सेयर बढाउन कोषलाई बजार निर्माता बनाइने


लगानी रकम तयार पार्न आधा दर्जन संस्थासँग पैसा उठाइने

काठमाडौं फागुन १५
सेयर बजार निरन्तर ओरालो लागेपछि सरकारी पहलमा नागरिक लगानी कोषले बजार निर्माताको काम गर्ने भएको छ । धितोपत्र वोर्ड नेपाल स्टक एक्सचेन्ज साचय कोष बिमा समिति बिमा संस्थान नेपाल टेलिकम र अन्य सरकारी संस्थासँग लगानीका लागि निस्चित पैसा लिएर नागरिक लगानी कोषले बजार निर्माताको काम गर्ने भएको हो ।

नागरिक लगानी कोषले दोस्रो बजारबाट सेयर किनेर माग वढाउने उद्देश्यसहित बजार निर्माताको काम दिन लागिएको हो । लगानी गर्नका लागि सवै संस्थाबाट निस्चित रकम लिएर कोष बजारमा लगाउँछ । कोषले सुरुमा सेयर खरीद गरेर बजारमा माग सृजना गरिदिने छ । यसबाट सेयर कारोबार बढेर बजार सकारात्मक दिशातर्फ जाने अपेक्षा अर्थमन्त्रालय र धितोपत्र वोर्डको छ ।
'सरकारी संस्था तथा नियमनकारी निकायसँग भएको रकमबाट लगानी गरे बजारमा सकारात्मक असर पर्छ भन्ने उद्देश्यले कोषलाई बजार निर्माताको जिम्मेवारी दिइएको हो,' धितो पत्र वोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले नागरिकसँग भने, 'पैसा उपलब्ध गराउन अनौपचारिक सहमति नै भइसकेको छ ।'
सेयर बजार निरन्तर ओरालो लागेपछि राष्ट्र बैंकले बैंक ऋणमा गरेको कडाइ खुकुलो बनाइसकेको छ । सरकारले पुँजीगत लाभकर घटाएर १० प्रतिशतमा झारिसकेको छ । गैरआवसिय नेपालीका लागि समेत लगानी खुला गरिसकेको छ । केही गरेपनि बजार उकालो नलागेपछि सरकारले सेयर बढाउन नयाँ प्रयोग गर्न लागॆको हो ।
अर्थतन्त्रका अधिकांस परिसुचक सकारात्मक बन्दै गएपनि सेयर बजार वढ्नुको साटो घट्दै गएमपछि अर्थमन्त्रालयको मध्यस्ततामा नागरिक लगानी कोषलाई बाजर निर्माताका रुपमा पैसा उपलब्ध गराउन लागिएको हो ।
उनले बैंकहरुमा लगानी गर्ने पैसा वढे पनि सेयरमा ऋण नगएकाले सरकारले आफैले पैसा हालेर बजारमा माग वढाउन प्रयास गर्न खोजेको जानकारी दिए । बजारमा नयाँ पैसा जान थालेपछि बैंकको ऋणसमेत जाने भन्दै उनले यसबाट सेयर उकालो लाग्ने दावी गरे । 'एक पटक माग वढेपछि अरुलाई पनि मनौवैज्ञानिक असर परेर सेयर उकालो लाग्ने छ,' उनले भने, 'सर्वसाधारणमा आत्मविश्वास वढाउन सरकारले पहल गर्न लागेको हो ।' 
अर्थमन्त्रालयले बजारमा पैसा लगाउनका लागि बनाइने कोषमा सवै संस्थाले आफ्नो कुल लगानीको कोषको न्युनतम ५ प्रतिशत रकम हाल्नु पर्ने प्रस्ताव गरेको छ । यसका लागि सवै जना सकारात्मक भएको उनले बताए ।
'लगानी गर्न सवै उत्सुक छन्,' श्रेष्ठले भने, 'चाँडै नागरिक लगानी कोषले बजारमा कसरी कुन तरिकाले पैसा लगाउने बारे अध्ययन गरेर सरोकारवाल समक्ष राख्ने छ ।' उनका अनुसार लगानी कोषले तयार पारेको अध्ययमा थप छलफल गरी यथासक्दो चाँडो सेयर बजारमा लगानी गर्ने वातावरण तयार पारिने छ ।
दोस्रो चरणमा लगानी कोषले तयार पारेको कार्ययोजनामा अन्य निकाय र बैंक तथा वित्तीय संस्था बिमा कम्पनीलगायतलाई पनि पैसा हाल्नलाई प्रोत्साहित गरिने छ । 'जतिसक्दो ठूलो कोष निर्माण गरी सेयर बजारमा लगानी गरिने छ,' उनले भने, 'यसबाट बजारलाई सकारात्मक असर पर्छ । लगानीकर्तालाई पनि आकर्षित गर्छ ।'


No comments:

Post a Comment

thanks for comment