माछापुच्छे्र बैंकका सिइओ भन्छन्– पाँच वर्षमा पाँचौ ठूलो बैंक बनाउने छु

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
 मर्जरपछि पनि बैंकका चुनौतीहरु सकिएका छैनन्। कसरी हल गरिरहनु भएको छ?
चुनौती नभएका बैंक नै छैनन्। चुनौतीका प्रकृति मात्र फरक हुन्। हाम्रो सञ्जाल ठूलो छ। कर्मचारीहरु पनि पर्याप्त छन्। पहिले पुँजीका कारण लगानी विस्तार गर्न सकिएको थिएन। मर्जरपछि पुँजी थपिएको छ। यसले लगानी विस्तार गर्न
तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड

तुलसीराम गौतम
प्रमुख कार्यकारी अधिकृत
माछापुच्छे्र बैंक लिमिटेड
सजिलो भएको छ। मर्जरपछि हामीले सवा तीन अर्बले ऋण लगानी वढाएका छौं।
मर्जर भएर म आउँदा बैंकका अधिकांस समस्या समाधान भइसकेका थिए। असार मसान्तको हिसाव किताव एउटै आएको हो। वित्तीय रुपमा कम्पनी एक भइसकेको थियो। कर्मचारीमा केही मुद्दाहरु थिए। एउटा वाणिज्य बैंक र एउटा फाइनान्स कम्पनी भएकाले समान–समान हैसियतमा राख्ने कि के गर्ने भन्ने जस्ता समस्या थिए। तर त्यसलाई पनि मिलान गरियो। अहिले बैंक बजार विस्तारतर्फ अगाडि वढेका छ। कुनै खालका समस्या छैनन्।
कसरी अगाडि वढिरहनु भएको छ?
लगानी विस्तार नै अहिलेको योजना हो। राष्ट्र बैंकका नीति निर्देशनहरुलाई पालन गर्दै हामी लगानी विस्तार तिर लागेका छौं। पुँजी वृद्धिसँगै लगानी विस्तार भइरहेको छ। विचमा अलिकति अप्ठेरो भनेको पुँजी नपुगेर हो। दुई वर्षजति माछापुच्छ्रेले लगानी विस्तार गर्न सकेको थिएन। सुसुप्त अवस्थामा थियो। मर्जरपछि पुँजी वढेर लगानी विस्तार गर्न थाल्यौं। बजारमा माछापुच्छे्रले विजिनेस गर्दैन की भन्ने पर्न थालेको थियो। यो विचार पनि हामीले मेटाइसक्यौं।
के गर्नु भयो यसका लागि?
हामीले लगानीका लागि बजारीकरण गर्‍यौं। भएका सबै सञ्जालाई प्रयोग गर्‍यौं। मार्केटिङका लागि पूर्वदेखि पश्चिमसम् पुग्यौं। अहिले विजिनेस आइरहेको छ। ल्याइरहेका छौं। हामी  पाँच वर्षभित्र नेपालकै पाँचौं ठूलो बैंक बन्ने लक्ष्य साथ अगाडि वढेका छौं। सबैले मनपराएको बैंकमा पर्ने लक्ष्य हो हाम्रो।
पाँचौं बैंक भन्ने आधार के छन्?
हामीसँग ५४ वटा शाखा छन्। एक करोड मात्र विजिनेस गर्दा पनि ५४ करोड आउँछ। ग्राहक संख्या ३ लाखभन्दा वढी छन्। उनीहरुलाई राम्रो र छिटो छरितो सेवा दियौं भने उनीहरुले नै हाम्रो मार्केटिङ गर्छन्। हरेक किसिमको सेवा दिन्छौं। जसलाई जे  चाहिएको छ त्यो सेवा दिन्छौं। ऋण चाँडै पारित गर्छौं। तीनदेखि सात दिनमा ऋण दिन्छौं।
कसैले बैंकहरुको नाम गन्न थाल्दा अग्रपङतिमा  माछापुच्छे्रको आउने गरी काम गरिरहेका छौं। व्यवसायको आकार वढाउँछौं। यो वर्षलाई धेरै ठूलो नाफाको लक्ष्य छैन। अर्को वर्षदेखि नाफाको वृद्धि भने निकै राम्रो हुने छ। देशको अहिलेकै जस्तो अवस्था रहे पनि हामी मूख्य पाँच बैंकको सुचीभित्र पर्छौं।
व्यवसायको आकार कसरी विस्तार गर्दै हुनु हुन्छ?
