निक्षेप खातामा शुल्क लिन नपाइने

काठमाडौं, फागुन ३०
बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता सञ्चालन गरेबापत सर्वसाधारणबाट कुनै पनि खालको शुल्न लिन नपाउने भएका छन्। निक्षेप खाता सञ्चालन गरे बापत उनीहरुले ग्राहकको खाताबाट निश्चित रकम काट्ने गर्दै आएका थिए।
न्युनतम रुपैयाँमा खाता खोलेर केही समय कारोबार नहुँदा बैंकले सञ्चालन खर्च बापत केही रकम काट्ने गर्दै आएका छन्। ग्राहकले केही पैसा जम्मा गरे उसले खाता सञ्चालनको खर्च त्यहाँबाट काट्छन्। राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशन अनुसार अबदेखि निक्षेप खातामा कुनै शुल्क लिन पाइने छैन।
राष्ट्र बैंकले रुग्ण उद्योगको अभिलेख व्यवस्थापन, अनुगमन र समस्या समाधानमा सघाउ पुर्‍याउने उद्देश्यले रुग्ण उद्योग हेर्ने गरी डेस्क स्थापना गर्न निर्देशन दिएको छ। डेस्क बैंक तथा वित्तीय संस्थाको कर्जा विभाग अन्तर्गत रहने छ।
राष्ट्र बैंकले अन्तर बैंक कारोबारबाट दिएको सापटी वा आपसमा राखेको निक्षेप समयमा असुल नभए त्यस्तो सापटी वा निक्षेपको साँवा तथा ब्याज असुल उपर गर्न अन्य बैंकलाई त्यो बिक्री गर्न सक्ने व्यवस्था मिलाएको छ। तत्काल पैसा नउठे पनि भविष्यमा राम्रो हुने लागेमा कोष बढी हुने बैंकहरुले यस्तो सापटी र निक्षेप खरीद गर्न सक्छन्।
असुल उपर गर्न बाँकी साँवा तथा ब्याज रकमको दोब्बरभन्दा कम नहुने भए मात्र खरीद गर्न सकिने छ। खरिद गर्ने र बिक्री गर्ने संस्थाबीच आपसी समझदारीमा यथास्थितिमा खरीद बिक्री हुनुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ। आंशिक भुक्तानी हुने गरी खरीद गर्न पाइने छैन। खरीद विक्री गर्नु पूर्व राष्ट्र बैंकसँग स्वीकृति भने लिनु पर्छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका ३० जिल्लाका फाइनान्स कम्पनीका शाखा कार्यालयले विदेशी मुद्रा खरीद गर्न पाउने व्यवस्था गरेको छ। कम्पनीले यो पैसा राष्ट्र बैंक वा वाणिज्य बैंकलाई बिक्री गर्नु पर्ने हुन्छ।

No comments:

Post a Comment

thanks for comment