चैतमा पनि बैंकको नाफा उच्च, तीन बैंकको नाफा अर्ब नाघ्यो

काठमाडौं २९ बैशाख
घरजग्गा ऋणका कारण नाफा प्रभावित हुन्छ भन्ने चर्चा चलिरहँदा बैंकहरुले भने उच्च नाफासहितको हरहिसाब (वासलात) सार्वजनिक गरिरहेका छन्। फराकिलो ब्याज अन्तर र सम्पत्ति लिलाम गरेर बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि उच्च नाफा कमाएका छन्।

चैतसम्म तीन बैंकले नाफा अर्ब नै कटाएका छन्। नबिलले गत पुसमा नै नाफा अर्ब कटाएको थियो । नेपाल इन्भेस्टमेन्ट र एभरेस्ट बैंकले चैतमा अर्ब नाफा कटाएका हुन्। अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये नेपाल बंगलादेश बैंक वाहेक सबैको नाफा बढेको छ। सञ्चालनमा रहेका ३२ बैंकमध्ये १८ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
चालु आर्थिक वर्षको असोज मसान्तमा बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो। गत पुसमा अझ बढी ५० प्रतिशतले नाफा वृद्धि भएको थियो। चैतको नाफा वृद्धि दर पनि उच्च देखिएको छ। बैंकहरुले यसपालि धमाधम धितो सम्पत्ति लिलाम गरेर पैसा उठाइरहेका छन्। निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएका कारण पनि नाफा बढेको हो।
नबिल बैंक लिमिटेडले चैतसम्ममा १ अर्ब ५३ करोड नाफा गरेको छ। पुसमा बैंकले नाफा १ अर्ब ११ करोड गरेको थियो। गत चैतमा बैंकको नाफा १ अर्ब १२ करोड थियो। बैंकको प्रति सेयर आम्दानी ८३.९१ रुपैयाँ छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पनि चैतमा नाफा १ अर्ब ३४ करोड रुपैयाँ पुर्यारएको छ। अघिल्लो चैतमा बैंकले ८० करोड १० लाख नाफा गरेको थियो। गत पुससम्म बैंकको नाफा ८९ करोड १२ लाख रुपैयाँ थियो। बैंकको प्रति सेयर आम्दानी ४७.६ रुपैयाँ छ।
एभरेस्ट बैंकले चालु वर्षको पहिलो नौ महिनामै नाफा १ अर्ब नघाएको छ। बैंकको नाफा १ अर्ब ३ करोड रुपैयाँ पुर्याटएको हो। अघिल्लो चैतमा बैंकको नाफा ७८ करोड ६४ लाख रुपैयाँ थियो। पुसमा बैंकको नाफा ६४ करोड २४ लाख थियो। बैंकको प्रति सेयर आम्दानी ८६.१३ रुपैयाँ छ।
नेपाल बंगलादेश (एनबी) बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ। अघिल्लो वर्षको चैतमा ४८ करोड नाफा गरेको बैंकले यसपालि जम्मा ३१ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। गत पुसमा बैंकको नाफा १७ करोड १७ लाख रुपैयाँ थियो।
कृषि विकास बैंकले भने अर्बभन्दा साढे ५ करोड कम नाफा पुर्याेएको छ। बैंकको नाफा चैतमा ९४ करोड ५३ लाख पुगेको छ। अघिल्लो चैतमा नाफा ८५ करोड ७२ लाख थियो। गत पुसमा बैंकको नाफा ५४ करोड ६३ लाख रुपैयाँ थियो। नाफा बढेपछि प्रति सेयर आम्दानी ४१.५० रुपैयाँ पुगेको छ। बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांस दिएको थियो।
सिद्धार्थ बैंकको नाफा २८ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो चैतमा नाफा १४ करोड ८२ लाख रुपैयाँ थियो। लक्ष्मी बैंकको नाफा २५ करोडबाट बढेर २७ करोड ७९ लाख पुगेकेा छ। गत पुसमा बैंकको नाफा १६ करोड २२ लाख थियो। जनता बैंक नेपालले चैतमा १२ करोड ५८ लाख नाफा कमाएको छ। गत वर्ष यति बेलाको नाफा ४ करोड ३७ लाख रुपैयाँ थियो।
प्राइम कमर्सियल बैंकले ३८ करोड ८० लाख नाफा कमाएको छ। अघिल्लो चैतमा नाफा १७ करोड ११ लाख रुपैयाँ थियो। नेपाल एसबिआई बंैकको नाफा ३१ करोड ९० लाखबाट बढेर ५४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सनराइज बैंकले ७ करोड ९४ लाख रुपैयाँको नाफालाई बढाएर २१ करोड ८४ लाख रुपैयाँ पुर्याँएको छ।
ग्रान्ड बैंक नेपालको नाफा पनि १४ करोड ११ लाख रुपैयाँबाट बढेर १६ करोड १८ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको नाफा १७ करोड २२ लाखबाट बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले पनि नाफा दोब्बरले बढाएको छ। एनसिसीको नाफा ११ करोड ५२ लाख रुपैयाँबाट बढेर २३ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
कमर्ज एन्ड ट्रस्ट बैंकको नाफा ह्वात्तै वढेर ५ करोड ७४ लाख पुगेको छ। अघिल्लो चैतमा बैंकको नाफा ३९ लाख रुपैयाँमात्र थियो। एनएमबी बैंकले यो वर्ष २६ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षकेा यति बेला बैंकको नाफा ६ करोड ६७ लाख रुपैयाँ थियो। बैंक अफ काठमाण्डू (बिओके) को नाफा ४० करोडबाट बढेर ४२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो।
सानिमा बैंकको नाफा करिब ३ गुणाले बढेर २१ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो चैतमा बैंकले ७ करोड ८३ लाख रुपैयाँ थियो। सिटिजन्स् बैंक इन्टरनेशनलले चैतमा २२ करोड ८५ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो चैतमा बैंकको नाफा जम्मा १० करोड ४ लाखमात्र थियो।

No comments:

Post a Comment

thanks for comment