अनलराज भट्टराई भन्छन्- लगानीकर्ताले अधिकतम प्रतिफल पाउने छन्

अनलराज भट्टराई
प्रमुख कार्यकारी अधिकृत
कमर्ज एन्ड ट्रष्ट बैंक
लगानीका लागि कमर्जको सेयरमा आकर्षक पक्ष के छ?
सेयरमा लगानी दुई किसिमले हुने गर्छ। एउटा तत्काल नाफा गर्न र अर्को, सम्पतिको मूल्य वढाउनका लागि। हाम्रो सेयरमा दुवै खाले आम्दानीको अवशर छ। कमर्जको सेयरबाट निरन्तर प्रतिफल प्राप्त गर्न सकिन्छ।
हामीभन्दा पछाडि दुई वटा आए र अगाडि २८ बैंक सञ्चालनमा थिए। ३२ बैंकमध्ये हाम्रो खर्च एकदमै कम छ। सञ्चालन खर्च कम गर्ने र सम्पति गुणस्तर राम्रो राख्ने हाम्रो योजना हो। हामीले प्रत्येक खर्चमा प्रतिफल खोज्छौं। प्रतिफल नआउने ठाउँमा खर्च गर्दैनौं। यसको फाइदा लगानीकर्तालाई नै हो। यसबाट लगानीकर्ताले पाउने प्रतिफल वढ्छ।
व्यवस्थापन र सञ्चालक समिति बैंक संस्थागत र दीगो रुपमा चलोस् भन्ने चाहन्छ। हामी  तत्काल नाफा गरेर भोली अप्ठेरोमा पर्ने लगानीमा विश्वास गर्दैनौं। नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन पच्छ्याएर अगाडि वढेका छौं। सुशासनमा कहिले पनि सम्झौता गर्दैनौं। जसले गर्दा लगानीकर्ता कहिले निरास हुनु पर्दैन।
बैंकले चालु वर्ष करिव २१ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ। नाफा वृद्धि दर हेदा लक्ष्य पुग्लाजस्तो देखिँदैन। यस्तोमा बैंकले कसरी प्रतिफल दिन सक्छ?
पुस मसान्तसम्म हामीले साढे ६ करोड नाफा गरिसकेका छौं। पुँजी लागत ६.९ प्रतिशत छ। सञ्चालन खर्च घटाएका छौं। १३ वटा शाखाबाट अरुले उठाएको निक्षेप हामीले उठाएका छौं। यसमध्ये ९ वटा शाखा नाफामा गइसकेका छन्। अर्को त्रैमासमा १० करोड नाफा पुग्छ। अहिलेकै अवस्थामा मुलुक रहयो भने पनि हामी १६ करोड नाफा त त्यतिकै गर्छौं। तर हाम्रो खर्च घटेको र अन्य आम्दानी वढेका कारण हामीले लिएको लक्ष त्यति ठूलो होइन।
लगानीकर्ताले कमर्जमा लगानी गरेपछि के आशा गर्न सक्छन्?
लगानीकर्ताले हाम्रो सेयरमा लगानी गरे वापत राम्रो प्रतिफलको आशा गर्न सक्छन्। बैंकको …स्ट्रेन्थ' वलियो भएकाले प्रतिफल राम्रो हुनेमा दुई मत हुन सक्दैन। अहिलेकै त्रैमास साढे ६ करोड नाफा पुग्छ। हामीलाई आगामी वर्ष राम्रो प्रतिफल दिन सक्छांै।
कतिसम्म आश गर्न सकिन्छ?
६० करोडको सेयर निकालेपछि हाम्रो न्युनतम पुँजी पुग्छ। पुँजी पर्याप्तता अनुपात पनि राम्रो स्थानमा हुन्छ। आगामी वर्षको अवस्था मूल्यांकन गरेर लाभांस घोषणा गछौं। त्यो बेला पुँजी वढाउनु पर्ने नीतिगत व्यवस्था भए वोनस सेयर दिन्छौं। नभए नगद लाभांस दिन्छौं। दुवै विकल्प हामीले खुला राखेका छौं। नीतिगत परिवर्तन नभए आगामी बर्ष नै पुँजी वृद्धि गर्ने पक्षमा हामी छैनौं। आजको भोली प्रतिफल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारबाट हुन्छ। बैंकको तर्फबाट भने लगानीकर्तालाई दीगो प्रतिफल दिन्छ।
कमर्जको सेयर लगानी कत्तिको सुरक्षित छ?
