१९ % विक्री निर्णयपछि सेयर घट्न थाल्यो


काठमाडौं, वैशाख १९
बैंक तथा वित्तीय संस्थाका संस्थापकहरुको १९ प्रतिशत सेयर  विक्री गर्ने बाटो खुला भएपछि सेयर बजार निरन्तर ओरालो लाग्न थालेको छ। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ६ महिनायता कैं न्युन ५ सय अंक तल आएको छ। 
नेपाल धितोपत्र वोर्डले दुई साताअघि संस्थापक सेयरधनीहरुसँग रहेको ७० प्रतिशत सेयर घटाएर ५१ मा झार्ने योजना अनुसार १९ प्रतिशत विक्री गर्न निदे व्यवस्था गरेपछि बजार घट्न थालेको हो। संस्थापकहरुको सेयर विक्री गर्ने दिने व्यवस्थापछि आपुर्ति वढ्ने भन्दै बजार घटेको हो। 
'१९ प्रतिशतको प्रभावले बजार घटेको हो,' सेयर व्रोकर कम्पनी दक्षिणकाली इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज्का प्रबन्ध सञ्चालक दिनेशराज सापकोटाले भने,'वोर्डले १९ प्रतिशत विक्रीको व्यवस्था गरेपछि बजारमा एकैचोटी धेरै सेयर आउने मनोविज्ञानले गर्दा लगानीकर्ताले मूल्य घटाएर सेयर विक्री गरिरहेका छन्।'
धितोपत्र वोर्डले संस्थापक सेयर विक्री दुई तरिकाबाट गर्न सकिने  व्यवस्था गरेको छ। सेयरधनीले आफूले चाहेको मूल्य तोकेर वोलकवोल वा सेयर ब्रोकरमार्फत बजार मूल्य अनुसार नेप्सेमा विक्री गर्न पाउने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार बजारमा संस्थापक सेयरको आपुर्ति भइसकेको छैन। तर, केही सेयर ब्रोकर र ठूला खेलाडीहरुले आपुर्ति बढेर बजार घट्ने भन्दै साना लगानीकर्ताबाट मूल्य घटाएर सेयर किन्न थालेका छन्। 

धितोपत्र वोर्डका अध्यक्ष वावुराम श्रेष्ठले संस्थापक सेयर एकैचोटी बजारमा आएर समस्या पर्ने भन्ने हल्ला चलाएर सीमित लगानीकर्ताले फाइदा उठाउन खोजेको बताए। 'साधारण सेयर जस्तो संस्थापक सेयर बजारमा सजिलै आउन सक्दैन, प्रकृया पुरा गर्नु पर्छ,' उनले भने, 'अहिले १९ प्रतिशतको भय देखाएर केही तत्वहरुले साना लगानीकर्ताको सेयर सस्तोमा किन्न खोजिरहेका छन्।'
राष्ट्र बैंकको व्यवस्था अनुसार, २ प्रतिशतभन्दा माथि सेयर विक्री गर्नु परे नियामकको स्वीकृति लिनु पर्छ। बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर पहिले आफ्नै समूहका अन्य सेयरधनीले किन्नु पर्छ। उसले नकिनेको खण्डमा राष्ट्र बैंकको स्वीकृति लिएर वारिह विक्री गर्नु पर्ने हुन्छ। 
'१९ प्रतिशतका कारणले बजार प्रणालीलाई केही पनि असर पार्दैन,' उनले भने, 'मूल्य घटाएर साना लगानीकर्ताको सेयर किन्नलाई यसको त्रास ठूला लगानीकर्ताले छरिरहेका छन्। साना लगानीकर्ता भ्रममा पर्नु हुँदैन यसको कारणले बजारलाई असर गर्दैन।'
बजारमा १९ प्रतिशतको निर्णय फिर्ता गर्नेसमेत हल्ला चलाइएको छ। राष्ट्र बैंकको सञ्चालक समितिले १९ प्रतिशतको निर्णय फिर्ता लिन वोर्डलाई पत्र लेख्न लागेको छ भन्दै अहिले बजारमा हल्ला फिजाइएको छ। '१९ प्रतिशत सेयर वेच्ने निर्णय फिर्ताको हल्लाले पनि लगानीकर्ता  अन्यौंलमा परेका छन्,' सापकोटाले भने। 
तर दुवै नियामकहरुले कुनै पनि हालतमा निर्णय फिर्ता  नहुने जानकारी दिएका छन्।'१९ प्रतिशत हाम्रै सहमतिमा वेच्न दिने निर्णय भएको हो,' राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले नागरिकसँग भने,'बरु यो कार्यान्वयनमा ढिलाइ भएको हो। अध्ययन गरेर नै निर्णय गरिएकाले फिर्ता हुँदैन।'
१९ प्रतिशत सेयर बजारमा आउने भन्दै लगानीकर्ताले मूल्य घटेर विक्री गरिरहेका छन्। नेप्से परिसुचक बिहीबार करिव ११ अंकसम्म घटेको थियो। बीचमा हल्का सुधार भएर बजार ७.८२ अंक घटेर बन्द भएको छ। ३ बजे बन्द हुने बजार साढे २ बजेदेखि सामान्य सुधार देखिएको हो। 
यही आधा घण्टाको अवधिमा कारोबार रकममा पनि वृद्धि भएको छ। साढे २ बजेसम्म बजारमा साढे डेढ करोडको कारोबार भएको थियो। त्यसपछि बढेर कारोबार रकम ५ करोड ६९ लाख रुपैयाँ पुगेको हो। बिहीबार बजारमा ८४ कम्पनीका १ हजार ४४ वटा कारोबार भएको थियो। अन्तिम दिन १ लाख ७३ हजार ३१२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। 
वोर्डले साढे २ वर्षअघि नै १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा विक्री गर्ने निर्णय गरेको थियो। लगानीकर्ताहरुले कारोबारै बन्द गरेर विरोध गरेपछि निर्णय फिर्ता लिइएको थियो। त्यस बेला फिर्ता लिइएको निर्णयलाई सामान्य शंशोधन गर्दै वोर्डले फेरी कार्यान्वयनमा ल्याएको हो। 

No comments:

Post a Comment

thanks for comment