शोधनान्तर बचत पौने ६७ अर्ब पुग्यो

  • मूल्य वृद्धि घटेर ६.८ प्रतिशतमा झर् यो
  • बैंकिङ क्षेत्रको निक्षेप ८५ अर्ब ६८ ले वढ्यो
  • ऋण लगानी ५५ अर्ब २५ करोडले वढ्यो


काठमाडौं फागुन ११
देशबाट वाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर अहिलेसम्मकै उच्च भएको छ । राष्ट्र बैंकले चालु वर्षको पुससम्मको अवस्था सार्वजनिक गर्दै शोधनान्तर बचत ६६ अर्ब ७२ करोड रुपैयाँ पुगेको जनाएको छ ।
अघिल्लो वर्षको पुसमा शोधनान्तर ४ अर्ब २६ करोड घाटामा थियो । शोधनान्तर २३ अर्ब रुपैयाँसम्म घाटामा पुगेर चालु वर्षदेखि सुधार हुन थालेको हो । बचतमा सुधार आउन थालेपछि राष्ट्र बैंकले शोधनान्तर बचतको लक्ष्यसमेत वढाइसकेको छ । मौदि्रक नीतिमा ५ अर्ब बचतमा राख्ने लक्ष्य लिएको राष्ट्र बैंकले मध्यावधि समिक्षामा यसलाई वढाएर ४० अर्ब पुर् याइसकेको छ ।
पर्यटन आयमा भएको सुधार र विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स मा भएको वृद्धिका कारण शोधनान्तर बचत वढेको हो । अघिल्लो वर्षको पुसको तुलनामा यो वर्ष पर्यटन आयमा २९.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष आय १८.२ प्रतिशतले घटेको थियो ।
यस पटक पेन्सन आय भने घटेको छ । पुसमा ५.६ प्रतिशतले पेन्सन घटेर १३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । रेमिट्यान्स भने ३७.१ प्रतिशतले वढेर १ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुसमा ११.५ प्रतिशतले मात्र रेमिट्यान्स वढेकॊ थियो ।
राष्ट्र बैंकका अनुसार वस्तु निर्यात ११.२ प्रतिशतले वढेको छ । पुससम्म निर्यात ३५ अर्ब ९२ करोड रुपैयाँको भएको हो । मासिक रुपमा हेर्दा निर्यात मंसिरको तुलनामा ८ प्रतिशतले घटेको छ ।
कुल निर्यातमध्ये भारततर्पुको १३.९ प्रतिशतले वढेको छ । भारत वाहेकका मुलुकतर्फको निर्यात ६.१ प्रतिशतले वढेको छ । भारतमा जस्ता पाता लत्ताकपडा पोलिस्टर धागो जीआई पाइप र रोडा तथा ढुंगाको निर्यात बढेको छ । अन्य मुलुकमा ऊनी गलैंचा तयारी पोशाक पश्मिना नेपाली कागज र त्यसका सामान तथा चियाको निर्यात वढेको छ ।
पुसमा आयात पनि १६.८ प्रतिशतले वढेर २ खर्ब १६ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष पुसमा आयात १ खर्ब ८५ अर्ब ५७ करोड रुपैयाँको भएको थियो । मंसिरको तुलनामा भने आयात ८ प्रतिशतले घटेको छ ।
कुल आयातमध्ये भारततर्फको १०.१ प्रतिशतले वढेको छ । अन्य मुलुकबाट भएको आयात ३१.० प्रतिशतले वढेको छ । भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ रासायनिक मल तयारी पोशाक कृषि उपकरण र कोइलाको आयात बढेको छ । अन्य मुलुकबाट सुन भटमासको कच्चा तेल रासायनिक मल चाँदी र अन्य मेशिनरी सामानको आयत वढेको छ । आयात व्यापारमा आएको वृद्धिका कारण निर्यात-आयात अनुपात १६.६ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष अनुपात १७.४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकले मूल्य वृद्धि घटेको तथ्यांक सार्वजनिक गरेको छ । मूल्य वृद्धि ६.८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्ष यो ११.३ प्रतिशतमा थियो । खाद्य तथा पेय पदार्थको मूल्य ४ प्रतिशत र ग्ररखाद्यय तथा सेवा क्षेत्रको मूल्य ९ प्रतिशतले वढेको छ । अघिल्लो वर्ष यो क्रमशः १७.६ प्रतिशत र ६.२ प्रतिशत थियो ।
चालु वर्षको पुसमा सवैभन्दा बढी पहाडमा मूल्य वृद्धि भएको छ । सवैभन्दा कम मूल्य तराईमा भएको छ । पहाडमा मूल्य ९.२ प्रतिशतले वढेको छ । तराईमा मूल्य ५.४ प्रतिशतले वढेको छ । काठमाडौं उपत्यकामा ६.६ प्रतिशतले मात्र वढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
बैंकिङ क्षेत्र
पुससम्म बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट संकलन गरेको निक्षेप १०.४ प्रतिशतले वढेको छ । ६ महिनामा निक्षेप ८५ अर्ब ६८ करोडले वढेको हो । अघिल्ल्ााे वर्ष पुससम्म निक्षेप २६ अर्ब ६४ करोडले मात्र बढेको थियो । कुल निक्षेप संकलनमध्ये बाणिज्य बैंकहरुले ११.४ प्रतिशतले पैसा वढाएका हुन् । विकास बैंकहरुको निक्षेप ११.६ प्रतिशत र वित्त कम्पनीहरुको १.७ प्रतिशतले वढेको छ । वित्तीय क्षेत्रप्रति विश्वास वढ्दै गएकाले निक्षेप संकलनमा सुधार भएको हो । अघिल्लो वर्ष निक्षेप संकलन कम हुँदा बैंक तथा वित्तीय संस्थाले चरम तरलता अभावको सामाना गर्नु परेको थियो ।
निक्षेप वढेको अनुपातमा ऋण भने वढेको छैन । बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी ६.५ प्रतिशतले मात्र वढेको छ । पुससम्म ५५ अर्ब २५ करोडले ऋण वढेको छ । अघिल्लो वर्षको पुससम्म ऋण ६३ अर्ब ७५ करोडल वढको थियो । कुल ऋण लगानीमध्ये वाणिज्य बैंकको ७.८ प्रतिशतले वढेको छ । विकास बैंकको ७ प्रतिशतले वढेको छ । तर फाइनान्स कम्पनीको भने ०.४ प्रतिशतले घटेकेा छ ।
वाणिज्य बैंकहरुवाट निजी क्षेत्रमा दिएको ऋणमध्ये उत्पादन क्षेत्रको १५ अर्ब ८ करोडले बढेको छ । अघिल्लो वर्ष पुसमा १५ अर्ब २० करोडले ऋण वढेको थियो । निर्माण क्षेत्रतर्फको ऋण ४ अर्ब ८ करोडले कृषि क्षेत्रतर्फको ३ अर्ब २९ करोडले वढेको छ । यसवाहेक थोक तथा खुद्रा व्यापारतर्फको ४ अर्ब ८९ करोड र यातायात साचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको १ अर्ब ६७ करोडले ऋण बढेको छ ।

No comments:

Post a Comment

thanks for comment