घरजग्गाका कारण आर्थिक संकट पक्का : मुद्रा कोष


जोखिमबाट जोगिन पुँजी वृद्धि गर्न सुझाव

सुदर्शन सापकोटा
काठमाडौं साउन २२
अन्तर्राष्ट्रिय मुद्रा कोषले घरजग्गा कर्जाका कारण नेपालमा आर्थिक संकट आउने 'पक्का' रहेको दावी गरेको छ । उसले मूल्यस्थिर रहेको अवस्थामा कारोबार नभएर बैंकको कर्जा डुब्ने तथा घाटा खाएर कर्जा तिर्दा फरक किसिमको समस्या देखिने भएकाले आर्थिक संकट अवश्यंभावी रहेको दावी गरेको हो ।

मुद्रा कोषले वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकस्र संघका कार्यकारिणी सदस्यहरुसँग गरेको छलफलमा निकट भविस्यमा आउन लागेको वित्तीय संकटबाट जोगिनका सचेतना अपनाउन सुझावसमेत दिएको छ । 'बैंक तथा वित्तीय संस्थाको घरजग्गामा गएको कर्जाप्रति मुद्रा कोष एकदमै चिन्तित छ,' दुई दिनअघि भएको भेटबारे जानकारी दिँदै एक बैंकरले आइतबार नागरिकसँग भने, 'संकटबाट जोगिनका लागि पर्याप्त तरलता राखेर वस्न सुझाव दिएको छ ।'

मुद्रा कोषको नायव डिभिजन प्रमुख जोन नेलनेसको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले घाटा खाएर घरजग्गा विक्री गर्ने अवस्था नरहेकाले बंैकको पैसा नउठ्ने भन्दै घाटाबाट जोगिने उपायको खोजि गर्न सुझाव दिएको हो । टोली मंगलबार फर्कदै छ । 'खाटा खाएर बैंकको कर्जा चुक्ता भएको अवस्थामा वित्तीय क्षेत्रवाहिर आर्थिक संकट आउने छ,' टोलीको भनाइ उदृत गर्दै ती बैंकरले भने, 'बैंकको कर्जा चुक्ता भए वित्तीय क्षेत्रलाई तत्काल फाइदा भएपनि कर्जाको उपभोग गर्ने क्षमता वाह्यि क्षेत्रमा अभाव हुने भएकाले अझ ठूलो समस्या आउन सक्छ ।'

मुद्रा कोषको टोलीले ठूलो जोखिमबाट जोगिन तत्काल बैंकहरुले पुँजी वृद्धि गर्नु पर्ने सुझाव दिएको छ ।
राष्ट्र बैंकले सँधैभरी रियलस्टेट कर्जालाई शंवोधन गरिरहने अवस्था नरहने हुँदा समस्याबाट जोगिन पुँजी वृद्धि गर्नु आवश्य रहेको कोषको भनाइ हो । वाणिज्य बैंक विकास बैंक फाइनान्स कम्पनी गरेर रियलस्टेटमा करिव डेढ खर्ब रुपैयाँ लगानी छ । 'एकैचोटी समस्या भएपछि कसैले थेग्न सक्दैन,' मुद्रा कोषको भनाइ उदृत गर्दै ती बैंकरले भने, 'खराब कर्जा वढ्ने पुँजी पर्याप्तता अनुपात घट्ने भएकाले पुँजी वृद्धि गर्नु पर्छ ।'

मुद्रा कोषले तत्काल घरजग्गाको मुल्यमा सुधार नआउने भएपनि अर्थतन्त्रको फाइदाका लागि भने मूल्य घट्नै पर्ने बताएको छ । 'मूल्य घट्नुवाहेक अर्को उपाय छैन,' कोषको भनाइ थियो, 'अहिले राष्ट्र बैंक र सरकारले गरेको भरथेगले धेरै दिन थेग्न सक्दैन । एकैचोटी मूल्य घट्नु भन्दा यसलाई विभिन्न उपाय गरेर विस्तारै घटाउँदा जोखिमको असर कम पर्छ ।'
मुद्रा कोषले बैंकिङ क्षेत्रमा संस्थागत सुशासन पालनामा समस्या देखिएको भन्दै यस बारे राष्ट्र बैंकलाई अध्ययन गरेर आवश्यक व्यवस्था गर्न सुझाव दिएको छ । 'संस्थागत सुशासनका कारण पनि ठूलो समस्या आउने देखिएको छ,' टोलीको भनाइ उदृत गर्दै एक बैंकरले भने, 'यसमा बेलैमा शंवोधन हुन आवश्यक भइसकेको छ ।' टोलीले व्यवस्थापनमा साचालक समितिको मानिस वस्ने साचालक समितिका सदस्य व्यवसायिक नहुनेजस्ता कारणले वित्तीय अपराधका घटनासमेत वढेको बताएको छ ।

टोलीले खासगरी पछिल्लो समयमा समस्या देखिएका ७ संस्थामध्ये ६ वटामा संस्थागत सुशासनको पालना नभएको तर्फ इंगित गर्दै प्रश्न गरेको हो । सम्झना फाइनान्स युनाइटेड विकास बैंक गोर्खा विकास बैंक नेपाल सेयर मार्केट्स एन्ड फाइना_िन्सय इन्ष्टिच्युनस पिपल्स फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई लिएर सुसाशनको प्रश्न उठाएको हो । 'व्यवस्थापन र संाचालकको ुघुलमिलु ले सुशासन पालन भएको छैन,' टोलीको भनाइ थियो, 'सुसासनका कारणले प्रणालीगत जोखिम फैलिन सक्ने अवस्था छ ।'

यसवाहेक नेपालको वित्तीय संकटको अध्ययनका लागि मुद्रा कोषको तीन टोली सकि्रय छ । एकपछि अर्को वित्तीय संस्था समस्या देखिन थालेपछि कोषको ध्यान नेपालमा खिँचिएको हो ।

No comments:

Post a Comment

thanks for comment