जेठबाट शोधनान्तर बचतमा

२३ अर्बसम्म घाटामा पुगेको शोधनान्तर २ वर्षपछि २५ करोड बचतमा आएको हो
काठमाडौं साउन १२
दुई वर्षदेखि निरन्तर घाटामा रहेको शोधनान्तर स्थिति जेठबाट सुधार भएको छ । अघिल्लो महिना मात्रै ११ अर्ब ६७ करोड रुपैयाँ घाटामा रहेको शोधनान्तर जेठबाट २४ करोड ९१ लाख रुपैयाँ बचतमा आएको हो । अघिल्लो वर्ष यसै अवधिमा घाटा १० अर्व ८६ करोड थियो ।
गत आर्थिक वर्षको मौदि्रक नीतिले शोधनान्तर बचत ९ अर्ब राख्ने लक्ष्य लिएको थियो । चालु वर्ष लक्ष्य घटाएर ५ अर्बमा झारिएको छ । वैदेशिक सहायता परिचालनमा सुधार आएकाले असारसम्म शोधनान्तर १ अर्बले बचतमा आउने गभर्नर युवराज खतिवडाले बताउँदै आएका छन् । शोधनान्तर घाटा २३ अर्बसम्म पुगेको थियो ।
जेठमा चालू खाताको घाटामा आएको कमी व्यापार तथा सेवा खातामा आएको सुधारले शोधनान्तर बचतमा भएको हो । यो अवधिमा सरकारले वैदॆशिक सहायता पनि परिचालन सन्तोषजनक गरेको छ । जेठमा मात्रै ६ अर्ब ६ करोड अनुदान परिचालन भएको छ । २८ अर्ब २६ करोड घाटामा रहेको चालु खाता जेठमा ११ अर्ब ९२ करोड घाटामा सीमित भएको छ । राष्ट्र बैंकले खूद ट्रान्सफर आय अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि भएर २ खर्ब ८० अर्ब ४० करोड पुगेको जनाएको छ । ट्रान्सफर अन्तर्गत अनुदान ५ प्रतिशतले बढी २५ अर्ब ९७ करोड र पेन्सन आय ६.२ प्रतिशतले वृद्धि भई २५ अर्ब ५५ करोड पुगेको छ । रेमिट्यान्स अघिल्लो वर्षको १०.३ प्रतिशत वृद्धिको तुलनामा १०.१ प्रतिशतले बढेको छ । जेठसम्म रेमिट्यान्स २ खर्ब २९ अर्ब ५२ करोड पुगेको छ । बैशाखको तुलनामा जेठमा भने रेमिट्यान्स ७.९ प्रतिशतले घटेको छ ।
जेठमा कुल विदेशी विनिमय सिाचति ०.३ प्रतिशतले वढेर २ खर्ब ६९ अर्व ७७ करोड पुगेको छ । वैशाकको तुलनामा यो १० अर्ब ७६ करोडले वढी हो । यो सिाचतिले ८.४ महिनाको वस्तु र ७.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।
जेठमा नगद प्रवाहमा आधारित सरकारी बजेट ८ अर्व ४२ करोडले घाटामा रहेको छ । कुल सरकारी खर्चको तुलनामा साधन परिचालन न्यून रहेको कारण सरकारी बजेट घाटामा रहेको हो ।
जेठमा कुल वस्तु निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५।६ प्रतिशतले वढेर ५८ अर्ब १४ करोड पुगेको छ । बैशाखको तुलानमा यो १६.५ प्रतिशतको वृद्धि हो । कुल वस्तु निर्यातमध्ये भारततर्पुको ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो ४.८ प्रतिशतले घटेको थियो । तेस्रो मुलुकतर्पुको निर्यात १ प्रतिशतले बढेको छ । भारततर्पु जस्ता पाता जुटका सामान धागो जुस र अलैँचीको निर्यात बढेको छ । तेस्रो मुलुकमा पश्मिना ऊनी गलैंचा छाला र चियाको निर्यात वढेको छ ।
जेठमा कुल वस्तु आयात ५.७ प्रतिशतले बढेर ३ खर्ब ५८ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यो ३ खर्ब ३९ अर्ब ८ करोड थियो । बैशाखको तुलनामा जेठमा आयात १४.८ प्रतिशतले बढेको छ ।
कुल आयातमध्ये भारतको २२.८ प्रतिशतले बढेको छ । तेस्रो मुलुकको १७.६ प्रतिशतले वढेको छ । भारतबाट पेट्रोलियम पदार्थ एमएस बिलेट औषधि र विद्युतीय उपकरणको आयात बढेको छ । तेस्रो मुलुकबाट सुन तयारी कपडा स्टिलका रड र पाता अन्य मेसिनरी तथा पार्ट्स र सुपारीको आयात भएको छ ।
जेठमा मूल्यवृद्धि ८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ८.२ प्रतिशत थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्य १४.३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्य ४.३ प्रतिशतले वढेको छ ।


No comments:

Post a Comment

thanks for comment