काललाई रोकिएको हो । बैंकहरुले पुस मसान्तमा पनि पैसा नआएकाले माघमा लिलाम गर्ने योजना बनाएका थिए ।
राष्ट्र बैंकमा वसेको सवै सरोकारवालासँगको छलफलमा फ्लोरीकल्चरले ऋण तिर्न दुई महिना समय थप पाएको हो । हिमालयन बैंकको सहवित्तीयकरणमा फ्लोरीकल्चरलाई कर्मचारी साचय कोष कृषि विकास बैंक डिसिबिएल बैंक कुमारी बैंक मनकामना डेभलपमेन्ट बैंक र आएलएफसी वित्तीय संस्थाले ऋण लगानी गरेका थिए ।
'फ्लोरीकल्चरका साचालकले चैतसम्म ऋण तिर्छु भनेकाले पर्खिएका छौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने, 'त्यसपछि पैसा नआए कानुनी प्रकृयामा जन्छौं ।'
फूल उत्पादन गरी विदेश निर्यात गर्ने उद्देश्यले २००२ मा कम्पनी स्थापना भएको थियो । उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरेपछि कम्पनी ६ वर्षअघि साचालमा आएको थियो । उसले बैंकसँग ८ वर्षअघि दुई चरणमा गरेर ३१ करोड ऋण लिएको थियो । बैंक ऋण तिर्न नसकेपछि वढेर ३८ करोड रुपैयाँ पुगिसकेको छ ।
काठमाडौं सुन्दरीजलस्थित नयाँपाटीमा १ सय ४५ रोपनी जग्गामा फ्लोरीकल्चरले गुलाफको फूल उत्पादन सुरु गरेको थियो । चालु पुँजी अभावमा व्यवसाय धान्न नसकेपछि कम्पनी बन्द अवस्थामा छ ।
'चैतसम्स सम्पति विक्री गरेर वा अन्य स्रोतबाट जुटाएर बैंकको पैसा फिर्ता गर्छौं,' फ्लोरिकल्चरका प्रमुख कार्यकारी अधिकृत मधुसूदन आचार्यले नागरिकसँग भने, 'ऋण नतिर्ने पक्षमा हामी छैनौं । अझै पनि कम्पनी साचालन गर्न सकिन्छ कि भनेर लगानीकर्ता भित्राउनका लागि छलफल गरिरहेका छौं ।'
आचार्य समुहले सन् २००२ मा इजरायलको एक कम्पनीसँग मिलेर बैंक ऋणमा एभरेष्ट फ्लोरिकल्चर चलाएको थियो । लिएको ऋण र व्याज गरेर कम्पनीले बैंकलाई ९ करोड रुपैयाँ वुझाइ सकेको छ । तर कम्पनी नै बन्द भएकाले बैंकको ऋण ३८ करोड रुपैयाँ पुगेको हो । आचार्य समुहको पनि कम्पनीमा ३० करोड रुपैयाँ ुइक्विटीु लगानी छ । यसमध्ये ६ करोड इजरायली कम्पनीको हो ।
'अहिलेको बजार मूल्यमा नै परियोजनाको जमिनको मूल्य ७० करोड रुपैयाँ पुगिसकेको छ,' आचार्यले भने, '३८ करोड मात्र बैंकको ऋण भएकाले विक्री गरेर तिर्नलाई समस्या छैन । तर परियोजना साचालन पनि हुने र बैंक ऋण पनि तिर्न सकिने उपायको खोजिगरिरहेका छौं ।'
फ्लोरिकल्चरले सम्पति विक्री नगरी बैंकको ऋण तिर्नका लागि दुई वटा विदेशी कम्पनीसँग कुराकानी गरिरहेको आचार्यले जानकारी दिए । उनले केन्या र दुवइका कम्पनीसँग छलफल गरिरहेको बताए ।
'केन्याको कम्पनीले पुनः चलाउन खोजेकाले ५० करोड रुपैयाँमा विक्री गर्न सकिने प्रस्ताव राखेका छौं,' उनले भने, 'दुवईको कम्पनीसँग गत साता मात्रै कुराकानी भएको छ ।' उनले दुई महिनाको अवधिमा विदेशी कम्पनी लगानीका लागि आउने निस्चित भए सम्पति विक्री गरिरहनु नपर्ने बताए ।
