एनएसएमले अरु बैंकलाई ऋण सार्न थाल्यो

ऋण सारेर भुक्तानी गर्ने तयारी


सुदर्शन सापकोटा
काठमाडौं फागुन ३०
नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सयल इ_िन्स्टच्युसन एनएसएम ले अन्तर बैंक सापटीमा चलाएको पैसा ग्राहकलाई दिएको ऋण सारेर चुक्ता गर्ने भएको छ । कम्पनीले ग्राहकको ऋण आफूले अन्तर बैंक सापटी लिएका बैंकहरुलाई विक्री गर्न सुरु गरिसकेको छ ।
 'अन्तर बैंक सापटीमा लिइएको पैसा ग्राहकलाई दिएको ऋण बैंकहरुलाई बेचेर चुक्ता गर्न थालेका छौं,' एनएसएमका प्रमुख कार्यकारी अधिकृत नन्दनहरि शर्माले मंगलबार नागरिकसँग भने, 'बैंकहरुले आफूले दिएको सापटीको दोब्बर बराबरको ऋण किनिरहेका छन् ।'
एनएसएममा ७ वटा वाणिज्य बैंकको ७० करोड रुपैयाँ अन्तर बैंक सापटीमार्फत दिएका थिए । बैंकहरुले कम्तिमा ३० लाखदेखि १८ करोड रुपैयाासम्म सापटी दिएका थिए ।

'दिएको सापटीको दोब्बर ऋण किन्ने तयारीमा छौं,' मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'केही राम्रो र केही नराम्रो ऋण मिलाएर किनेका छौं ।'  उनले राष्ट्र बैंकको निर्देशनअनुसार एनएसएमलाई तरलता उपलब्ध गराउनका लागि दिएको पैसाभन्दा दोब्बर रकमको ऋण खरीद गर्नु परेको जानकारी दिए ।
राष्ट्र बैंकको निर्देशन अनुसार अन्तर बैंक सापटीमा गएको कुल ७० करोड रुपैयाँ उठाउनलाई १ सय ४० करोड रुपैयाँ बराबरको ऋण सापटी दिने बैंकले सकार्नु पर्ने हुन्छ । ऋण सकारेपछि सम्वन्धित बैंकले नै उठाउनका लागि पहल गर्नु पर्छ ।
'सकारेको ऋणमध्ये आधाबाट पुरानो पैसा उठ्छ,' शाहले भने, 'तरलताका लागि दिइएको वाँकी पैसा आधा ऋणले उसुल्नु पर्छ ।' उनले डुविसकेको पैसा ऋण सकारेर पुन उठाउने मौका मिलेको बताए । एनएसएमले ऋण विक्री गरेर आएको पैसा निक्षेपकर्तालाई भुक्तानी दिने छ ।
'हामीले राम्रा र खराव दुवै ऋण वेचेका छौं,' शर्माले भने, 'बैंकहरुले खराव ऋणले जोखिम वढाएको भन्दै ग्राहकसँग थप धितो मागिरहेका छन् ।' उनले थप धितोका कारण बैंकहरुलाई ऋण उठाउन समस्या नभएको दावी गरे ।
अन्तर बैंक सापटीमा दिएको पैसा ऋण सारेर भुक्तानी गरेको एनएसएमले लोबल र सिथाद्र्ध बैंकलाई भने स्टार मल विक्री गरेर भुक्तानी गर्ने भएको छ । शर्माका अनुसार स्टार मल आगामी २० दिनभित्र विक्री भइसक्ने छ ।
एनएसएमका तत्कालिन अध्यक्ष योगेन्द्र श्रेष्ठले स्टार मल निर्माणका लागि ग्लोब र सिद्धार्थ बैंकसँग ३२ करोड ७५ लाख रुपैयाँ ऋण लिएका थिए । निक्षेपकर्ताको पैसा व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको थाहा भएपछि श्रेष्ठ र कम्पनीमाथि राष्ट्र बैंकले कारवाही थालेको थियो । फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषण गरेको छ भने बैंकिङ कसुर ऐनमा श्रेष्ठ कारागारमा छन् ।
फाइनान्सले आगामी चैतसम्म बैंकको ऋण भुक्तानी नगरे ग्लोबर र सिद्धार्थले स्टार मलाई लिलाम गर्ने छ । 'विक्रीबाट बैंकको ऋण चुक्ता गरेर फाइनान्समा समेत रकम भित्राउन सकिन्छ,' शर्माले भने, 'लिलाममा जाँदा फाइनान्सलाई धेरै पैसा आउँदैन ।'
स्टार होल्डिङस्को स्वामित्वमा रहेको मललाई बढी मूल्यमा बचेर बैंकको सावाँब्याज चुक्ता गरी बाँकी रकम सेयर मार्केट्सको आर्थिक अनियमितताबाट पर्न गएको हानी नोक्सानी भर्ने योजना छ । सावाँ र व्याज गरेर सिद्धार्थ र ग्लोबलको ३५ करोड ३८ लाख रुपैयाँ तिर्न वाँकी छ ।


No comments:

Post a Comment

thanks for comment