सरकारी बैंकको डुवेको ऋण उठाउने रणनीति : ब्याज र जरिवाना छुट दिएर उठाउन सुरु

सुदर्शन सापकोटा
काठमाडौं, जेठ २८
सरकारी बैंकहरुले ब्याज तथा जरिवाना छुट दिएर डुबेका पुराना ऋण उठाउन सुरु गरेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले लामो समयदेखि उठ्न नसकेका ऋणहरु उठाउन ब्याज तथा जरिवना छुट दिएर उठाउन थालेका हुन्। 
विगतमै यिनै ऋणका कारण सरकारी बैंकहरुको खराब कर्जा वढेको थियो। डुवेका कतिपय ऋणहरु वासलातबाट अपलेखन गरि हटाएपछि खराव कर्जा घटेजस्तो देखिएको हो। ऋण अपलेखन गरेपछि लामो समय उठाउन तदारुकता नदेखाएका सरकारी बैंकले अहिले आक्रमक रणनीति बनाएर त्यो पैसा उठाउन सुरु गरेका हुन्। 
सबैभन्दा वढी ऋण राष्ट्रिय वाणिज्य बैंकको डुवेको छ। बैकको २०५९ अघिको ऋण ६ अर्ब ७५ करोड रुपैयाँ ऋण डुवेको छ। यसमध्ये ४ अर्ब १४ करोड एक करोड रुपैयाँभन्दा माथिको ऋण छ। वाँकी ऋण एक करोडभन्दा कमको छ। बैंकले करिव ३० अर्ब रुपैयाँ डुवेको ऋणको ब्याज उठाउन वाँकी छ।
यसपछि वढी ऋण कृषि विकास बैंकको छ। बैंकको डेढ अर्बको हाराहारीमा यस्तो ऋण छ। नेपाल बैंकको करिव ५० करोड रुपैयाँ डुवेको ऋण उठाउन स्किम ल्याएको हो। 
'१२ वर्ष पुराना ऋणहरु उठाउन ब्याज तथा जरिवाना छुटजस्ता योजना ल्याएर प्रोत्साहित गरेका हौं,' नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले सोमबार नागरिकसँग भने, 'छुट योजनाका कारण ऋण तिर्न ग्राहकहरु आउन थालेका छन्।' 

राष्ट्रिय वाणिज्य बैंकले एक करोड रुपैयाँभन्दा वढीको ऋण उठाउनका लागि सञ्चालकस्तरको समिति नै गठन गरेको छ। 'समितिका सदस्य र ऋणी बीच के कस्तो सुविधा दिएर ऋण भुक्तानी गर्ने वातावरण बन्छ त्यस बारेमा छलफल गरिने छ,' राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले नागरिकसँग भने, 'दुवैको मिलन विन्दु निकाले बैंकले ऋण तिर्न सहजीकरण गर्ने छ।'
शर्माले एक करोडभन्दा माथिको कर्जा ६२ वटा रहेको जानकारी दिए। परियोजना धितो राखेर लिइएको यस्तो कर्जा सम्पति विक्री गरेर उठ्ने अवस्थामा छैन। कतिपय परियोजनामा जडिएका मेसिन विग्रिसकेका छन् भने वाँकी हराएको अवस्थामा छ।
'ऋणीलाई केही सुविधा दिएर पैसा तिर्ने वातावरण दिनका लागि समितिले केही दिनमै छलफल सुरु गर्ने छ,' शर्माले भने, 'साना ऋणीको हकमा बैंकले ब्याज तथा हर्जाना छुट दिएर पैसा तिर्ने वातावरण बनाएको छ।' उनले डुवेको ऋणमध्ये ६० प्रतिशत जति वासलातबाट हटाइसकेको जानकारी दिए। 
नेपाल बैंकले एक लाखदेखि २५ लाखसम्म ऋण लिएका ग्राहकलाई ब्याज छुट योजना ल्याएको छ। बैंकबाट २०५८ चैत मसान्त अगाडि ऋण लिएकाले ब्याज छुट पाउनेछन्। एक लाखसम्म कर्जा लिएकाले सा“वा रकम र बा“की सा“वाको २० प्रतिशतले हुन आउने रकम ब्याज वापत बुझाएमा अन्य ब्याज मिनाहा हुनेछ।
श्रेष्ठका अनुसार पुराना डुवेका ऋणका कारण बैंकको खराब कर्जा वृद्धि भएको छ। वढेको खराव कर्जालाई सीमाभित्र ल्याउन ग्राहकका लागि योजना ल्याइएको हो। उनले कतिपय ऋणभन्दा धितोको मूल्य कम भएका कारण पैसा उठाउन गाह्रो भएको जानकारी दिए। …धितो विक्री गर्दा पैसा नउठ्ने भएकाले ग्राहक र बैंक दुवैलाई फाइदा हुने गरी छुट योजना ल्याइएको हो,' उनले भने, …यसबाट बैंकको खराव कर्जा अनुपात पनि घट्छ र ग्राहक पनि ऋणबाट मुक्त हुन्छ।'
पा“च लाखसम्मका कर्जाको लागि बा“की सा“वा रकम र बा“की सा“वाको ४० प्रतिशत रकम ब्याज बुझाएमा अन्य ब्याज मिनाहा हुने श्रेष्ठले जानकारी दिए। दश लाखसम्मका कर्जा लिएका ग्राहकले बा“की सा“वा रकम र बा“की सा“वाको ६० प्रतिशत रकम ब्याज वापत बुझाएमा ब्याज मिनाहा हुने नीति लिएको छ।
१५ लाखसम्मका कर्जा लिएका ग्राहकले बा“की सा“वा रकम र बा“की सा“वाको ८० प्रतिशतले हुने आउने रकम ब्याज बुझाएमा बा“की ब्याज मिनाहा हुनेछ। २० लाखसम्मको कर्जाको हकमा बा“की सावा रकम र बा“की सा“वाको ९० प्रतिशतले हुन आउने रकम बुझाएमा बा“की ब्याज मिनाहा हुने बैंकले जनाएको छ।
बैंकका अनुसार २५ लाखसम्मका कर्जाको हकमा हाल बा“की सा“वा रकम र बा“की सा“वा बराबर हुन आउने रकम ब्याज बुझाएमा बा“की ब्याज मिनाहा हुनेछ। ऋणीले विगतमा आंशिक भुक्तानी गरेको भएमा भुक्तानी बराबरको रकम बराबर साधारण ब्याजमा छुट दिइनेछ। 
कृषि विकास बैंकले डुवेको करिव डेढ अर्ब रुपैयाँ ऋण उठाउन ब्याज छुट योजना ल्याएको छ। …ब्याज छुट दिएर ऋण तिर्ने वातावरण बनाएका छौं,' कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत तेजवहादुर वुढाथोकीले नागरिकसँग भने, …विस्तारै ऋणहरु उठ्न थालेको छ।' उनले खराव ऋणको स्तर घटाउनका लागि ब्याज छुट योजना ल्याएर ग्राहकलाई सुविधा दिन खोजेको जानकारी दिए। 

No comments:

Post a Comment

thanks for comment