व्यवसायको आकार बढाउन हामीसँग राम्रो जग छ। शाखा विस्तारमा खर्च भयो तर त्यसले पुँजीका कारण व्यापार गर्न पाएको थिएन। अब पुँजीको समस्या छैन। शाखाले पनि व्यवसाय विस्तार गर्ने छ। हामीले ऋणको काम गर्न शाखालाई दिएका छौं। पहिले सबै शाखा नाफामा नगएको कारण पनि व्यवसाय गर्न नपाएर हो।  पुँजी नपुगेका कारणले उनीहरुले ऋण विस्तार गर्न सकेका थिएनन्। अहिलेको अवस्थामा ७ अर्बसम्म लगानी गर्नसक्ने क्षमता छ। नाफा वढ्दै गएपछि यो क्षमता अझ वढ्ने छ।
एभ्को समूहको ऋण अपलेखन गरेर वासलात राम्रो बनाइयो। तर त्यो ऋण उठाउन के पहल भइरहेको छ?
त्यो ऋण उठाउन हामी लागि परेका छांै। ऋण उठाउन एउटा कानुनी बाटो अँगाल्छौं अर्को ऋणीसँग छलफल गरिरहेका छौं। उनीहरुसँग नियमित भेटभइरहेको । उनीहरुले तिर्ने इच्छा देखाएका छन्। चार वटा पार्टीको ऋण अपलेखन गरिएको हो। व्याज, जरिवाना व्याज र साँवासहित यो ऋण ठूलो हुन्छ। त्यो सबै नउठ्ला। तर पेनाल व्याज लगायत छाडेर उठाउने प्रयास भइरहेको छ।
अब बैंक सबै समस्याबाट मुक्ता भइसकेको हो?
हो, पूर्ण रुपमा समाधान मुक्त भइसकेको हो। डुवेको ऋण अपलेखन गरिसकेकाले बैंकमा पुरानो विषहरु छैन। नयाँ केही ऋणहरु समस्यामा छन्। ती भनेको अरु बैंककै जस्तो रियलस्टेट र क्रसरको हो। प्लटिङ जग्गा विकेको छैन। विकेपछि त्यो पैसा उठ्छ। अहिले डुवेकै बराबर हो। केही हायर पर्चेज ऋण डुवेको छ। यो चैं पुरै नउठ्ला।
माछापुच्छे्रबाट थुप्रै वर्ष भयो लगानीकर्ताले केही नपाएको। मर्जर भयो। व्यवस्थापनको नेतृत्व फेरियो। अब के आशा गर्न सक्छन्?
यो वर्षको नाफाबाट आगामी वर्ष नै प्रतिफल दिन  गाह्रो होला। अर्को वर्षबाट हामी राम्रो प्रतिफल दिने अवस्थामा पुग्छौं। यो वर्षको ६ महिना वितिसक्यो। अब ६ महिना वाँकी छ। ६ महिनामा राम्रो नाफा हुन्छ। यो वर्ष दिनसक्ने पोजिसनमा पु्र्‍याउँछु। तर अर्को वर्षको नाफाबाट प्रतिफल वाँडिने छ।
यहाँका केही कर्मचारी तपाईभन्दा वरिष्ठ थिए। उनीहरुसँग काम गर्न कतिको सहज छ?
मसँग काम गरेकै केही पुराना साथीहरु हुनु हुन्छ। उहाँहरुसँग काम गर्न केही गाह्रो छैन। सबैले सहयोग नै गर्नु भएको छ। कर्मचारीको समस्या पहिले नै मिलाइएकाले मलाई केही गाह्रो छैन।
बैंकका सञ्चालकहरुले विदेशी लगानी भित्राउने वा अर्को मर्जरमा जाने बताइ रहुन भएको छ। के हुँदै छ?
अहिले भएकै शाखालाई राम्रो बनाएर लैजाने हो। भएकोलाई अगाडि वढाएर लैजाने हो। त्यसपछि मात्र मर्जरको कुरा आउन सक्ला। लगानीको कुरा आउन सक्ला। तर, तत्काल यो संभावना छैन। सञ्चालक समितिको दीर्घकालिन सोचाइ हुन सक्छ।
अहिले आधार दर कार्यान्वयनमा आएको छ। यसबाट नयाँ र साना बैंकलाई व्यवसाय विस्तार गर्न गाह्रो हुन्छ भनिँदैछ नि?
आधार दरले केही फरक पर्दैन। योभन्दा अगाडि पुँजी लागत (कस्ट अफ फन्ड) छापिएको हो। केही फरक परेको थियो र? नयाँ र पुरानालाई गाह्रो भन्ने नै हुँदैन। कस्ट अफ फन्ड पहिले पनि केहीको थोरै थियो केही वढी थियो। तर, खै त सबैले लगानी विस्तार गरे। सस्तो हुनेले ऋण दिने भन्ने हुँदैन। पुँजी पनि पुग्नु परो नि। निक्षेप मात्र भएर लगानी गर्न मिल्ने त होइन। आधार दरबाट केही आत्तिनु पर्दैन।

No comments:

Post a Comment

thanks for comment