व्यवसायिक आचरण पालना गर्दै संस्थागत सुशासन कायम राखेर अगाडि वढ्छौं। प्रत्येक रुपैयाँ खर्च गर्दा हामी प्रतिफल खोज्ने भएकाले जोखिम हुने क्षेत्रमा जाँदैनौं। बैंकिङमा इमान्दारिता र स्वच्छता चल्ने भएकाले यसबाट हामी पछाडि हट्दैनौं। लगानी सुरक्षाको प्रत्योभूति भनेकै यही हो। लगानीकर्ताले गरेको लगानी एकदमै राम्रो ठाउँमा छ भन्ने विश्वास हुन आवश्यक छ। त्यो प्रत्याभूति हामी दिने छौं।
कमर्जले सँगै आएका बैंकले जस्तो सञ्जाल विस्तार गरेको छैन। कसरी लगानी वढाउँछ?
शाखा विस्तारको होडबाजीमा हामी लाग्दैनौं। १३ वटा शाखामध्ये ९ वटा नाफामा छन्। चाँडै तीन वटा थप्छौं। खुलेका  शाखा  नाफामा नगएसम्म  थप शाखा विस्तार गर्ने हाम्रो सोचाइ छैन। शाखा जहिले पनि नाफामा चल्नु पर्छ। विदेशी साझेदारमा खुलेका बैंकहरुले सुरुमा लिएको रणनीतिलाई मैले पनि पच्छ्याएको छु। शाखा विस्तार गरेर मात्र उपलब्धि हाँसिल हुँदैन। त्यसबाट प्रतिफल पनि आउनु पर्छ। 
हामीसँगै आएका बैंकहरुले शाखा धमाधम विस्तार गरेपनि हामीजस्तै नै निक्षेप संकलन गरेका छन्। ऋण पनि हाम्रै अनुपातमा छ। शाखाले मात्र व्यवसाय विस्तार हुने होइन। व्यवसाय विस्तार गर्न आक्रमक रुपमा  शाखा विस्तार गर्नु आवश्क छैन। आफ्नो क्षमता मूल्यांकन गरेर शाखा खोल्ने हो। अहिले हामीसँग ८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप नै पुगिसक्यो। कर्जा लगानी ७ अर्ब ८६ करोड गरिसकेका छौं।
चाँडै ठूलो बैंक बन्ने योजना सार्वजनिक गर्नु भएको छ यो कसरी संभव छ?
हामी 'युनिभर्सल' बैंकिङको अवधारणा अनुसार अगाडि बढ्दैछौं। ग्राहकले एउटै छानोबाट सबै खालको वित्तीय सुविधा पाउनु पर्छ। हामी गुणस्तरीय सेवाको पक्षमा छौं। हामी वित्तीय सेवका साथै सल्लाहकारको भूमिका पनि निर्वाह गर्छा।
भर्खरै साना व्यवसाय कर्जा योजना ल्यायौं। हामी यो कर्जा लिनेलाई सल्लाह र तालिम दिन्छौं। तालिमपछि प्रमाणपत्र पनि उपलब्ध गराउँछौं। बैंक भनेको ऋण दिने र निक्षेप लिने मात्र होइन। यससँग सम्वन्धित अन्य सेवा पनि दिनु पर्छ। हामी ग्राहकलाई बैंकिङ …ह्याविट' दिन्छौं। त्यही भएर आकारले होइन सेवाले ठूलो बैंक बन्ने लक्ष्य लिएका छौं।
खर्च कम गरेर ठूलो हुने हो। खर्च वढी गरेर कोही ठूलो हुँदैन। सेवा गुणस्तरीय दिन्छौं। सेवाका हिसावले ठूलो बैंक  बन्छौं भनेका हौं। पोर्टफोलियो बढाएर ठूलो हुनेभन्दा पनि पोर्टफोलियोको रिटर्नका हिसावले ठूलो हुने छौं।
बैंकका आगामी योजना के छन्?
हामी चाँडै नै शाखारहित र मोवाइल बैंकिङमा जाँदैछौं। ग्राहकले चाहेको हरेक सेवा   हामी उपलब्ध गराउँदै जान्छौं।
तरलता अभावको संकेत देखिन थालेको हो?
अहिले तरलता अभाव हुनेजस्तो देखिएको छ। सरकारी खर्च घटेकेा छ। यसले तरलता अभाव मात्र हुँदैन विकास निर्माण पनि घट्छ। सरकारले खर्च बढाएमा तरलतामा सहज भइहाल्छ।

No comments:

Post a Comment

thanks for comment