'निर्यातका लागि राम्रो संभावना भएको कम्पनी भए पनि ऋण तिर्न नसकेपछि बैंकले केही गर्न सक्दैन,' राणाले भने, 'विचमा अलिअलि तिरेपनि कम्पनीले त्यसपछि पैसा तिर्न छाडेकाले कानुनी प्रकृयामा जान लागेका हौं ।' उनले फ्लोरिकल्चरलाई दिएको सवै ऋणको सत् प्रतिशत नोक्सानी व्यवस्था गरिसकेको जानकारी दिए ।
कसरी असफल भयो ?
बार्षिक ६० लाख थुँगा गुलाफ उत्पादन गरी विदेश निर्यात गर्ने महत्वकांक्षी योजना लिएको फ्लोरिकल्चरले ३० लाख थुँगा विदेश पठाउन सक्यो । ६ लाख नेपाल भित्रै विक्रीसमेत गर् यो । उत्पादनमा लाग्ने विउ विरुवा प्रविधि जनशक्ति सवै विदेशीको निर्भरमा रहेको कम्पनीले ग्राहकको माग अनुसारको गुणस्तर कायम गर्न सकेन । चार वर्षदेखि सुरु भएको ऊर्जा संकटको असरले फ्लोरिकल्चरलाई पनि पिरोल्यो ।
फ्लोरिकल्चरले उत्पादनका लागि विदेशबाट मगाइएका सामान समयमा आउन छाडे । देशभित्रै हुने पटक-पटकको बन्दमा फूल बोकेको वातानुकूलित ट्रक समयमा नै सुन्दरीजलबाट एयरपोर्ट पुर् याउन सकिएन । युरोपेली बजारमा पठाउनु पर्ने फूल देशमै थन्किन थालेपछि विदेशी ग्राहकले नेपाली उत्पादनलाई विश्वास गर्न छाडे ।
'समयमा पुर् यान नसकेपछि हामीले विदेश पठाउने फूलको निर्यात रोकेउँ,' आचार्यले भने, 'देशभित्र उत्पादन गरिएको फूल खपत हुन नसकेपछि फ्लोरिकल्चर बन्द गर्नुको विकल्प रहेन ।' 
उनका अनुसार कम्प्नीले ३० लाख थुँगा युरोप र जापानमा निर्यात गरेको थियो । यसबाट कम्पनीले ३ करोड ९० लाख जापानी येन र ३० हजार युरो आम्दानी गरेको उनले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा एभरेस्ट फ्लोरिकल्चरको गुलाफको माग वढिरहेकाले वार्षिक एक लाख डलर खर्च गरेर ३० लाख डलर भन्दा धेरै आम्दानी गर्ने अवस्था थियो । '८० हजार डलरको मलखात प्रविधि खर्च गरेर वार्षिक ४० लाख डलर भित्राएका थियौं,' आचार्यले भने ।
अझै चलाउन सकिन्छ ?
आचार्यका अनुसार केही पैसा लगानी गर्ने हो भने अझै फ्लोरिकल्चर चलाउन सकिने बताउँछन् । उनका अनुसार पाँच करोड लगानी गर्न सके कम्पनी चलाएर पुरानै अवस्थामा फर्काउन सकिन्छ ।
'हामीले उत्पादन गरेको ुएभरेस्ट रोजु ब्रन्डको फूलको माग अझै विदेशी बजारमा छ,' उनले भने, 'उत्पादन गर्न सके बजार अभाव नहुने भएकाले पुँजी थप्दा कम्पनी व्युँताउँन सकिन्छ ।'
आचार्यले थप पैसाका लागि बैंकहरुसँग पहल गरे पनि नपाएको बताए । 'अहिलेको ऋण नै खराव अवस्थामा परिणत भइसकेकाले उनीहरुले व्यवहारिक कारण देखाएर थप लगानी गर्न चाहेनन्,' उनले भने, 'विदेशी कम्पनीसँग कुराकानी भइरहेको छ । सकेसम्म जोगाउने प्रयास गर्छु ।'
उनले आन्तरिक स्रोतबाट चलाउन संभव नभएको बताए । 'विदेशी कम्पनीलाई सहमत गराउन सकिए कम्पनी फेरी चल्न सक्छ,' उनले भने, 'अन्तिम प्रयास गरिरहेको छु ।'
हिमालयन बैंकका राणाले खराव ऋणमा राखेर सत् प्रतिशत नोक्सानी व्यवस्था गरिसकेको कम्पनीमा पुनः ऋण थप्न नमिल्ने जानकारी दिए ।

No comments:

Post a Comment

thanks for comment