अस्टे्रलियाका एनआएन अध्यक्ष भन्छन्- लगानी भित्राउन रणनीति तयार पार्दैछौं

नेपालमा लगानी वर्ष सुरु भएको छ । लगानी भित्राउन एनआरएनबाट कस्तो प्रयास भइरहेको छ ?
नेपालमा लगानी बर्षको घोषणासँगै गैरआवसिय संघभित्र पनि लगानीको कुरामा धेरै छलफल हुन थालेको छ । छलफल गरेर मात्र भएन अब । नेपालमा केही न केही लगानी भित्राउनै पर्छ । 
गणेश केसी
अध्यक्ष
गैरआवसीय नेपाली संघ अस्टे्रलिया
 त्यही अनुसा योजना तर्जुमाका क्षेत्रमा समेत काम हुन थालेको छ । लगानी चाहे एनआरएन समुहबाटै होस् वा एनआरएनको सहयोगबाट विदेशीहरुलाई ल्याएर होस् लगानी भित्राउनै पर्छ । अहिले हामीले विद्युत पूर्वाधार खासगरी वाटो पुल निर्माण र बैंकिङ क्षेत्रमा लगानी गर्न पहल गरिरहेका छौं । यसका लागि रणनीतिक योजनाहरु बन्दैछन् ।
एनआरएन समुदायले विदेशी लगानीकर्ता ल्याउन चै कस्तो प्रयास गरिरहेको छ ?
ठूला-ठूला परियोजनामा लगानी गर्न एनआरएनको लगानीबाट मात्र संभव हुँदैन । यसका लागि विदेशी साझेदार आवश्यक पर्छ । उनीहरुलाई नेपालमा जलविद्युतको भविस्य राम्रो छ । लगानीको अनुपातमा राम्रो नाफा आर्जन गर्न सकिन्छ भनेर वुझाउन थालिसकेका छौं । उनीहरुले लगानीका लागि इच्छासमेत देखाएका छन् । हामीले नेपालमा लगानीका क्षेत्रका बारेमा पहिलो चरणमा अस्टे्रलिया हुँदै अन्य मुलुकमा सम्मेलन गर्दैछौं । डेढ महिनाभित्र सम्मेलन सकेर विदेशी लगानीको 'प्रतिवद्धता' ल्याउन हामी सफल हुने छौैं । त्यसपछि प्रतिवद्धता अनुसारको लगानी गर्न पहल थाल्ने योजनामा छौं । एनआरएन समुदाय र उसको सहयोगमा नेपालमा ठूलो लगानी भित्रिन्छ ।
विदेशीलाई कसरी आकर्षित गर्नु हुन्छ रणनीतिक योजना कस्तो छ ?
लगानीका लागि आकर्षित गर्नका लागि हामीले लगानी क्षेत्रको पहिचान गर्ने छौं । त्यो क्षेत्रको विस्तृत अध्ययनपछि कुनमा कति लगानी गर्दा कति वर्षमा कति प्रतिफल आउँछ भन्ने हिसाव किताव गरेर विदेशी लगानीकर्तालाई दिन्छौं । हिसाव किताव मात्र वुझाएर हुँदैन । उनीहरुलाई नेपाली कानुनले दिएको सुविधा लगानी संरक्षणका बारेमासमेत जानकारी गराउँछौं । नेपालमा लगानी गर भनेर मात्र कसैले गर्दैन । यसका लागि उनीहरुलाई सवै कुरा वुझाउन आवश्यक हुन्छ । एनआरएनले पहिलो चरणमा सेमिनार मार्फत यही काम गर्ने छन् । हामीसँग विदेशीहरुले कुरा गर्दा पनि यस्तै खाले विस्तृत अध्ययन मागिरहेका हुन्छन् । विज्ञ टोलीमार्फत आयोजनाको लगानी र नाफाका बारेमा अध्ययन गराएर विदेशीलाई प्रभावित पार्ने हाम्रो पहिलो प्रयास हुने छ । यो काम हामीलॆ सुरु गरिसकेका छौं ।
नेपालमा लगानीका बारेमा विदेशीहरुको गुनासो वा धारणा कस्तो छ ?
विदेशीहरुलाई नेपालका बारेमा हामीभन्दा वढी थाहा छ । कुन देशमा लगानीको वातावरण कस्तो छ भनेर उनीहरु आफै पनि अध्ययन गरिरहेका हुन्छन् । विदेशी साचार माध्यमहरुले नेपाल भर्खर युद्धबाट फर्किएकाले राजनीतिक अस्थिरता छ भनेर वाहिर हल्ला गरिरहेका छन् । यसले गर्दा त्यहाँका लागनीकर्तालाई नेपाल आउन समस्या परेको छ । उनीहरुको वुझाइ नेपालमा लगानीको संभावना छ तर वातावरण छैन भन्ने हो । यसले विदेशी लगानी नेपालमा आउन कठिन भएको हो । फेरी नेपालमा मजदुर समस्याले स्वदेशी तथा विदेशी कम्पनीहरु प्रभावित भएको समाचार पनि गइरहेको छ । यसले पनि उनीहरु नेपाल आउन हच्किरहेका हुन् । अन्यथा नेपालका बारेमा उनीहरुको धारणा सकारात्मक नै छ । सवैभन्दा सकारात्मक भनेको नेपालमा लगानी संभावना धेरै छ । प्रतिफल उच्च र चाँडो प्राप्त हुन्छ भन्ने उनीहरुको बुझाइ छ ।
