साधारण सेयर जारी नगरेका कम्पनी मर्ज गर्न नीति परिमार्जन गर्ने तयारी

सुदर्शन सापकोटा
काठमाडौं साउन ३१

सर्वसाधारणमा सेयर जारी नगरेका बैंक तथा वित्तीय संस्थाहरुले पनि मर्जरमा जानका लागि चासो देखाएपछि राष्ट्र बैंकले मर्जर नीति परिमार्जन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्वन्धि विद्यमान नीतिले सेयर जारी नगरेका कम्पनीलाई मर्जर स्वीकृति नदिएकाले राष्ट्र बैंकले परिमार्जन गर्ने तयारी गरेको हो ।
'पछिल्लो समयमा सेयर निस्कासन नगरेका कम्पनीहरुले पनि मर्जरमा जान ईच्छा देखाएका छन्,' राष्ट्र बैंक उच्च स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'विद्यमान नीतिका कारण यिनीहरुलाई मर्जरमा जान स्विकृति दिन नसकिने हुँदा अन्य केही निकायसँग छलफल गरेर नीति परिमार्जन गर्दैछौं ।' मर्जरका बारेमा प्रत्यक्ष सम्वन्ध राख्ने धितोपत्र वोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयसँग राष्ट्र बैंकले एक चरण छलफल गरिसकेको छ । नियामक निकायहरु सवै रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिमा छलफल गरी नीति परिमार्जन गरिने स्रोतले बतायॊ ।

'सेयर जारी नगरेका कम्पनी मर्जमा जाने विषयमा कम्पनी ऐन र धितोपत्र ऐन पनि आकर्षित हुन्छ,' ती अधिकारीले भने, 'त्यही भएर छलफल गरिरहेका छौं । दुवै निकायबाट सकारात्मक जवाफ आएको छ ।' राष्ट्र बैंकले गत सोमबार कम्पनी रजिस्ट्रार र वोर्डसँग पहिलो चरणको छलफल गरिसकेको छ । उच्चस्तरीय वित्तीय समन्वय समितिको वैठकमा प्रस्ताव पारित हुने वित्तिकै राष्ट्र बैंकले विद्यमान नीति संशोधन गर्ने तयारी गरेको छ ।

साधारण सेयर निस्कासन नगरेका मेगा बैंक नेपाल सेन्चुरी कमसर्ियल बैंक जनता बैंक नेपाल कमर्ज एन्ड ट्रस्ट बैंक र सोसियल डेभलपमेन्ट बैंकले मर्जरका लागि राष्ट्र बैंकसँग चासो देखाएका हुन् । क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनीले पनि मर्जरमा जान चाहेको ती अधिकारीले बताए । वाणिज्य बैंग्क र राष्ट्रियस्तरका विकास बैंकले क्षेत्रीयस्तरका कम्पनीहरुसँग मर्ज गरेर कारोबार विस्तार गर्ने योजना बनाएका छन् । क्षेत्रीयस्तरका कम्पनीले भने मर्ज गरेर राष्ट्रियस्तरको हुन चाहेका छन् ।

ुशाखा विस्तार गरेर जानुभन्दा मर्ज गरेर जाँदा नै फाइदा हुने भएर वाणिज्य बैंकहरुले चासो देखाएका हुन्ु ती अधिकारीले भने ुअवको भविस्य मर्जर नै भएकाले हामीले सक्दो सहयोग गर्न खोजेका हौं ।ु उनले साधारण सेयर जारी गरेर मर्जरमा जाँदा एक डेढ वर्षको अवधि लाग्ने भएकाले त्यस अगावै मर्ज गर्नका लागि वाटो खुला गरिदिन लागेको जानकारी दिए ।

'स्थानीय स्तरका दुई तीन वटा कम्पनीसँग मर्ज भएर कारोबार विस्तार गर्ने योजना अनुसार सेयर जारी नगरेका कम्पनीलाई पनि मर्जरमा जाने व्यवस्था गरिदिनु पर् यो भनेर नऔपचारिक रुपमा राष्ट्र बैंकसँग भनिएको हो,' एक नयाँ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नागरिकसँग भने, 'कम्पनी टुङ्गो लागेर मर्जरमा जान खोजेको होइन । नीति आयो भने बाटो खुला हुन्छ भनेर मात्र हो ।'

मर्जरमा जान खोजेका वाणिज्य बैंकहरुले चितवन वुटवल र विराटनगर आधार भएका क्षेत्रीयस्तरका कम्पनीहरुसँग कुराकानी गरिरहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । उनका अनुसार वुटवल र चितवनमा धेरैै कम्पनीहरु रहेकाले राष्ट्र बैंक आफै पनि ुमर्जर हवु बनाएर सहयोग गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ ले भर्खरै मात्र संख्या तोकेर कम्पनी घटाउन सुझाव दिएकाले राष्ट्र बैंकले मर्जरलाई प्राथमिकतामा राखेको हो ।

साधारण सेयर जारी गरिसकेका केही बैंक तथा वित्तीय संस्थाले मर्जरको प्रकि्रया थालिसकेका छन् । पछिल्लो समयमा विशेष साधारणसभा गर्दै मर्जरमा जाने ढोका खुला तथा सम्झौतै गर्न थालेका छन् । एनएमबी र क्लिनइनर्जी स्वस्तिक र इन्प्रुास्ट्रक्चरलगायत कम्पनीले सम्झौता नै गरिसकेका छन् । ग्लोवल एनसिसीलगायत बैंकले विशेष साधारणसभाबाट मर्जरको बाटो खुला गरेका छन् ।


No comments:

Post a Comment

thanks for comment