पाँच वर्षमा नाफा ३५ बाट २ प्रतिशतमा सीमित

३१ बैंकले १४ अर्ब ६८ करोड कमाए

सुदर्शन सापकोटा
काठमाडौं भदौ ७
पाँच वर्षयता ३५ प्रतिशतभन्दा वढी नाफा कमाएका वाणिज्य बैंकहरु गत आर्थिक वर्ष साढे २ प्रतिशतको वृद्धिमा सीमित भएका छन् । साचालनमा रहेका ३१ वाणिज्य बैंकले गत आर्थिक वर्ष १४ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्ष नाफा १४ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ थियो । घरजग्गामा गएको कर्जा नउठेको र तरलता लगानी योग्य पुँजी अभावले अपेक्षित कर्जा प्रवाह गर्न नसक्दा नाफाको वृद्धि दर घटेको हो ।
'सयममा वजेट नआएकाले कर्जाको माग घट्नु तथा रियलस्टेटलगायतका कर्जामा समस्या देखिएकाले नाफामा असर परेको हो,' सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले बुधबार नागरिकसँग भने, 'आर्थिक गतिविधि नै नभएका बेला नाफा धेरै हुदैन ।'
वृद्धिदर घटेपनि पाँच वटा बैंकले एक अर्बभन्दा वढी नाफा कमाएका छन् । सवैभन्दा वढी राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७५ करोड ९२ लाख कृषि विका बैंकले १ अर्ब ६० करोड ८० लाख नबिलले १ अर्ब ३० करोड २० लाख नेपाल इन्भेष्टमेन्टले १ अर्ब २६ करोड ३३ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले १ अर्ब ११ करोड ९१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
वढी कमाइ गर्नेमध्ये नेपाल इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंकसहित अन्य आधा दर्जनभन्दा वढी बैंकको नाफाको वृद्धि दर घटेको छ । माछापुच्छे्र नेपाल क्रेडिट एन्ड कमस्र एनसिसी नेपाल इन्भेष्टमेन्ट कुमारी र सनराइज बैंकको नाफ घटेको छ । साचालन मुनाफाको वृद्धि दर सकारात्मक भएपनि कर्जा नउठेर संाभावित नोक्सानीमा रकम छुट्याउनु परेकाले यि बैंकको नाफा घटेको हो ।
'रियलस्टेट व्यवसायमा सुधार नआएसम्म बैंकको नाफा प्रभावित भइरहन्छ,' मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नागरिकसँग भने, 'चालु वर्ष तरलता सहज भएमा सुधारको सम्भावना भने रहन्छ ।'
अधिकांस वाणिज्य बैंकले संभावित नोक्सानीमा ठूलो रकम छुट्याएका छन् । कर्जाले व्याज ख्वाउन छाडेपछि बैंकहरुले नोक्सानी व्यवस्थामा कर्जा छुट्याउनु पर्छ । 'अलिअलि शंका लागेका कर्जाको पनि नोक्सानी व्यवस्था गरिएकाले नाफा घटेको हो,' प्रधानले भने, 'अहिले कम नाफा खाएर सहज अवस्थामा वस्दा राम्रो हुने भएकाले वासलातलाई व्यवस्थित गर्नतर्फ लाग्यौं ।' उनले अहिले नाफामा आउने हिस्सा तत्काललाई नोक्सानी व्यवस्थामा सारिएको भन्दै कर्जा फिर्तापछि नोक्सानी व्यवस्थाको पैसा अर्को वर्ष नाफाको रुपमा फिर्ता हुने जानकारी दिए । उनको बैंक सनराइजको नाफा २९ प्रतिशतले घटेर १३ करोड ६० लाखमा सीमित भएको छ ।
माछापुच्छे्र एनसिसी नेपाल बंगलादेश र राष्ट्रिय वाणिज्य बैंकको नाफा अनपेक्षित रुपमा घटेको हो । अघिल्लो वर्ष सात करोड ३३ लाख कमाएको माछापुच्छे्रको नाफा ८८ प्रतिशतले घटेर ८२ लाख रुपैयाँमा सीमित भएको छ । खराव कर्जा २.३२ प्रतिशतबाट वढेर ४.१७ प्रतिशत पुगेको तथा निक्षेप २ अर्बले घटेर लगानी प्रभावित भएकाले बैंकको नाफा घटेको हो । बैंकको ठूलो कर्जा एभ्को हुन्डाइ कम्पनीमा डुबेको छ ।
नेपाल बंगलादेश बैंकको नाफा ५९ प्रतिशतले घटेर ४१ करोड ५५ लाख रुपैयाँमा झरेको छ । बैंकको १० अर्ब २३ करोड रुपैयाँ कुल कर्जामध्ये १ अर्ब ८६ करोड रुपैयाँभन्दा वढी व्याज नख्वाउने अवस्था खराव कर्जा मा पुगेकाले नाफा घटेको हो । बैंकको खराव कर्जा अनुपात ६।४७ प्रतिशतबाट वढेर १८.२ प्रतिशत पुगेको छ । साथै संभावित नोक्सानी वापतको रकम १४ करोड ८३ लाख रुपैयाँबाट वढेर ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । ठूलो रकम सुरक्षाका लागि नोक्सानी व्यवस्थामा छुट्याउनु परेकाले नाफा घटेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २ करोडबाट घटेर १ अर्ब ७५ करोडमा झरेको छ । यद्यपी ३१ वाणिज्य बैंकमध्ये सबैभन्दा वढी नाफा कमाउने राष्ट्रिय वाणिज्य बैंक नै हो । अघिल्लो वर्षभन्दा खराव कर्जा वढेकाले नाफा प्रभावित भएको हो । एनसिसी बैंकको नाफा ४८ प्रतिशतले घटेर २२ करोड ८ लाखमा झरेको छ ।


No comments:

Post a Comment

thanks for comment