एनआरएनहरु नेपालको दुत भएकाले यहाँका बारेमा केही भ्रम चिर्न भने आवश्यक पहल गर्नु पर्छ । नेपालमा विदेशी पुँजीको संरक्षण हुन्छ । कुनै समस्या छैन भनेर हामी वुझाउन खोजिरहेका छौं । यसका लागि सरकारले पनि प्रवद्र्धनात्मक कार्यहरु गर्न आवश्यक छ ।
कस्तो प्रवद्र्धनात्मक कार्यक्रम भनेको ?
नेपालले लगानीका लागि आवश्यक सम्पूर्ण नीति निर्माण गरिसकेको छ । तर यसका बारेमा वाहिर राम्रो रिपोर्टिङ भएको छैन । सरकारले नीतिगत रुपमा दिएको सुविधा सहुलियतका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई वुझाउन आवश्यक छ । नेपालमा आन्तरिक रुपमा जतिसुकै राम्रो नीति निर्माण बनाए पनि त्यसको बारेमा हल्ला नगरिँदा लगानीकर्तालाई नेपाललाई पुरानै आँखाले हेर्छन् । आफूले गरेको राम्रो कामका बारेमा आफैले वोल्नु पर्छ । एनआरएनहरुले एक तहमा नीतिगत सहुलियतका बारेमा हल्ला गरिरहेका छन् । तर यो अप्रयाप्त छ । यसका लागि सरकारले सकि्रय भूमिका खेलेर प्रवद्र्धनात्मक कार्य गर्नु पर्छ ।
लगानी वर्षको अवशरमा एनआरएन समुदायबाट नेपालमा कस्तो लगानी भित्रिएला ?
एनआरएन समुहबाट एउटा राम्रो कोष नेपालका लागि आउने छ । सरकारले पनि एनआरएनको महत्व वुझेर सम्मान जनक भूमिका दिएको छ । लगानी वोर्डमा एनआरएनका विश्व अध्यक्षलाई सदस्यका रुपमा राखिएको छ । यसले ७० मुलुकमा छरिएका नेपालीहरुलाई समेट्छ । त्यसले गर्दा प्रत्येक नेपालीले सानो सानो नै भएपनि आफ्नो मातृभूमिको विकासका लागि केही आर्थिक योगदान गर्ने छन् । यो पैसा सोझै नेपालमा लगानी हुने छ । हामीले पनि लगानीका लागि नेपालमा क्षेत्रहरु छानौ भनेर वहस अगाडि वढाएका छौं । यसले पनि आगामी केही महिनामा नेपालमा राम्रो लागानी भित्रिने छ ।
एनआरएन आफैले भने वोले अनुसारको लगानी नेपालमा गरेको देखिन्न नि ?
विदेशमा वस्ने नेपालीले व्यक्तिगत रुपमा नेपालमा लगानी गरेका छन् । उनीहरुको लगानी संस्थागत रुपमा नभएकाले एनआरएनले गरेजस्तो नदेखिएको हो । व्यक्तिगत रुपमा गरेको कामलाई एनआरएन समुहसँग नजोडिएर उनीहरुको लगानी कति गरे भन्ने वाहिर आएको छैन । सवैले गरेको कामलाई सामुहिक रुपमा लैजाने हो भने लगानी धेरै भएको छ । यसमा हाम्रा पनि कमजोरी छन् । जुन विस्तारै सुधारिँदै जान्छन् । त्यसपछि एनआरएनले गरेको काम देखिन्छ । र एनआरएनले धेरै गरेका रहेछन् भन्ने थाहा हुन्छ । तर अहिले गरको काम पर्याप्त छ भन्न खोजेको मैले होइन । अझै लगानी भित्राउन आवश्यक छ ।

एनआरएन अस्टे्रलियाले त्यहाँका नेपालीका लागि कस्तो काम गरिरहेको छ ?
अस्टे्रलिया एनआरएन संघले अप्ठेरोमा परेका नेपालीलाई सहयोग गर्न कोष स्थापनाको तयारी गरेको छ । एउटा निस्चित कोष भएपछि कसैलाई अप्ठेरो परे इमेल गरेर सवैसँग हसयोग मागिरहनु पर्दैन । कोषबाट दिएर सहयोग गर्न सकिन्छ । यसका लागि आगामी अपि्रलमा नेपालबाट पुराण वाचक दिनवन्धु पोखरेललाई लिएर जाँदै छों । हामीले त्यहाँ पुराण लगाएर ३ करोड उठाउने योजना बनाएका छौं ।

No comments:

Post a Comment

thanks for comment