राष्ट्र बैंक सम्पति व्यवस्थापन कम्पनी स्थापनाका लागि अध्ययन गर्दै

काठमाडौं फागुन २४
खराव सम्पति वढेर बैंक तथा वित्तीय संस्थाहरुको लागतार दुई वटा त्रैमासिक वासलाता विगि्रएपछि त्यसलाई व्यवस्थापन गर्न अध्ययन सुरु भएको छ । राष्ट्र बैंकले रियलस्टेट ऋणबाट समस्या पर्न नदिन सम्पति व्यवस्थापन कम्पनीका बारेमा अध्ययन थालेको हो ।
'अहिले पनि अध्ययन भइरहेको छ । यो सुरुवाती चरणमा छ,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणी ज्ञवालीले नागरिकसँग भने, 'खराव सम्पति व्यवस्थापनका कम्पनी आवश्यक छ ।' राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सम्पति व्यवस्थापन कम्पनी स्थापनाका लागि निजी क्षेत्रका बैंकहरुलाई सार्वजनिक आह्वान गर्दै आएका छन् ।
लिलाममा राखिएको सम्पति विक्रीसमेत हुन छाडेको र बैंकहरु सम्पति विस्तारै खराव हुन थालेकाले राष्ट्र बैंकले अध्ययन थालेको हो । पुसमा मात्रै वाणिज्य बैंकहरुले रियलस्टेट ऋणको व्याज नउठेर नोक्सानी व्यवस्थामा विगतको भन्दा झन्डै दोब्बर रकम छुट्याएका छन् । चालु पुसमा बैंकहरुले ४ अर्ब ४१ करोड रुपैयाँ नोक्सानी व्यवस्था वापत छुट्याएका छन् । अघिल्लो पुसमा यो रकम २ अर्ब ५१ करवोड रुपैयाँ थियो ।
राष्ट्र बैंकले कुन 'मोडेल' मा कम्पनी स्थापना गर्ने भन्ने टुङ्गो लगाइसकेको छैन । सरकारी लगानीमा मात्रै वा सार्वजनिक निजी साझेदारीमा स्थापना गर्ने भन्नेमा अध्ययन भइरहेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनी स्थापनाका लागि लगानी गर्न निजी क्षेत्र तयार नभएपछि राष्ट्र बैंकले यि दुई विकल्पमा अध्ययन गरिरहेको छ ।
'कम्पनी सँधैभरीका लागि स्थापना गर्ने वा अहिलेको समस्या समाधानका लागि मात्रै स्थापना गर्ने बारेमा पनि टुङ्गो लागेको छैन,' ती अधिकारीले भने, 'हामी निस्चित अवधिका लागि मात्रै स्थापना गर्ने पक्षमा छौं । अन्य सरोकारवाला कम्पनीसँग छलफल गरेपछि मात्रै कति अवधिको भन्ने टुङ्गो लाग्छ ।'
सम्पति व्यवस्थापन कम्पनीले विक्री नभएको र लिलामीमा परेको जग्गा जमिनलाई आफूले लिएर बैंकलाई भर्पाइ गरिदिन्छ । यसले नगद प्रवाह भएर बैंकहरुले खराव ऋणबाट समस्या वेहोर्नु पर्दैन । 'विक्री नभएको सम्पति व्यवस्थापन गरिदिन यस्तो कम्पनी आवश्यक छ,' ती अधिकारीले भने ।
नेपालमा १० वर्षअघि बजेटमा सम्पति व्यवस्थापन कम्पनी स्थापना गरिने उल्लेख थियो । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा दिएको ऋण नउठेपछि पुन यसको वहस सुरु भएको हो ।
व्यवस्थापन कम्पनीले आवश्यक पर्ने पैसा तत्काल उपलब्ध गराएर बैंक तथा वित्तीय संस्थाको जोखिम न्युनीकरण गर्ने काम गर्छ । उसले यस्ता सम्पतिलाई थप मूल्य सृजना गरेर पुनः प्रयोगमा ल्याउँछ ।
बैंकहरुले रियलस्टेटमा ९० अर्ब रुपैयाँ लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीको लगानी २५ अर्ब रुपैयाँको हाराहारीमा छ । घरजग्गा कारोबार बन्द भएर नगद प्रवाह हुन छाडेपछि बैंकहरुको ऋण संकटमा परेको छ । ऋण नउठेर वासलात नै विगि्रन थालेपछि बैंकहरुले पनि राष्ट्र बैंक र सरकारसँग व्यवस्थापन कम्पनी स्थापना गर्न माग गर्दै आएका छन् ।
'घरजग्गाको समस्या समाधान गर्न बेग्लै सम्पति व्यवस्थापन कम्पनी तुरुन्तै स्थापना गर्नु पर्ने आवश्यकता छ,' विकास बंैक संघका अध्यक्ष तथा क्लिन इनर्जी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले भने, 'हामीले यसका लागि राष्ट्र बैंकसँग कुरा गरिरहेका छौं । उसले पनि यसलाई सकारात्मक रुपमा लिएको छ ।'

No comments:

Post a Comment

thanks for comment