मर्जरमा गएकाको सेयर रोक्का गर्दा लगानीकर्ता अप्ठेरोमा

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २२
बैंक तथा वित्तीय संस्थाहरु गाभिने प्रकृयामा गएपछि सेयर कारोबार रोक्का हुने व्यवस्थाले लगानीकर्ता मर्कामा पर्न थालेका छन्। गाभिने प्रकृयामा गएका बैंक तथा वित्तीय संस्थाको सेयर कम्तिमा ६ महिना रोक्का हुन्छ। 
'मर्जरका कारण सेयर कारोबार रोक्का हुँदा साना लगानीकर्ताहरुलाई मर्का पर्ने गरेको छ,' सेयर ब्रोकर कम्पनी कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक भरत रानाभाटले भने, 'मर्जरमा सहभागीहरुलाई पहिले नै जानकारी हुने भएकाले उनीहरुले लाभ उठाइरहेका हुन्छ। बाँकी सबैलाई यसबाट नोक्सान हुने गरेको छ।'
राष्ट्र बैंकको मर्जर व्यवस्था अनुसार, गाभिने प्रकृयामा गएपछि सर्वसाधारणमा सेयर जारी गरेका बैंक तथा वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का गर्नु पर्छ। यही व्यवस्थाका कारण अहिले करिव २ दर्जन संस्थाको सेयर कारोबार रोक्का छ। 
'सेयर कारोबार रोक्का गरिदिँदा साना लगानी भएका सर्वसाधारणहरुले सेयर बेच्न सक्दैनन्। तत्काल सेयर बेचेर गर्जो टार्नेहरुलाई यसले अप्ठेरो पारेको छ,' सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले भने, 'मर्जरका कारण बजारमा तिव्र उतार चढाव आएमा केही समयलाई कारोबार रोका गरे पनि लामो समय गर्न हुँदैन।'
मर्जरमा गएका संस्थाको सेयर कारोबार फुकुवा हुँदा सर्वसाधरणले आफुस“ग रहेको सेयर चाहेको बखतमा बिक्री गरी लगानी फिर्ता गर्न सक्दछन्। बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिएको कर्जा नियमित नभएमा धितोमा राखिएको सेयरहरु बिक्री गरी पैसा उठाउने बाटो खुला हुन्छ। 
मर्जरमा गएका संस्थाको सेयर कारोबार हुँदा त्यसले पु“जी बजारमा कस्तो प्रभाव पार्छ भन्ने आंकलन गर्न सकिन्छ। मर्ज भैसकेपछि संस्था राम्रो हुन्छ भन्ने लागेमा ती कम्पनीको सेयर मूल्य वढ्छ। 
सेयर स्वाप अनुपात (मूल्यांकन) बजारको अपेÔा अनुसार छ–छैन भन्ने कुराको समेत प्रतिक्रिया जान्न पाइन्छ। सेयर स्वाप अनुपात निर्धारण भैसकेपछि पु“जी बजारमा त्यही अनुसार कम्पनीको मूल्यमा उतार चढाव आउ“छ।

अहिलेसम्म २८ वटा संस्थाहरु गाभिइसकेका छन्। २८ वटा गाभिएर १३ वटामा झरिसकेका छन्। अहिले ३२ वटा संस्थाले मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेका छन्। ११ वटा संस्थाले सैद्धान्तिक स्वीकृति पाउन वाँकी छ। यसमध्ये आधा दर्जन संस्थाले सर्वसाधारणमा सेयर जारी गरेका छैनन्। सर्वसाधारणमा गएका सबै कम्पनीको सेयर कारोबार रोक्का छ। 
सेयर कारोबार रोक्का हुँदा सरकार, नेपाल स्टक एक्सचेन्ज र धितोपत्र वोर्डलाई पनि घाटा छ। सरकारले पु“जीगत लाभकर गुमाइ रहेको छ भने बोर्ड र स्टक एक्सचेन्जले कारोबार शुल्क गुमाइरहेको छ। 
सेयर बजारमा आउने वृद्धि समयमा आफुले गरेको लगानी बिक्री गरी मुनाफा कमाउनबाट लगानीकर्ता बञ्चित छन्। मर्जरपछि बन्ने संस्थाले राम्रो प्रतिफल दिन सक्दैन भन्ने लागेका लगानीकर्ताले आफ्नो लगानी बिक्री गरी वाहिरिन सकेका छैनन्। 
'सेयर कारोबार रोक्नुको कुनै उचित तर्क नियामक निकायहरुसँग छैन,' भट्टराईले भने, 'त्यही भएर लगानीकर्तालाई बन्धक बनाएर राख्नु हुँदैन। कारोबार फुकुवा गरिदिनु पर्छ।'
विश्लेषकहरुका अनुसार, मर्जर सम्वन्धि निर्णय हुना साथ यसको सूचना नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा गराउनु पर्छ। जसले गर्दा सेयर लगानीकर्ताले पनि यो सुचना तुरुन्त पाउने छन् र आफ्नो अनुकुलतामा सेयर खरिद विक्री गर्ने छन्।



No comments:

Post a Comment

thanks for comment