निक्षेप संकलनका लागि स्वीकृति दिन माग

गोर्खा बैंकमा सुधारको संकेत
  • ५० करोड कर्जा उठ्यो
  • एक अर्ब निक्षेप फिर्ता
  • कमलादीको जग्गा विक्रीमा

काठमाडौं साउन २३
बैंक सुधार गर्न ६ महिनाको अवधि पाएकॊ गोर्खा विकास बैंकले निक्षेप संकलनका लागि छुट दिन राष्ट्र बैंकसँग माग गरेको छ । ५० करोड रुपैयाँ कर्जा उठाइसकेको र एक अर्बभन्दा वढी रुपैयाँ निक्षेप फिर्ता गरिसकेको अवस्थामा तरलता समस्या आउने भन्दै बैंकले निक्षेप संकलनका लागि वाटो खुला गरिदिन माग गरेको हो ।
'कर्जा उठाएर निक्षेप फिर्ता गर्ने काम भइरहेकाले तरलता समस्या आउन सक्छ,' बैंकका सल्लाहकार तुलसी उप्रेतीले सोमबार नागरिकसँग भने, 'अहिले एक अर्वले निक्षेप घटिसकेको छ । चैतसम्मको सीमाभित्र रहेर निक्षेप संकलन गर्नका लागि स्वीकृति दिन माग गरेका हौं ।' बैंकसँग समस्याग्रस्त घोषणा हुनुअघि ४ अर्ब १० करोड रुपैयाँ निक्षेप थियो । अहिले ३ अर्बमा झरिसकेको छ ।
राष्ट्र बैंकले गार्खालाई गत चैत ११ गते समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्तसँगै बैंकलाई कर्जा लगानी र निक्षेप संकलनमा रोक लगाइएको छ । 'फिल्टरमा पानी झिक्न टुटी खोल्दीने अनि माथिबाट पानी नभर्ने हो भने धेरै दिन चल्दैन,' उनले भने, 'त्यही भएर निक्षेप संकलनका लागि स्वीकृति दिन माग गरेका हौं । राष्ट्र बैंकले पनि सकारात्मक रुपमा लिएको छ ।'
समस्याग्रस्त घोषणा हुँदा बैंकले ३ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । '५० करोड रुपैयाँ कर्जा उठाइ सकेकाले बैंक सुरक्षित स्थानमा फर्किएको छ,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'आवश्यक अध्ययन गरेर निक्षेप संकलन गर्न दिन सकिन्छ ।'
२०६७ असारमा अब्दुल कवाडीका नाममा प्रवाह भएको १२ करोड ४१ लाख रुपैयाँ कर्जा अनियमिता भएको तथा कमलादीस्थित जग्गाका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड रुपैयाँ वैना भुक्तान गरेको पुस्टी भएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । बैंकले ९० करोड पर्ने जग्गाका लागि पटक पटक गरेर ३० करोड वुझाएको थियो ।
बैंकले कमलादीको ५ रोपनी जग्गा विक्रीका लागि पहल सुरु गरिसकेको छ । 'यो साताभित्र विक्रीका लागि गएर पहिलो किस्ता पनि आइसक्छ,' उप्रेतीले भने, 'पैसा आएपछिव बैंकसँग तरलताको अभाव हुँदैन ।' उनले अब्दुल कवाडीको कर्जा उठ्न भने केही समय लाग्ने जानकारी दिए । बसन्तवहादुर थापाको नाममा रहेको अब्दुल कवाडीका लागि दिएको कर्जाको रकम बैंकका केही कर्मचारी र ऋणीको ऋण तिर्न प्रयोग भएको थियो ।
उप्रेतीले कर्जा फिर्ता नहुने अवस्थाका सम्पतिहरुको लिलामी गर्ने कार्य सुरुगरिसकेको जानकारी दिए । 'बैंकमा सुधारको संकेत देखिसकेको छ,' उनले भने, 'लिलामीको प्रकृयामा गएका सम्पतिका धनीहरु कर्जा तिर्ने भनेर पनि आइरहेका छन् ।'
६६ करोड चुक्ता पुँजी रहेको बैंकको पुँजी पर्याप्तता अनुपा ०।४ प्रतिशत छ । यो १४ प्रतिशतभन्दा वढी थियो । खराव कर्जा ३१ प्रतिशत छ । 'लिलामी थालिएकाले खराव कर्जा घट्न थालेको छ,' उनले भने, 'केही साना कर्जा मात्रै खराव अवस्थामा छन् । जुन स्वभाविक हो ।'
राष्ट्र बैंकले गार्खालाई कर्जा तथा निक्षेप संकलनमा रोकसँगै सेयरधनीलाई दिने लाभांसमा रोक साचालक तथा अन्य उच्च पदाधिकारीलाई प्रदान गरिने वोनस पारिश्रमिक क्षतिपुर्ति र अन्य रकमको वितरणका सीमा निर्धारण गरेको छ । ६ महिनाको अवधिमा पनि बैंकमा सुधार नदेखिएको अवस्थामा खारेजीमा पठाउने सक्ने अधिकार राष्ट्र बैंकसँग छ ।

No comments:

Post a Comment

thanks for comment