दीर्घकालिन लगानी गर्न पुँजी वढाउ : गभर्नर

काठमाडौं फागुन १६
राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले बैंकहरुलाई पुँजी वढाएर दीर्घकालिन लगानी गर्न आग्रह गरेका छन् । उनले पुँजी संरचना वलियो नवनाइ ठूला र समय लाग्ने खालका आयोजनामा लगानी गर्न अप्ठेरो पर्ने बताए ।
'अल्पकालिन मात्र लगानी गरेर हुँदैन अब । दीर्घकालिन लगानी गर्ने बेला भइसक्यो,' स्तरोन्नतिपछि वाणिज्य बैंक भएको सानिमा बैंकको औपचारिक उद्घाटन गर्दै गभर्नरले मंगलबार भने, 'संस्थापक आफैले लगाएर हुन्छ वा दीर्घकालिन प्रकृतिको निक्षेप र ऋणपत्र जारी गरेर भएपनि लगानी वढाउनु पर्छ ।'
उनले नाफाबाट नगद लाभांसको साटो वोनस सेयर जारी गरेर भएपनि पुँजी वलियो बनाउनु पर्ने बताए । गभर्नरले पुँजी वढेर संस्था वलियो भए भोलीका दिनमा उच्च प्रतिफल आउनले दावी गरे ।
उनले उत्पादनमूलक क्षेत्र कमजोर भएका कारण आयातमा निर्भर हुनु परेको भन्दै यसतर्फ लगानी वढाउन आग्रह गरे । उनले कुल निर्यातले आयातलाई १७ प्रतिशतले मात्र खाम्ने गरेको भन्दै देशभित्रै उत्पादन वढे आयातमा कमी आउने बताए ।
'आयातलाई रेमिट्यान्स पेन्सन र पर्यटन आयले धानिरहेका छौं,' गभर्नरले भन, 'उत्पादनमूलक क्षेत्रमा लगानी वढाएर यो कम गर्नु पर्छ ।' गभर्नरले व्यवसायिक बैंकिङलाई निरन्तरता दिँदै सामाजिक बैंकिङ समेत गर्न बैंकहरुलाई आग्रह गरे । उनले ग्रामिण भेगमा किसानका लागि केही जोखिम उठाएर भएपनि सामाजिक बैंकिङ सेवा दिनु पर्ने बताए ।
'गाउँका किसानसँग बैंकले मागेजति दिने धितो छैन,'  उनले भने, 'तर उनीहरुमा संभावना धेरै छ । धितोका हिसावले केही जोखिम उठाएर त्यहाँ लगानी गर्नु होला ।' गभर्नरले उनीहरुसँग धितो नभएकाले बैंकहरुले नपत्याउने गरेको भन्दै यसमा बैंकले हसयोग गर्नु पर्ने बताए । 'अन्य वित्तीय संस्थासँगबाट उनीहरुले ऋण चलाइरहेका छन् । ठूलो लगानीका लागि बैंक चाहिएको हो,' उनले भने, 'तिनीहरुमा लगानी भए स्थानीय आयसँगै बचत वढ्छ । त्य पैसा निक्षेपका रुपमा पुनः बैंकमा नै आउने छ ।'
गभर्नरले नेपालमा लगानी वर्षको तयारी भइरहेका बेला वाह्यि लगानीभित्राउन सानिमा बैंकका संस्थापकहरुले सहयोग गर्नु पर्ने बताए । सानिमा गैरआवसिय नेपालीहरुले प्रवद्र्धन गरेका बैंक भएकाले गभर्नरले वाह्यि लगानी भित्राउन सहयोग मागेका हुन् ।
उनले बैंकलाई विगतमा जस्तै संस्थागत सुशासनको पालना गर्दै निक्षेपकर्ताको विश्वास जोगाइ रहन आग्रह गरे । 'अहिलेसम्म तपाईहरु संस्थागत सुशासन पुँजी ग्राहक विश्वासमा पास भएर आउनु भएको छ,' उनले भने, 'पास भएपछि सर्टिफिकेट नफ्याँक्नु होला ।'
कार्यक्रममा बैंकका अध्यक्ष जिवा लामिछानेले संस्थागत सुशासनमा बैंकले कहिले सम्झौता नर्गे भन्दै ग्राहको सम्पतिको सुरक्षा जहिले गर्ने बताए । 'बैंकको हामी वास्तविक मालिक होइनौं,' उनले भने, 'निक्षेपकर्ताको संरक्षक मात्र हौं । यसलाई जहिले जोगाएर राख्ने छौं ।'
कार्यक्रममा विकास बैंक संघका अध्यक्ष मनोज गोयलले बैंकहरुले विगतबाट पाठ सिकेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले नाफामूखि मात्रै भएर अगाडि वढ्दा पुराना समस्या दोहोरिने भन्दै स्थायित्वका लागि काम गर्नु पर्ने उल्लेख गरे ।
गोयलले मर्जरलाई संस्था घटाउने उद्देश्यले मात्र हेर्न नहुने भन्दै अर्थतन्त्रमा हरेक आकारका बैंक तथा वित्तीय संस्था आवश्यक भएको बताए । 'संस्था ठूलो भएर लगानी वृहत्त रुपमा वढाउनका लागि मर्जर आवश्यक छ,' उनले भने, 'तर संस्था घटाउने उद्देश्यबाट प्रेरित भएर मर्जरमा जानु हुँदैन ।'
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साले संस्थागत सुशासन बैंकको पहिलो प्राथमिकता भएको भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै लगिने बताए । कार्यक्रममा गैरआवसिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको स्तर वढेसँगै जिम्मेवारीसमेत वढेकाले हिजो भन्दा अझ व्यवसायिक भएर ग्राहक सेवा गर्न आग्रह गरे ।
कार्यक्रम बैंकका संस्थापक अध्यक्ष वद्री ओझा कलाकारद्वय तथा बैंकका व्रान्ड एम्बास्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आर्थिक वृद्धिमा बैंकको लगानी हुनु पर्ने बताए ।

No comments:

Post a Comment

thanks for comment