राष्ट्रिय वाणिज्य बैंकले फेरी हकप्रद सेयर दियो


काठमाडौं, माघ १७
राष्ट्रिय वाणिज्य बैंकले सरकारलाई फेरी हकप्रद सेयर जारी गरेको छ। बैंकले विश्व बैंकको ऋण रकम बराबर सेयर जारि गरेको हो।
बैंकले सरकारलाई प्रति एक सेयर बराबर ०.६३ को अनुपातमा सेयर जारि गरेको हो। बैंकमा रहेको विश्व बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋण सरकारले भुक्तानी गरिदिएपछि त्यो बापतको सेयर जारि गरिएको हो।
'विश्व बैंकको पैसा भुक्तानीपछि सरकारलाई सेयर जारि गरिएको हो,' बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्माले बुधबार नागरिकसँग भने, 'त्यो पैसा अहिले बैंककै खातामा छ। प्रकृया पुरा गर्न सेयर जारि गरेका हौं। दुई सातापछि पुँजीमा देखाउँछौं।' सेयर जारिपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ।
पूर्ण सरकारी स्वामित्वको बैंकलाई यसअघि सरकारले ४ अर्ब ३२ करोड ५३ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको थियो। यसाअघि बैंकको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेकोमा ४ अर्ब थपिएपछि पुँजी ५ अर्ब ४९ करोड ७६ लाख पुगेको छ।
सरकारले पुँजी वृद्धि गरिदिएपछि पुस मसान्तमा बैंकको पुँजी कोष ५० करोड रुपैयाँले धनात्मक भएको छ । १२ वर्षपछि बैंकको पुँजीकोष १ प्रतिशतले धनात्मक भएको हो। विश्ब बैंकको ऋण सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम थाल्नुअघि बैंकको पुँजी कोष २३ प्रतिशतले ऋणात्मक थियो।
बैंकले नाफा र आफ्नो सम्पतिहरु विक्रीबाट पुँजी कोष १० प्रतिशत पुर्‍याउने तयारी गरेको छ। बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको ४५ लाख किक्ता सेयर विक्री गर्दैछ। इन्भेष्टमेन्टले २५ प्रतिशत वोनस सेयरसमेत दिएकाले बैंकको सेयर संख्या अझै वढ्ने छ। अहिलेको मूल्यमा बैंकलाई यो सेयर विक्रीबाट पौने तीन अर्ब रुपैयाँ प्राप्त हुने शर्माले जानकारी दिए। उनले स्थिर सम्पति भने विक्री नगरिने भन्दै ऋण लगानी विस्तार गरेर आर्जन हुने नाफाबाट पुँजी कोष बढाउन प्रयोग गरिने बताए।
बैंकको खराव कर्जा पनि घटेको छ। सन् २००२ मा वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गर्नुअघि बैंकको कुल ऋणमध्ये ६२ प्रतिशत खराव अबस्थामा थियो। पुस मसान्तमा घटेर ६.८५  प्रतिशतमा आइसकेको छ।
बैंकले आफ्नो स्वास्थ्य सुधारका लागि सञ्चालन खर्चलाई समेत घटाएको छ। ५ हजार ८ सय कर्मचारीलाई घटाएर २ हजार ५ सयमा झारिसकेको उनले जानकारी दिए।
आर्थिक अवस्था बिग्रिएपछि सन् २००२ बाट वित्तीय क्षेत्र सुधार कार्यक्रम सुरु गरेपछि नेपाल बैंकसहित राष्ट्रिय वाणिज्यको स्वास्थ्य सुधार हुन थालेको हो। प्राविधिक रुपमा टाँट पल्टिएको राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम आएपछि सुधार भएको हो।
पुसमा बैंकले ५० करोडको हाराहारीमा नाफा कमाएको छ। बैंकको कर्जा लगानी ४२ अर्ब ६० करोड र निक्षेप संकलन  ८५ अर्ब गरेको छ। निक्षेपभन्दा धेरै कम लगानी गरिरहेको बैंकले ऋण विस्तार गर्दै लैजाने शर्माले बताए।
'४७ प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपातलाई ५० प्रतिशत पुर्‍याएका छौं,' उनले भने, 'पँुजी कोषको वृद्धिसँगै कर्जालाई पनि विस्तार गर्दै लैजान्छौं।' राष्ट्र बैंकको नीति अनुसार, बैंकहरुले यस्तो अनुपात ८० प्रतिशतभन्दा कम कायम गर्नु पर्छ। उनले क्षमता वढाएर ६५ प्रतिशतको हाराहारीमा कर्जा–निक्षेप अनुपात राख्ने जानकारी दिए।
विश्व बैंकको ऋण सहयोगमा सुरु भएको कार्यक्रमले बैंकको ऋणात्मक नेटवर्थ धनात्मक नभइ सुधार कार्यक्रम सकिएको थियो। सरकारले वित्तीय सहयोग गरेपछि पुँजी कोष धनात्मक भएको हो।
बैंकले प्रस्तुत गरेको सुधार योजनालाई स्वीकृत गर्दै राष्ट्र बैंकले बैंकको पुँजी योजना सरकारलाई सिफारिस गरेको थियो। केन्द्रीय बैंकको सिफारिसअनुसार सरकारले बैंकलाई सहयोग गरेको थियो।

No comments:

Post a Comment

thanks for comment